मुख्य समाचार
प्यालेस्टिनी समूह हमासले गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ
प्यालेस्टिनी समूह हमासले गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ

— प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौं पटकमा तीन जनालाई रिहा गरिएको हो ।



शनिबार मुक्त भएका ५२ वर्षीय एली शराबी, ५६ वर्षीय ओहाद बेन अमी र ३४ वर्षीय अर लेभी तीनै जना सर्वसाधारण हुन् । हमासले उनीहरूलाई सन् २०२३ को अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएर गाजा लगेको थियो ।

हमासले तीन जनालाई रिहा गरेसँगै इजरायलले पनि थप १८३ जना प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरेको छ । शनिबार रिहा भएकामध्ये ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद सजायहरू काटिरहेकाहरू हुन् । इजरायल र हमासबीच जनवरी १९ मा युद्धविराम सम्झौता भएको थियो । समझौताअनुसार हमासले २१ बन्धक रिहा गरिसकेको छ । ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भइसकेका छन् ।

६ साता लामो युद्धविरामको पहिलो चरणमा हमासले ३३ जना इजरायली बन्धक रिहा गर्न सहमत भएको छ । त्यसको बदलामा करिब १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा हुने जनाइएको छ । ३३ जनामध्ये केहीको मृत्यु भइसकेको जनाइएको छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरू भएको १६ दिनपछि वार्ता हुने भनिएको थियो । त्यसअनुसार गत सोमवार नै वार्ता सुरू हुनुपर्नेमा त्यसबारे कुनै जानकारी दिइएको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने बताएको छ ।

तर युद्धविराम सम्झौताअनुसार इजरायलले गाजामा मानवीय सहायता पठाउने कार्यमा सहयोग नपुर्‍याएको हमासले आरोप लगाएको छ । हमासको प्रेस कार्यालयले युद्धविरामयता गाजामा १२ हजार सहायता सामग्री बोकेका ट्रक पुग्नुपर्नेमा ८५ सयवटा मात्र पुगेको जनाएको छ । तर राष्ट्रसंघले भने युद्धविरामयता गाजामा १० त्यस्ता गाडी पुगिसकेका जनाएको छ ।


तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि लामो समय लाग्न सक्ने बताइएको छ । यो चरणमा बाँकी बन्धकका शवहरू फिर्ता गरिने युद्धविराम सम्झौतामा उल्लेख छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा क्षेत्र नियन्त्रणमा लिने र त्यहाँको पुननिर्माणका लागि प्यालेस्टिनीहरूलाई अन्य देशमा पुनर्स्थापित गर्ने बताएका छन् । जसका कारण गाजा क्षेत्र र प्यालेस्टिनीको भविष्यबारे थप चिन्ता उत्पन्न गरिदिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नर्वेजियन नोबेल इन्स्टिच्युटले एक पटक नोबेल शान्ति पुरस्कार घोषणा भएपछि यसलाई फिर्ता लिन, हस्तान्तरण गर्न वा अरूसँग बाँड्न नसकिने बताएको छ। भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोले सोमबार फक्स न्यूजसँग आफूले यो पुरस्कार अमेरिकी राष्ट्रपति ट्रम्पलाई प्रदान गर्न वा बाँड्न चाहेको बताएकी थिइन्। यसपछि शुक्रबार नर्वेजियन नोबेल संस्थानले एक विज्ञप्ति जारी गर्दै भन्यो , "एक पटक ...
: अमेरिकाले आफ्ना नागरिकहरूलाई तुरुन्तै भेनेजुएला छोड्न आग्रह गरेको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार सशस्त्र मिलिशियाले भेनेजुएलामा नाकाबन्दी लगाइरहेको खबर आएको छ। अमेरिकी विदेश मन्त्रालयले भेनेजुएलाको नागरिक सेनाले अमेरिकी र अमेरिकी समर्थकहरूको खोजी गरिरहेको बताएको छ। भेनेजुएलामा अमेरिकी सैन्य कारबाहीले भेनेजुएलाका नेता निकोलस मादुरोलाई संयुक्त राज्य अमेरिका ल्याएको एक हप्ता पछि यो विज्ञप्ति आएको हो। अमेरिकामा उनी ...
: अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले अमेरिका र यसका सहयोगी सेनाले सिरियामा इस्लामिक स्टेट (आईएस) समूहका अड्डाहरूमा आक्रमण गरेको बताएको छ। सेन्टकमले एक्समा यी आक्रमण डिसेम्बर १९, २०२५ मा घोषणा गरिएको अपरेशन हकआई स्ट्राइकको अंश भएको बताएको छ। सेन्टकमले सिरियामा अमेरिकी सेनामाथि भएको घातक आइएसआईएस आक्रमणको प्रतिक्रियास्वरूप डिसेम्बर १३, २०२५ मा अपरेशन हकआई स्ट्राइक सुरु गरिएको बताएको ...
: इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति ट्रम्पलाई विश्वका तानाशाह र अहंकारी शासकहरूसँग तुलना गरेका छन्। खामेनीले सामाजिक सञ्जाल प्लेटफर्ममा आफ्नो विचार व्यक्त गर्दै ट्रम्पलाई लक्षित गरेका हुन्। उनले भने , "अहंकारले संसारको न्याय गर्ने अमेरिकी राष्ट्रपतिले जान्नुपर्छ कि फिरऊन, निमरुद, मोहम्मद रेजा पहलवी र अन्य जस्ता संसारका अत्याचारी र अहंकारी शासकहरूको ...
: इरानमा भइरहेको राष्ट्रव्यापी विरोध प्रदर्शनप्रति आफ्नो पछिल्लो प्रतिक्रियामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकार गम्भीर समस्यामा रहेको बताएका छन्। ट्रम्पले परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएका हुन्। उनले भने, "इरानी सरकारले पहिले जस्तै मानिसहरूलाई मार्न थाले भने हामी कारबाही गर्नेछौं भनेर मैले धेरै जोडदार रूपमा भनेको छु। हामी उनीहरूलाई जहाँ सबैभन्दा बढी चोट पुर्‍याउँछ त्यहाँ प्रहार गर्नेछौं।" "यसको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम