मुख्य समाचार
अमेरिकन गोप्य वित्तीय डाटा पहुँचमा एलन मस्कको टोलीलाई संघीय न्यायाधीशले रोके
अमेरिकन गोप्य वित्तीय डाटा पहुँचमा एलन मस्कको टोलीलाई संघीय न्यायाधीशले रोके

। ट्रम्प प्रशासनमा अर्बपति एलन मस्कको नेतृत्त्वमा रहेको सरकारी दक्षता विभागलाई अमेरिकी सरकारको ट्रेजरी डिपार्टमेन्ट रेकर्डमा रहेका लाखौं अमेरिकीहरूको व्यक्तिगत वित्तीय डेटा पहुँच गर्नबाट अदालतले रोकेको छ ।

अमेरिकाका जिल्ला न्यायाधीश पौल ए एन्जलमेयरले शनिबार एक प्रारम्भिक आदेश जारी गर्दै मस्क र उनको टोलीलाई पहुँचमा प्रतिबन्ध लगाउनुका साथै रेकर्डका प्रतिलिपि नष्ट गर्न पनि आदेश दिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन् ।




मस्क नेतृत्त्वको सरकारी दक्षता विभागलाई अमेरिकी नागरिकको अतिगोप्य व्यक्तिगत वित्तीय डेटामा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेका थिए । सोही मुद्दाउपर एन्जलमेयर सरकारी दक्षता विभागलाई पहुँच नदिन प्रारम्भिक आदेश दिएका हुन् ।

एन्जलमेयरले फेब्रुअरी १४ का लागि सुनुवाई तोकेका छन् ।




मस्कको नेतृत्वमा लागत घटाउने पहल डोगेलाई रेकर्डमा पहुँच दिइएपछि १९ राज्यका महान्यायाधिवक्ताले ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेपछि यो कदम आएको हो। महान्यायाधिवक्ताले मस्क विशेष सरकारी कर्मचारी नभएको र विभाग पनि आधिकारिक नभएकाले संघीय कानुनको उलंघन गरेको तर्क गरेका थिए ।

अदालतले पहुँचमा प्रतिबन्ध लगाएपछि मस्कले सामाजिक सञ्जाल एक्समा ‘पागलपन’को संज्ञा दिँदै प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्, ‘पृथ्वीमा हामीले पैसा कसरी खर्च हुन्छ भनेर नहेरी करदाताको पैसाको ठगी र बर्बादीलाई कसरी रोक्ने ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...