मुख्य समाचार
छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर
छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर

— भेरी अस्पतालमा छड्के अनुगमनका क्रममा ओपीडीमा काम गर्ने कतिपय डाक्टर कार्यकक्षबाहिर रहेको पाइएको छ । शनिबार छड्के अनुगमनका क्रममा डाक्टरसहित केही कर्मचारी कार्यकक्षबाहिर रहेको पाइएको हो ।


कर्मचारीको हाजिरी अद्यावधिक नरहेको, कर्मचारीले लामो समयसम्म पनि हाजिरी नगरेको, कर्मचारीको ड्युटी समयतालिका उपलब्ध नगराउने गरेको, खाजा समय भन्दै कार्यकक्षमा लामो समय अनुपस्थित हुने गरेको, सेवाग्राहीको भीड व्यवस्थापन नगरेको, समयमा ड्युटीमा उपस्थित नभएको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले जानकारी दिए ।


अनुगमनका क्रममा अस्पतालको इमर्जेन्सी वार्डमा काम गर्ने कर्मचारीसमेत आफ्नो ड्युटी समयमा उपस्थित नहुने गरेको, कार्यकक्षबाहिर जाँदा रेकर्ड राख्ने नगरिएको, कतिपय कर्मचारी बाहिर जाँदा सम्बन्धित विभाग र वार्डका इन्चार्जहरूलाई जानकारी नगराई आफूखुसी बाहिरिने गरेको देखिएको अनुगमन टोलीले जनाएको छ ।

अनुगमनका क्रममा धेरै कमी–कमजोरी पाइएपछि टोलीले कर्मचारीको हाजिरी अद्यावधिक गर्ने, समयमै हाजिर गर्ने, ड्युटी समयतालिका निर्धारण गर्ने, सेवाप्रवाहलाई असर नपर्ने गरी पालो मिलाएर मात्र खाजा खान जाने व्यवस्था मिलाउने लगायतका निर्देशन दिएको सहायक प्रजिअ खत्रीले सुनाए ।

उपभोक्ता हित संरक्षण मञ्च बाँकेका अध्यक्षसमेत रहेका अधिवक्ता बसन्त गौतमले गुणस्तरीय बस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार भएकाले अस्पतालको सेवा प्रवाहमा नागरिकको सहज पहुँच र गुणस्तर हुनुपर्ने बताए ।

गौतमका अनुसार ड्युटी समयमा डाक्टर कार्यकक्षमा नभेटिने, अस्पतालमा बिचौलियाको प्रवेश रोक्ने, ड्युटी आवरमा कर्मचारीले काम गरे नगरेको विषयमा कार्यालय प्रमुख, सम्बन्धित वार्डको इन्चार्ज निरीक्षण गर्ने, कर्मचारीको ड्युटी लिस्ट जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराउन अनुगमन टोलीले निर्देशन दिएको थियो ।

अनुगमन टोलीले अस्पतालको सेवालाई गुणस्तरीय बनाई स्वास्थ्य सेवामा आमनागरिकको सहज पहुँचका विषयमा अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीसँग छलफल पनि गरेको थियो । अनुगमन टोलीले अस्पताल प्रशासन, इमर्जेन्सी, ओपीडी लगायतका वार्डको अनुगमन गरेको थियो ।


जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी खत्रीको नेतृत्वमा रहेको अनुगमन टोलीमा उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य अधिवक्ता गौतम, स्वास्थ्य कार्यालय बाँकेका अधिकृत विष्णुप्रसाद उपाध्याय, जिल्ला प्रशासन कार्यालय बाँकेका नायब सुब्बा दीपशरण बुढाथोकी, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ, पत्रकारहरूलगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: चिनियाँ वैज्ञानिकहरूले एउटा क्रान्तिकारी खोज गरेका छन्। विश्वको पहिलो बोन ग्लू बनाएको छ। यसले भाँचिएको हड्डी २–३ मिनेटमा जोड्छ। यो सामग्री ओइस्टरबाट प्रेरित छ। यो पूर्णतया बायोडिग्रेडेबल छ अर्थात् ६ महिना भित्र शरीरमा घुल्छ। यसले धातु प्रत्यारोपणको आवश्यकतालाई हटाउनेछ। बोन ग्लू भनेको के हो ? चिनियाँ वैज्ञानिकहरूले ʻबोन ०२ʼ नामक जैविक पदार्थ विकास गरेका ...
जल्यो संसद भवन
जल्यो संसद भवन
सिंहदरबार गेटमै जेनजीले खोसे सुरक्षाकर्मीको बन्दुक, आफैं पड्काए
बिर्तामोडपछि प्रशासनले दमकमा पनि लगायो कर्फ्यु
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम