मुख्य समाचार
७ कारण जसले २७ वर्षपछि दिल्लीमा भाजपालाई सरकारमा फर्कायो
७ कारण जसले २७ वर्षपछि दिल्लीमा भाजपालाई सरकारमा फर्कायो

। भारतको निर्वाचन आयोगका अनुसार ७० सिटका लागि भएको दिल्लीको विधानसभा चुनावमा भारतीय जनता पार्टी (भाजपा)ले ४८ सिट जित्दा आम जनता पार्टी (आप) ले २२ सिट जितेको छ ।

निर्वाचनमा आपका संयोजक तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल स्वयं चुनावमा पराजित भएका छन् । उनी तीनपटकसम्म लगातार दिल्लीको मुख्यमन्त्री भइसकेका छन् ।




सँगै पार्टीका शीर्ष नेता एवं उपमुख्यमन्त्री मनिष सिसोदियाले पनि चुनाव हारेका छन् ।

यो चुनावी नतिजासँगै १२ वर्षपछि आप सरकारबाट बाहिरिएको छ भने २७ वर्षपछि भाजपा दिल्ली सरकारमा फर्कने भएको छ ।




कतिपयले दिल्लीमा आप र कांग्रेसबीचको लडाइँको फाइदा भाजपाले उठाएको विश्लेषण गरिरहेका छन् । द वायरमा अंकित राजले आपको पराजयको पछि संस्थापन विरोधी भावना, नागरिक सामु गरेका प्रतिबद्धता पूरा गर्न नसक्नु, कांग्रेससँगको मतभेद र इन्डिया गठबन्धको विफलतालाई प्रमुख कारण भनेका छन् ।

१. चौतर्फी हमलाको निशानामा केजरीवाल

चुनावको क्रममा भाजपाले सबै शक्ति आपविरुद्ध लगाउने नै भयो । दुवै पार्टीका लागि यो प्रतिष्ठाको लडाइँ थियो । नरेन्द्र मोदी र अमित शाह धेरै चुनावी सभाहरूमा देखिए । संघीय राजधानीमा चुनौती दिएको मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि मोदीविरुद्ध बोल्ने सक्ने नेताको रूपमा केजरीवालले छवि बनाइरहेका थिए । यस्तोमा भाजपाले साम, दाम, दण्ड, भेद सबै अस्त्र प्रयोग गर्न भइहाल्यो ।

संघ सरकारको निशानामा पर्दा केजरीवाल १७७ दिन जेल नै बसे । बीजेपीले चुनावी अभियानमा यसलाई मुद्दा नै बनायो ।

रोचक त के थियो भने भाजपाकै शैलीमा राहुल गान्धी पनि केजरीवालविरुद्ध निशाना साधिरहेका थिए । उनी भनिरहेका थिए, ‘मोदी र केजरीवालमा केही फरक छैन, यिनीहरू एक सिक्काका दुई पाटा हुन् ।’

चुनाव नजिकिएसँगै त दुई दलले आफूहरू एकै गठबन्धनमा छौं भन्ने पनि बिर्सिएर अभिव्यक्ति दिन थाले । र, कांग्रेसले आपविरुद्ध भाजपा जत्तिकै दूरी बनाएर आलोचना गर्न थाल्यो । “केजरीवाल र प्रधानमन्त्री मोदीबीच केही अन्तर छैन, किनकि दुवै झूटा वाधा गर्छन्,’ चुनावी भाषणमा राहुलले प्रयोग गर्ने भाषाले आपर कांग्रेसबीच चिसिएको सम्बन्धको अवस्था बताउँछ ।

कांग्रेसले आपका शीर्ष नेता उठेको ठाउँमा बलिया उम्मेदवार मात्र उठाएन, भाजपा जस्तै चर्को गरी केजरीवाल र आपका अरु नेताहरूलाई भ्रष्टाचारी करार गर्न मेहनत गर्‍यो ।

रोचक त के थियो भने भाजपाकै शैलीमा राहुल गान्धी पनि केजरीवालविरुद्ध निशाना साधिरहेका थिए । उनी भनिरहेका थिए, ‘मोदी र केजरीवालमा केही फरक छैन, यिनीहरू एक सिक्काका दुई पाटा हुन् ।’
दिल्लीमा आप र कांग्रेसले सहकार्य नगर्ने निश्चित भएपछि इन्डिया गठबन्धनका अरू दलहरू पनि तितरबितर हुने अवस्था बन्यो ।

इन्डिया गठबन्धनका साझेदारमध्येका प्रमुख दुई कांग्रेस र आपबीचको बढ्दो मतभेदसँगै गठबन्धन कमजोर बन्नुको मूल्य पनि आपले चुक्ता गर्नुपर्‍यो ।

राहुलले आप सरकार समावेशिताविरुद्ध उभिएको बताइरहँदा जवाफमा केजरीवालले कांग्रेस र भाजपाबीच केही सम्झौता भएको हुनसक्ने भाषण दिए ।

द वायरमा अंकित राज लेख्छन्, ‘रक्सी घोटालाको आरोपमा जेल जानु, हिन्दुत्वको राजनीतिमा हात हाल्नु, मुस्लिम समुदायको पक्षमा खुलेर नबोल्नाले पहिले नै केजरीवालको पार्टीलाई नोक्सान पुगिरहेको थियो। कांग्रेसको हमलाले यो घाउ अझै गहिरो बनायो।’

इन्डिया गठबन्धनको सहयोगी दल शिवसेनाका नेता सञ्जय राउत यसमा सहमत छन् । आप र कांग्रेस मिलेर चुनाव लडेको भय नतिजा अर्कै आउन सक्ने उनी बताउँछन् ।

राउतले भने, ‘यदि कांग्रेस र आप सँगै भएका भए नतिजा फरक हुन सक्थ्यो… आप र कांग्रेस दुवैको राजनीतिक प्रतिस्पर्धी भाजपा हो। दुवैले भाजपालाई सत्तामा आउन रोक्नका लागि संघर्ष गरे, तर उनीहरू अलग-अलग लडे। यदि उनीहरू सँगै भएका भए, मतगणनाको पहिलो घन्टामै भाजपा पराजित हुने निश्चित हुन्थ्यो।‘

मार्क्सवादी पार्टीले कांग्रेसले दिल्लीमा भाजपालाई जिताउन भूमिका खेलको आरोप समेत लगाउन भ्याएको छ । उनीहरूको तर्क छ, ‘नतिजाहरूले पुष्टि गरिसकेको छ कि इन्डिया गठबन्धन मिलेर चुनाव लड्यो भने भाजपालाई सत्तामा आउनबाट रोक्न सक्छ ।’ सीपीआई नेता केडी राजा यस्ता मतभेदका लागि कांग्रेसलाई दोषी ठहर्‍याउँदै भन्छन्, ‘यो इन्डिया गठबन्धनका दलहरूको कारण हो । अझ कांग्रेसले त गम्भीर आत्मनिरीक्षण गर्नुपर्छ ।’

२२ सिट जितेको आपले अधिकांश सिट मुस्लिम बाहुल्य निर्वाचन क्षेत्रबाट जितेको छ तर गत चुनावमा भन्दा यहाँबाट भाजपाले २ सिट आपबाट खोसेको छ ।

नतिजा हेर्दा कस्तो देखिन्छ भने कांग्रेस दिल्लीमा शून्य थियो, शून्य मै रह्यो । तर आपसँग मिलेको अवस्थामा उसले केही सिट जित्न सक्थ्यो भने आम आदमीले १४ सिट बढाउन सक्थ्यो । किनकि आपले हारेको १४ सिटमा कांग्रेसले पाएको मत जोड्दा जित्ने अवस्था रहेको मतपरिणामले देखाउँछ । कांग्रेस र आप मिल्दा दिल्लीमा यो गठबन्धनको ३७ सिट हुनसक्थ्यो । जबकि दिल्लीमा सरकार बनाउन ३६ सिट चाहिन्छ ।

