मुख्य समाचार
फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने
फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने

। फ्रेन्च गोलकिपर जेफ्री बाल्टुसले तेस्रो सिजनको नेपाल सुपर लिग (एनएसएल) पनि ललितपुर सिटी एफसीबाटै खेल्ने भएका छन् ।

ललितपुले सामाजिक सञ्जाल फेसबुकमा ‘किङ इज रिटर्निङ’ भन्दै भिडियो पोष्ट गर्दै जेफ्री बाल्टुसले फेरी एनएसलएल खेल्ने पुष्टि गरेको छ । बाल्टुसले पनि आफू फेरि एनएसएल खेल्न आउन लागेको बारेको भिडियो पोष्ट गरेका छन् ।




गत वर्ष भएको दोस्रो सिजन ललितपुर सिटीबाट खेल्दै बाल्टुसले उपाधि जितेका थिए । साथै उनी बेस्ट गोलकिपर समेत घोषित भएका थिए ।

फ्रान्सका बाल्टुस दोस्रो पटक नेपालमा खेल्न आउन लागेका हुन् । सन् २०११ बाट व्यावसायिक लिग खेल्न थालेका जेफ्रीले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनको लिग फुटबल खेलिसकेका छन् ।




लिग वान क्लब अजुरेको एकेडेमीकोबाट आएका बाल्टुसले फ्रान्सको यू-१७ राष्ट्रिय टिमबाट समेत खेलिसकेका छन् । उनले फ्रान्सको दोस्रो, तेस्रो र चौथो डिभिजनमा गरी १०० भन्दा बढी खेले खेलेका छन् ।

उनले गत वर्ष नेपाल आउनुअघि फ्रान्सको तेस्रो श्रेणीको क्लब एफसी राउनका लागि खेलेका थिए । ललितपुर सिटीबाट एनएसएल जितेपछि उनले बेल्जियम तेस्रो श्रेणीको क्लब रोएल स्टेके सेन्ट जर्ज सरमुस क्लबबाट खेलेका थिए ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसइएम) को आयोजनामा हुने एनएसएलको तेस्रो सिजन आगामी मार्च २९ (चैत १६) देखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित