मुख्य समाचार
हमासले छाड्यो ३ इजरायली बन्धक, इजरायलले पनि १८३ प्यालेस्टिनी कैदी छाड्ने
हमासले छाड्यो ३ इजरायली बन्धक, इजरायलले पनि १८३ प्यालेस्टिनी कैदी छाड्ने

। हमासले युद्धविराम सम्झौताअनुसार शनिबार ३ इजरायली बन्धकहरूलाई रिहा गरेको छ। समाचार संस्था एपीका अनुसार यी बन्धकहरू एली शराबी (५२), ओहद बेन अमी (५६) र ओर लेभी (३४) हुन्।

हमासले यी तीनै बन्धकहरूलाई रेडक्रसको जिम्मा लगाएको हो । रेडक्रसले उनीहरूलाई गाजाबाट इजरायल लैजानेछ। रिहाइपछि तस्बिरहरू सार्वजनिक गरिएका छन्, जसमा उनीहरू निकै दुब्लाएका र अस्वस्थ देखिन्छन्।




बन्धकहरू इजरायल पुगेपछि इजरायलले १८३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ । १९ जनवरीमा कतारमा भएको युद्धविराम सम्झौता अन्तर्गत यो पाँचौं अदला-बदली हो। सम्झौता लागु भएयता हालसम्म १६ इजरायली र ५ थाई बन्धकहरूलाई रिहा गरिएको छ।

७ अक्टोबर २०२३ मा हमासका हजारौं लडाकुहरूले इजरायलमा आक्रमण गर्दा १२०० जना मारिएका थिए । सो आक्रमणमा २५० भन्दा बढी व्यक्तिहरूलाई बन्धक बनाइएको थियो। त्यसको केही घन्टाभित्रै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले हमासविरुद्ध युद्धको घोषणा गरेका थिए।




एली शराबीलाई किबुत्ज बेरी क्षेत्रबाट बन्धक बनाइएको थियो। हमासले त्यहाँ आक्रमण गरी उनकी पत्नी लियान र छोरीहरूको हत्या गरेको थियो। ओहद बेन अमीलाई उनकी पत्नीका साथ किबुत्ज अकाउन्टेन्टबाट अपहरण गरिएको थियो। उनकी पत्नीलाई सन् २०२३ को युद्धविराम सम्झौताअन्तर्गत रिहा गरिएको थियो।

कम्प्युटर प्रोग्रामर ओर लेभीलाई दक्षिण इजरायलमा रहेको नोभा म्युजिक फेस्टिभलबाट बन्धक बनाइएको थियो। आक्रमणका क्रममा उनकी पत्नीको मृत्यु भएको थियो।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको कार्यालयका अनुसार अदला-बदली प्रक्रिया पूरा भएपछि युद्धविरामबारे थप छलफल गर्न इजरायली प्रतिनिधिमण्डल कतारको राजधानी दोहा जानेछ।

इजरायल र प्यालेस्टाइनबीच कैदीहरू अदला-बदली गर्ने यो सम्झौता १९ जनवरीदेखि सुरु भएको हो। सम्झौता तीन चरणमा पूरा हुनेछ, जसमा ४२ दिनसम्म बन्धकहरूको अदला-बदली गरिनेछ।

पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म गाजामा पूर्ण युद्धविराम रहनेछ। यो अवधिमा हमासले ३३ इजरायली बन्धकहरूलाई रिहा गर्नेछ।

इजरायलले हरेक इजरायली बन्धकको सट्टा ३३ प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ भने हरेक इजरायली महिला सैनिकको सट्टा ५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गरिनेछ।

यदि पहिलो चरणको १६औँ दिन अर्थात् ३ फेब्रुअरीसम्म सबै कुरा ठीक रहँदामात्रै दोस्रो चरणबारे छलफल हुने समझदारी छ । यस अवधिमा कुनै पनि हमला गरिने छैन। यही अवधिमा बाँकी जिउँदा बन्धकहरूलाई रिहा गरिनेछ।

इजरायलले १ हजार प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नेछ, जसमा झण्डै १९० जना १५ वर्षभन्दा बढी समयदेखि जेलमा रहेका छन्।

सम्झौताको अन्तिम चरणमा गाजामा पुनः बसोबास गराइनेछ, जसका लागि ३ देखि ५ वर्षसम्म समय लाग्नेछ।

इजरायल र हमासबीच बन्धकहरूको अदला-बदली भइरहँदा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै गाजामा कब्जा गर्ने प्रस्ताव राखेका छन्। ट्रम्पका अनुसार उनी गाजामा कब्जा गरी सिटी रिसोर्ट बनाउन चाहन्छन्। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यस योजनालाई समर्थन जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...