‘यदि कांग्रेस र आप सँगै भएका भए नतिजा फरक हुन सक्थ्यो… आप र कांग्रेस दुवैको राजनीतिक प्रतिस्पर्धी भाजपा हो। दुवैले भाजपालाई सत्तामा आउन रोक्नका लागि संघर्ष गरे, तर उनीहरू अलग-अलग लडे। यदि उनीहरू सँगै भएका भए, मतगणनाको पहिलो घन्टामै भाजपा पराजित हुने निश्चित हुन्थ्यो।‘
भारतीय सञ्चार माध्यम भास्कर दैनिकसँग कुरा गर्दै राजनीतिक विश्लेषक संजय कुमार भन्छन्, ‘कांग्रेस र आप मिल्न सकेको भए दिल्लीको नतिजा अर्कै हुन्थ्यो ।’ भारतीय सञ्चार माध्यमले यो पराजयको प्रमुख कारण कांग्रेस र आपको बढ्दो दूरीलाई भनेका छन् ।

भारतका कतिपय राजनीतिक विश्लेषकहरूले इन्डिया गठबन्धनमा रहेका आप र कांग्रेस मिलेर चुनाव लड्न सक्दा दिल्लीमा बिजेपी यसरी अगाडि आउन नसक्ने विश्लेषण गरिरहेका छन् । थोरै मतका कारण भाजपाका उम्मेदवारले जितेका धेरै उदाहरण छन् । जस्तो कि आपका नेता मनिष सिसोदिया ६७५ मतले पराजित हुँदा कांग्रेस उम्मेदवार फरहाद सूरीले ७ हजार ३५० मत ल्याएका छन् ।

२. सुशासनको नारा, भ्रष्टचारको आरोप

लगातार एक दशक सत्तामा रहँदा दिल्लीमा आप संस्थापन बन्यो र संस्थापनविरोधी मत बिस्तारै बलियो बन्दै गइरहेको थियो । भाजपा नेतृत्वको राजनीतिक/प्रशासनिक संयन्त्रबाट गौंडा गौंडामा अवरोध व्यहोर्नु परेकै थियो जसले मतदातासामू गरेका बाचा पूरा गर्न आप सफल हुन सकेन । विभिन्न आरोपमा शीर्ष नेतृत्व नै जेल जानु परेपछि नैतिक धरातल पनि कमजोर बन्न थाल्यो ।

केजरीवालमाथि सरकारी भवन पुनर्निर्माणमा ४५ करोड भारु खर्चिएको विषय विपक्षीले जोडतोडका साथ उठाए । मोदीले यसलाई शीशमहल भने र राहुल गान्धी लगायत कांग्रेसीहरूले पनि भाजपालाई बल दिनेगरी अभिव्यक्ति दिए ।

चुनावी नतिजापछि भारतका चर्चित सामाजिक अभियन्ता अन्ना हजारेले भने, ‘मैले पहिले नै भनेको थिएँ कि चुनाव लड्ने उम्मेदवारको आचरण शुद्ध हुनु आवश्यक छ, विचार शुद्ध हुनुपर्छ, जीवन निष्कलंक हुनुपर्छ र, अपमान सहन सक्ने क्षमता हुनुपर्छ। यदि यी गुणहरू उम्मेदवारमा छन् भने मतदातालाई यो व्यक्ति जनताको लागि केही गर्नेछ भन्ने विश्वास हुन्छ ।’

हजारेको आन्दोलनको जगमा बनेको पार्टी र नेतृत्वमाथि उनी आफैंले प्रश्न उठाउन सक्ने गरी वातावरण बन्यो । केही भाजपाले बनायो भन्न सकिएला, तर आप नेतृत्वले पनि यो वातावरण बनाए ।

विपक्षीहरूले यसबीचमा केजरीवालको सम्पत्ति ४० गुनाले बढेको आरोप लगाए र यसलाई चुनावी मुद्दा नै बनाए ।

