मुख्य समाचार
दिल्लीमा केजरीवाललाई धक्का
दिल्लीमा केजरीवाललाई धक्का

। दिल्ली विधानसभा चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । भारतीय सञ्चार माध्यमका अनुसार हाल भारतीय जनता पार्टी (भाजपा)ले ४७ सीटमा अग्रता लिएको छ भने आम आदमी पार्टी (आप) २३ सिटमा मात्रै अगाडि छ ।

मतपरिणाम अन्ति चरणमा आइपुग्दा आम आदमी पार्टीलाई ठूलो धक्का लाग्ने लगभग पक्का भएको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् ।




नयाँ दिल्ली विधानसभाको चुनावमा पूर्वमुख्यमन्त्री अरविन्द केजरीवाललाई पनि भाजपा उम्मेदवार प्रवेश वर्माले पछि पारेका छन् । उनी हारको नजिक छन् ।

भारती समाचार संस्थाहरुका अनुसार आपका अन्य प्रमुख नेताहरू पनि पछि परिरहेका छन् । सौरभ भारद्वाज, सोमनाथ भारती, र सत्येन्द्र जैन आफ्ना-आफ्ना क्षेत्रमा भाजपा उम्मेदवारहरूभन्दा पछि छन् ।




जनकपुरा सीटबाट आप उम्मेदवार मनीष सिसोदियाले र पटपड़गंज सीटबाट उम्मेदवार अवध ओझाले आफ्नो हार स्वीकार गरेका छन् । अवध ओझाले भने, ‘जनताले सम्मान दिए, र म दोस्रो स्थानमा छु। पहिलो पटक राजनीतिक यात्रा सुरु गरेँ, र यस उपलब्धिबाट म खुसी छु।’

भाजपाका रविन्दर सिंह नेगीले जंगपुरा सीटमा जित हासिल गरिसकेका छन् । आम आदमी पार्टीले पूर्वउपमुख्यमन्त्री तथा पटपड़गंज सीटका वर्तमान विधायक मनीष सिसोदियालाई जंगपुराबाट उम्मेदवार बनाएको थियो । सिसोदियाले जंगपुरा सीटमा पराजय स्वीकार गरिसकेका छन् ।

आम आदमी पार्टीकी उम्मेदवार आतिशीले भने भाजपाका रमेश बिधूडीमाथि अग्रता हासिल गरिरहेकी छन्। तर, ग्रेटर कैलाश सीटमा आपका सौरभ भारद्वाज पछि परिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...