मुख्य समाचार
काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने
काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने

। नेपाली महिला फुटबल टोलीका प्रशिक्षक राजेन्द्र तामाङले आगामी फागुनको पहिलो साता काठमाडौंमा हुन लागेको चार देशीय महिला फुटबल प्रतियोगितामा कुनैपनि प्रतिद्वन्द्वीलाई कमजोर मान्न नहुने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित प्रशिक्षकसँगको अन्तर्क्रिया कार्यक्रममा तामाङले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सबै टिमले राम्रो तयारी गरेर खेल्न आउने उल्लेख गर्दै सबै आ-आफ्नो हिसाबले बलियो हुने उल्लेख गरे ।




‘राम्रो टिमहरू आउँदै छन्, राम्रै तयारी गरेर आएका हुन्छन्, कसैलाई पनि कमजोर मान्नु हुँदैन’ तामाङले भने, ‘उनीहरूको खेल कस्तो छ त्यो हेरेर योजनाहरू बनाउनुपर्छ।’

एन्फाको आयोजनामा फागुन ५ देखि दशरथ रंगशालामा महिला फुटबल प्रतियोगिता हुँदैछ । प्रतियोगितामा नेपालसँगै म्यानमार, लेबनान र कीर्गिस्तानको सहभागिता रहनेछ ।




फिफा वरियतामा नेपाल १०३औं स्थानमा छ भने म्यानमार ५५औं स्थानमा रहँदा कीर्गिस्तान १२८औं र लेबनान १३४औं स्थानमा छन् । प्रतियोगिताको सबैभन्दा बलियो टोलीका रूपमा म्यानमार रहेको छ ।

हाल ३९ जना खेलाडीलाई प्रारम्भिक रूपमा क्लोज क्याम्पमा बोलाएर प्रशिक्षण भइरहेको छ । अब एक-दुई दिनमा यो संख्या ३० मा झार्ने प्रशिक्षक तामाङले बताएका छन् ।

‘तयारी हाम्रो एकदम राम्रो भइरहेको छ, अहिले ३९ जना प्रशिक्षणमा छन् अब यो संख्या ३० मा झारेर आइतबार नाम निकाल्छु’ उनले भने, ‘विदेशमा भएका खेलाडीहरू पनि अब आउँछन्।’

प्रशिक्षक तामाङका अनुसार कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा फेब्रुअरी १२ सम्म नेपाल आइपुग्ने छिन् । त्यस्तै रेखा पौडेल यूएईबाट फेब्रुअरी १५ सम्म आइपुग्ने र साबित्रा भण्डारी फेब्रुअरी १७ सम्म आइपुग्ने बताए ।

साबित्रा खेल हुने दिन विहान नेपाल आइपुग्ने सम्भावना रहेकाले उनले नेपालको पहिलो खेल गुमाउन सक्ने तामाङले जनाए । त्यस्तै पछिल्लोपटकको टोलीबाट अमिषा कार्कीले प्रतियोगिता गुमाउनेछिन् ।

उनी आर्मीको सेकेन्ड लेप्टिनेन्टको तालिममा रहेकाले प्रतियोगिता गुमाउनेछिन् । त्यस्तै साफ च्याम्पियनसिपका बेला घाइते भएका हिरा भुजेल र दीपा शाही अझै रिकभर भइसकेका छैनन् । यो हिसाबले प्रशिक्षकले तीनवटा खेलाडीको विकल्प खोज्नुपर्नेछ ।

यस प्रतियोगितामा नेपाललाई घरेलु मैदान र घरेलु दर्शकको साथ हुने प्रशिक्षक तामाङको भनाइ छ । त्यसकारण उनले टिमको वरियता हेर्नेभन्दा पनि उनीहरूलाई च्यालेन्ज दिन सक्ने खालको प्रदर्शन गर्ने र उपाधि जित्ने लक्ष्य राखेको बताएका छन् ।

उनले बंगलादेशको उदाहरण दिँदै नेपालभन्दा धेरै तल्लो वरियतामा रहेपनि साफमा दुईपटक हराएको कुरा उल्लेख गरेका थिए । ‘हामीले वाफमा लेबनानलाई हराएका थियौं, त्यसबेला एकदम राम्रो खेलेको थियौं तर ट्याक्टिकल कुरामा लेबनान बलियो छ त्यसकारण अलिकति प्रेसर दिन सकियो भने जित्न सकिन्छ’ उनले भने ।

त्यस्तै कीर्गिस्तानलाई नेपालले २०१९ मा ८-२ को फराकिलो अन्तरले हराएको भएपनि अहिले धेरै समय भइसकेकाले टिम परिवर्तन भएर आउने हुनाले हल्का रूपमा नलिने बताए । ‘धेरै पहिले ८ गोल हानेको हो तर अहिले फेरिएर आएको हुनसक्छ’ उनले भने ।

नेपाल म्यानमारसँग पछिल्लोपटक २०१९ मै ३-१ ले पराजित भएको थियो । तुलनात्मक रूपमा म्यानमार धेरै बलियो भएपनि टक्कर दिने हिसाबले खेल प्रदर्शन गर्ने प्रशिक्षक तामाङले जनाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ‘क्याम्पा’ कोहलपुर प्राइड लिग राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्ट्स एकेडेमीले विजयी सुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिन बिहीबार कोहलपुर–११ स्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला मैदानमा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटलेड स्कुल र कोहलपुर स्पोर्ट्स एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । उद्घाटन खेलमा ...
: वीरगन्जमा रहेको देशकै दोस्रो ठूलो नारायणी रंगशालाको मर्मत तथा पुनर्निर्माणको काम सुरु भएको छ। जेनजी आन्दोलन अघिको कांग्रेस–एमाले गठबन्धनको सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। त्यहि बजेट हाल निकासा भइ आएको र बिहीबारदेखि रंगशाला पुनर्निर्माणको काम सुरु गरिएको पर्सा जिल्ला खेलकुद विकास ...
: नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षकमा गुल्लीएल्मो एरेना नियुक्त भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) र उनीबीच बिहिबार सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्झौता हस्ताक्षर भएको हो। एरेना र एन्फाबीच एक वर्षको सम्झौता भएको छ। इटाली र स्विट्जरल्यान्ड दुई देशको नागरिकता प्राप्त ५२ वर्षीय एरेनाले अन्तिमपटक मोरक्कोको क्लब एमएएस फेश सम्हालेका थिए। उनले यसअघि ...
: एन्फा राष्ट्रिय लिग २० ८२ अन्तर्गत आज भएका तीन खेलमा चर्च ब्वाइज युनाइटेड, संकटा क्लब र एपीएफ क्लबले जित दर्ता गरेका छन्। पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले काँक्रेविहारलाई हराएको थियो। दोस्रो खेलमा संकटा क्लबले श्री भगवती क्लबमाथि जित निकाल्यो। तेस्रो खेल विभागीय डर्बीको थियो। जसमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबमाथि जित दर्ता गरेको हो। सातदोबाटो ...
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी फुटबल विश्वकपमा इरानको राष्ट्रिय टोलीलाई स्वागत गरिने बताएका छन्। विश्व फुटबलको सर्वोच्च निकाय फिफाका अध्यक्ष जियानी इन्फान्टिनोका अनुसार अमेरिकी राष्ट्रपति ट्रम्पले इरानी टोलीलाई पनि स्वागत गर्ने बताएका हुन्। फेब्रुअरी २८ मा अमेरिका-इजरायलको आक्रमणपछि सुरु भएको युद्धका कारण क्यानाडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाले संयुक्त रूपमा आयोजना गर्ने यस वर्षको पुरुष ...