३. मोदी भर्सेज केजरीवाल

गत चुनावमा भाजपालाई एकल बहुमत पाउनबाट रोकेको इन्डिया गठबन्धनको एकता चर्किंदा भाजपाले फाइदा उठाएको भारतीय विश्लेषकहरूको विश्लेषण कमजोर देखिन्न ।

यही परिदृश्यमा केजरीवाललाई रोक्न नसक्दा मोदीले निकै चुनौती व्यहोर्नुपर्ने हुनसक्थ्यो । गत निर्वाचनको परिणामले यो देखाइसकेको थियो ।

त्यसैले पछिल्ला दिनहरूमा मोदी र सिंगो भाजपाको निशाना केजरीवालतिर सोझियो । यसपटक दिल्ली चुनावमा त मोदी भर्सेज केजरीवाल जस्तो देखियो । मोदीले यो चुनावको लागि प्रशस्तै समय दिए र आफ्नै नाममा मत मागे ।



उनले भने, ‘कृपया, मलाई दिल्लीमा जनताको सेवा गर्ने अवसर दिनुहोस् ।’

भारतीय सञ्चार माध्यमका अनुसार मोदीले ५ वटा र्‍यालीमा २० पटक कांग्रेस र १७८ पटक आपको नाम लिए ।

आफू निर्विकल्प बन्ने बाटोमा तगारो बन्ने तीब्र सम्भावना बोकेका केजरीवाललाई कमजोर बनाउने चाहनाको व्यवहारिक रुपान्तरणमा मोदी मेहनतको नतिजा पनि हो- आम आदमीको यो पराजय ।

४. मूल नेतृत्वमाथि हमला

केजरीवालमाथि अनेकौं आरोप मात्र होइन, १७७ दिनसम्म जेल राख्ने रणनीतिमा भाजपा नेतृत्वको सरकार खुलेरै लाग्यो । कानुनी, राजनीतिक, नैतिक लगायतका सबै हमला केजरीवालतिर केन्द्रित भयो । आपका कैयौं शीर्ष नेतालाई जेलमा राखियो ।

दिल्ली विधानसभा नजिकिंदै जाँदा यो रणनीतिले थप आक्रामकता पायो । मूल नेतृत्वलाई घेरेर हमला गर्ने र कमजोर बनाउने भाजपा रणनीति यसअघि पनि केजरीवाल र राहुल गान्धीका विरुद्ध अपनाइएको थियो ।


यही क्रममा प्रवेश शर्मालाई भाजपाले मुख्यमन्त्रीको रूपमा अगाडि सार्‍यो । उनी दिल्लीका पूर्वमुख्यमन्त्री साहिब सिंह वर्माका छोरा हुन् भने भाजपाका शक्तिशाली अनुहार पनि ।

कतिसम्म भने, भारतीय सञ्चार माध्यमहरूका अनुसार उनलाई लोकसभा निर्वाचनमा टिकट नदिएर दिल्लीमा केजरीवाल विरुद्ध भिडाउनकै लागि तयार राखियो ।

५. बहुसंख्यक मध्यम वर्गको मतमा मेहनत

हामी सबैले समाचार सुन्यौं, दिल्लीको चुनावभन्दा ३ दिनअघि १२ लाखसम्म आयकर निःशुल्क गर्ने घोषणा गरियो । दिल्लीमा रहेका ६७ प्रतिशत मध्यम वर्गीय जनसंख्या केन्द्रित निर्णय थियो यो । भाजपाले यसको निकै प्रचारप्रसार पनि गर्‍यो ।

त्यसो त, भाजपाले यसपटक मध्यम वर्ग केन्द्रित चुनावी अभियान चलायो । लोककल्याणकारी नारा दिएर चुनावी नतिजामा उथुलपुथल ल्याएका केजरीवाललाई चुनौती दिन भाजपाले सोचिविचारी बनाएको रणनीति हो यो ।

मोदीले चुनावी र्‍यालीमा भाषण नै गरे, ‘भाजपा मध्यम वर्गलाई सम्मान दिने पार्टी हो । यसअघि बजेटले मध्यम वर्गलाई निद्रा नै पर्दैनथ्यो ।’ योसँगै मध्यम वर्ग केन्द्रित अरु पनि घोषणा संघ सरकारले गरेको थियो ।

साथमा, कांग्रेसले पनि आपलाई चुनौती दिन घोषणापत्रमा लोककल्याणकारी कार्यक्रमलाई प्राथमिकतामा राख्यो । जसले आपको मत काट्न निकै काम गर्‍यो ।

६. भोटको रक्षा गर्ने, नयाँ मतदाता आकर्षिक गर्ने भाजपा नीति

संघ सरकारको अनेकौं रणनीतिको शिकार भएको केजरीवाल लामो समय जेल मै बसे । अरु केही शीर्ष नेतालाई पनि जेल पुर्‍याइयो ।

यसबीचमा आपको मात्र होइन, दिल्ली सरकारकै काम प्रभावित बन्यो । तर आपलाई अस्तव्यस्त बनाइरहँदा भाजपा मसिनो गरी चुनावी रणनीतिमा केन्द्रित थियो ।

त्यसो त, भाजपासँग दिल्लीमा उल्लेख्य प्रतिशत स्थायी मत थियो, जुन सबैजसो समय भाजपाले जोगाउँदै आएको देखिन्छ ।

​​पार्टीले पाउने मत ३० प्रतिशतभन्दा कम कहिल्यै नभए पनि सन् १९९३ बाट भाजपाले दिल्लीमा सरकार बनाउन सकेको थिएन । आपले ७० मा ६७ सिट जित्दा पनि भाजपाले पाउने मत ३२.२ प्रतिशत थियो । यसको अर्थ आप उत्कर्षमा पुग्दा पनि भाजपाले आफ्नो जनाधार गुमाएको थिएन ।

यसको अर्को अर्थ के हो भने आपको उदय कांग्रेसको जनाधार भत्काएर भएको थियो । कांग्रेसलाई भ्रष्टाचारी करार गरेर सत्तामा उक्लिंदा सन् २०१३ मा आपले २९.४९ प्रतिशत मत पाउँदा कांग्रेसले २४.५५ प्रतिशत मत पाएको थियो । तर सन् २०२०को विधानसभा चुनावमा कांग्रेसको मत ९.७ प्रतिशतमा खुम्चिएको थियो ।



सन् २०१५ मा ५४.३ र सन् २०२० मा ५३.५७ प्रतिशत मत पाएको आपको मत यसपटक ४३ प्रतिशत पुगेको छ । यसपटक कांग्रेसले ६ प्रतिशत आसपास मत ल्याउँदा भाजपाले ४५ प्रतिशत मत पुर्‍याएको छ ।

यस्तोमा, भाजपाले एकातिर मध्यम वर्गलाई आकर्षित गर्‍यो भने सँगसँगै बाहिरी राज्यबाट दिल्लीमा आइबसेका मतदाताहरूलाई प्रभावित गर्न देशैभरी नेता परिचालन गर्‍यो । दिल्लीको ३ करोड ३८ लाख जनसंख्या मध्ये ३० प्रतिशत यूपी, बिहार, झारखण्ड लगायतका ठाउँबाट आएका हुन् ।

एक रिपोर्टका अनुसार ७० मा २७ सिटमा पूर्वाञ्चलका मतदाता निर्णायक हुन्छन् । भाजपाले १०० भन्दा बढी नेतालाई पूर्वाञ्चल क्षेत्रतिर खटाएको थियो ।

भाजपाले आम आदमी पार्टीका मतदाता मात्र होइन, नेता कार्यकर्तालाई नै भाजपामा मन खोलेर स्वागत गर्‍यो । सँगै पार्टी प्रवेशको रणनीति पनि अघि सार्‍यो । फलतः चुनावको केही दिन अघिसम्म पूर्वविधायकदेखि नाम चलेका नेताहरू पनि भाजपा प्रवेश गरे ।
त्यस्तै, बजेटमा पनि बिहारलाई जोड दिनुका साथै यूपीमा सबैभन्दा बढी रकम पठाएको भारतीय सञ्चारमाध्यमहरूमा प्रकाशित रिपोर्टमा उल्लेख छ ।

