मुख्य समाचार
दिल्लीमा २७ वर्षपछि बिजेपीलाई बहुमत, केजरिवाल पराजित
दिल्लीमा २७ वर्षपछि बिजेपीलाई बहुमत, केजरिवाल पराजित

: दिल्ली विधानसभामा भारतीय जनता पार्टी (बिजेपी)ले शानदार जित हासिल गरेको छ। बिजेपीले २७ वर्षपछि दिल्लीमा बहुमत सिट जितेको हो। शनिबार सार्वजनिक भएको अन्तिम मतपरिणामअनुसार बिजेपीले ७० मध्ये ४८ सिटमा जित हात पारेको छ।


यसअघि निरन्तर दिल्ली सरकार चलाउँदै आएको आम आदमी पार्टी २२ सिटमै खुम्चिएको छ। आपको लज्जास्पद हारमा पार्टीका मुख्य नेता एवं पूर्व मुख्यमन्त्री अरविन्द केजरिवाल, मनिष सिसोडियाजस्ता नेताहरू पराजित भएका छन्।

पछिलो विधानसभा निर्वाचनमा आपले दिल्लीमा ६२ सिट जित्दा बिजेपी ८ सिटमात्र जितेको थियो। यसपटक बिजेपीले आपका थप ४० सिट कब्जा गरेको हो। भारतको दोस्रो ठूलो पार्टी कांग्रेस भने दिल्ली विधानसभामा एकपटक फेरि जितिविहीन बनेको छ। उसले दिल्लीमा एक सिट पनि जित्न सकेन।



दिल्ली निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका पूर्व मुख्यमन्त्री केजरिवाललाई बिजेपीका प्रवेश वर्माले पराजित गरेको हो। त्यो पनि ४ हजार बढी मतले उनले केजरिवाललाई हराएका हुन्। प्रवेशले ३० हजार ८८ मत ल्याउँदा केजरिवालले २५ हजार ९९९ मत मात्र ल्याए। केजरिवालले दिल्लीमा आफ्नो हार स्वीकार गरेका छन्।

उनले सार्वजनिक अभिव्यक्ति सार्वजनिक गर्दै बिजेपीलाई जितका लागि बधाइ पनि दिएका छन्। 'जनताको फैसलालाई मैले विनम्रताका साथ स्वीकार गरेको छु। जितको लागि बिजेपीलाई बधाइ। हामी जनताको सुख दुःखबाट टाढा रहँदैनौं,' भिडियो वक्तव्य जारी गर्दै केजरिवालले भनेका छन्।

उनले जनताले दिएको बहुमतलाई कदर गरी दिल्लीमा काम गर्न बिजेपीलाई आग्रह गरेको छ। उनले आफू सत्तामा रहँदा दिल्लीको शिक्षा, स्वास्थ्य, बिजुली र पानीको क्षेत्रमा काम गरेको बताए। उनले दिल्लीको इन्फास्ट्रक्चरमा पनि आफूहरूले राम्रो गरेको दाबी गरेका छन्। उनले आम जनता पार्टीले खरोरूपमा विपक्षीमा उभिएर जनताको सेवा गर्ने प्रतिवद्धता जनाए।

दिल्लीका मुख्यमन्त्री आतिशीले पनि पनि हार स्वीकार गरेकी छन्। आफ्नो सिट सुरक्षित गरेका उनले आफ्नो पार्टीको हार स्वीकार गरेकी हुन्। उनले बिजेपीको गुन्डागर्दीविरुद्ध आफूहरूको अभियान जारी रहने उल्लेख गरेकी हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...