मुख्य समाचार
प्यालेस्टिनी समूह हमासले गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ
प्यालेस्टिनी समूह हमासले गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ

— प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो ।



शनिबार मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी तीनै जना सर्वसाधारण हुन् । हमासले उनीहरूलाई सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो ।

हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले पनि थप १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । शनिबार रिहा भएकामध्ये ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद सजायहरू काटिरहेकाहरू हुन् । इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।

६ साता लामो युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धक रिहा गर्न सहमत भएको छ । त्यसको बदलामा करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुने जनाइएको छ । ३३ जनामध्ये केहीको मृत्यु भइसकेको जनाइएको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरू भएको १६ दिनपछि वार्ता हुने भनिएको थियो । त्यसअनुसार गत सोमवार नै वार्ता सुरू हुनुपर्नेमा त्यसबारे कुनै जानकारी दिइएको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने बताएको छ ।

तर युद्धविराम सम्झौताअनुसार इजरायलले गाजामा मानवीय सहायता पठाउने कार्यमा सहयोग नपुर्‍याएको हमासले आरोप लगाएको छ । हमासको प्रेस कार्यालयले युद्धविरामयता गाजामा १२ हजार सहायता सामग्री बोकेका ट्रक पुग्नुपर्नेमा ८५ सयवटा मात्र पुगेको जनाएको छ । तर राष्ट्रसंघले भने युद्धविरामयता गाजामा १० त्यस्ता गाडी पुगिसकेका जनाएको छ ।


तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि लामो समय लाग्न सक्ने बताइएको छ । यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने युद्धविराम सम्झौतामा उल्लेख छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र नियन्त्रणमा लिने र त्यहाँको पुननिर्माणका लागि प्यालेस्टिनीहरूलाई अन्य देशमा पुनर्स्थापित गर्ने बताएका छन् । जसका कारण गाजा क्षेत्र र प्यालेस्टिनीको भविष्यबारे थप चिन्ता उत्पन्न गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...