दिल्लीका चुनावी कार्यक्रममा मोदीले केजरीवालको निःशुल्क कार्यक्रमको आलोचना गरेनन् । बरू अझ बढी कल्याणकारी काम गर्ने आशयको अभिव्यक्ति दिइरहे । जस्तो कि महिला र वृद्धवृद्धालाई मासिक २५०० रुपैयाँ दिने घोषणा । यस्ता निःशुल्क कार्यक्रमहरू आधा दर्जनभन्दा बढी मोदीले चुनावी र्‍यालीमा घोषणा गर्दै हिंडे ।

यसको अर्थ हो, लोककल्याणकारी नाराबाट मतदाता तान्न सकिने विश्वास जुन केजरीवालले व्यवहारबाटै प्रयोग गरिसकेका थिए ।

७. संस्थापन विरोधी मत

दिल्लीमा आपले सरकार चलाएको १२ वर्ष भइसक्यो । लामो समयसम्म सरकार चलाइरहँदा संस्थापन विरोधी मानसिकता नागरिकमा देखिन थाल्छ नै ।

संघ सरकारको नेतृत्व गरे पनि दिल्लीमा भाजपा सरकार बाहिर रहेको २७ वर्ष भइसकेको सन्दर्भमा एकातिर संघ सरकारको काम र शक्ति देखाउनुका साथै भाजपाले दिल्लीमा आफूलाई अवसर दिन पटकपटक अपिल गरिरह्यो ।

उता, आम आदमीविरुद्ध नागरिकमा विकास हुन थालेको संस्थापन विरोधी भावनालाईपरिचालन गर्न भाजपा सरकार सफल भयो ।

भाजपाले आम आदमी पार्टीका मतदाता मात्र होइन, नेता कार्यकर्तालाई नै भाजपामा मन खोलेर स्वागत गर्‍यो । सँगै पार्टी प्रवेशको रणनीति पनि अघि सार्‍यो । फलतः चुनावको केही दिन अघिसम्म पूर्वविधायकदेखि नाम चलेका नेताहरू पनि भाजपा प्रवेश गरे ।

यसरी सन् २०१२ मा भ्रष्टाचारविरोधी आन्दोलनबाट जन्मिएको आपले शक्तिशाली भाजपाको शक्ति र रणनीतिका सामु आफूलाई सधैं अब्बल राखिराख्न सकेन । ‘मोदी लहर’ का अगाडि दिल्लीको प्रभाव देशभर फैल्याउन नसक्नुलाई पनि आप खुम्चिनुको कारणका रूपमा विश्लेषकहरू अर्थ्याउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ । राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन ...
— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् । इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले ...
— बेलायतले म्यान्मारका लागि शनिबार एक करोड पाउन्ड (एक करोड २९ लाख अमेरिकी डलर) मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । म्यान्मारमा शुक्रबार गएको भूकम्पका कारण ठूलो धनजनको क्षति भएको र राहत तथा उद्धार कार्यमा सघाउनका लागि बेलायत सरकारले सहायताको घोषणा गरेको हो । भूकम्पका कारण म्यान्मारमा एक हजार ६०० भन्दा बढीको मृत्यु हुनुका साथै व्यापक ...
। अमेरिकाको मिनेसोटा राज्यको एक आवासीय क्षेत्रमा शनिबार एउटा सानो विमान दुर्घटना हुँदा एक घरमा आगलागी भएको अमेरिकी सङ्घीय उड्डयन प्रशासनले जनाएको छ। सोकाटा टीबीएम ७ विमान स्थानीय समयअनुसार शनिबार राति १२:२० बजे उक्त घरमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा विमान चालकको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । ब्रुकलिन पार्क अग्नि विभागलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले ...
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् । ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् । ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप ...