मुख्य समाचार
इलन मस्कको दक्षता विभागविरुद्ध अमेरिकी राज्यहरूले दायर गरे मुद्दा
इलन मस्कको दक्षता विभागविरुद्ध अमेरिकी राज्यहरूले दायर गरे मुद्दा

— अर्बपति इलन मस्कले नेतृत्व गरेको ट्रम्प प्रशासनको ‘डज’ भनिने सरकारी दक्षता विभागलाई संघीय भुक्तानी प्रणालीमा पहुँच प्रतिबन्धको माग गर्दै झण्डै दुई दर्जन अमेरिकी राज्य सरकारहरूले अदालतमा मुद्दा दायर गरेका छन् । मस्क र उनका सहयोगीहरूलाई अमेरिकाको अर्थ मन्त्रालयका डिजिटल प्रणालीमा पहुँच प्राप्त गर्ने कुनै अधिकार नभएको भन्दै हालसम्म १९ राज्यहरूले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।


रोयटर्सका अनुसार डेमोक्रेटिक नेतृत्वका अमेरिकी राज्यहरूले खर्बौँ डलरको भुक्तानी गर्ने अर्थ मन्त्रालयअन्तर्गतका निकायमा मस्कको पहुँच कानुनसम्मत नभएको दाबी गरेका छन् । न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयको अगुवाइमा म्यानह्याटन संघीय अदालतमा मुद्दा दर्ता गरिएको छ ।


न्यायाधिवक्ता लेटिसिया जेम्सले यसमा अग्रसरता लिएकी छन् । एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेर, हवाइ, इलिनोइज, मेन, मेरिल्यान्ड, म्यासाचुसेट्स, मिनेसोट्टा, नेभाडा, न्युजर्सी, नर्थ क्यारोलाइना, ओरिगन, रोड आइल्यान्ड, भर्मन्ट र विस्कन्सिनमा पनि मुद्दा दायर गरिएका छन् ।

दायर मुद्दामा मस्क र उनको समूहले स्वास्थ विमा, शिशु विद्यालय, जलवायूसम्बन्धी पहल, कर फिर्ता र अन्य कार्यक्रमहरूमा संघीय लगानी प्रभावित गर्न सक्ने उल्लेख छ । अमेरिकी निकायहरूका प्रणालीमा रहेका लाखौँ नागरिकको विवरण रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक एजेन्डमा लगाउन सक्ने पनि निवेदनमा भनिएको छ ।

अमेरिकी सरकारी प्रणालीहरूमा दक्षता विभागलाई पहुँच दिँदा त्यसले अधिक साइबर सुरक्षा जोखिम निम्त्याउन सक्ने र राज्य सरकार एवं नागरिकको ठूलो लगानी गुम्न सक्ने निवेदनमा उल्लेख छ । डजलाई पहुँच दिँदा लाखौँ अमेरिकी नागरिकको अतिवैयक्तिक सूचना सार्वजनिक हुनसक्ने खतरासमेत रहने जिकिर गरिएको छ ।

‘मस्क र उनको दक्षता विभागलाई अमेरिकी नागरिकको निजी विवरण र देशका केही संवेदनशिल डेटामा पहुँच प्राप्त गर्ने कुनै अधिकार छैन,’ न्युयोर्ककी न्यायाधिवक्ता जेम्सले भनेकी छन्, ‘हाम्रा वैयक्तिक सूचना सुरक्षित राख्न म यो कदम चालिरहेकी छु ।’ अदालतमा दायर निवेदनमा राजनीतिक नियुक्ति पाएका, विशिष्ठ सरकारी कर्मचारी र अर्थ मन्त्रालयमा रहेका बाह्य एजेन्सीका कर्मचारीलाई भुक्तानीसम्बन्धी डेटामा पहुँच दिन नहुने माग गरिएको छ ।

विभागलाई अर्थ मन्त्रालयका अभिलेखहरूमा पहुँच प्राप्त गर्नबाट रोक लगाउँदै शनिबार मात्रै न्युयोर्कस्थित संघीय अदालतले अन्तरिम आदेश जारी गरेको छ । सामाजिक सुरक्षा र लाखौँ अमेरिकी नागरिकको बैँक खाताजस्ता वैयक्तीक विवरण समावेश हुने मन्त्रालयको प्रणालीमा मस्कलाई पहुँच नदिन संघीय जिल्ला न्यायाधिश पल ए एन्गलमेयरले अन्तरिम आदेश दिएका हुन् ।




न्युयोर्क सिटीको संघीय अदालतमा दायर मुद्दामा ट्रम्प प्रशासनले मस्कको टोलीलाई संघीय कानुनको उल्लंघन गर्दै अर्थ मन्त्रालयको केन्द्रीय भुक्तानी प्रणालीमा पहुँच दिएको आरोप लगाइएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायाधीश एन्गलमेयरले जसलाई संवेदनशील सूचनामा पहुँच निषेध गरिएको छ, तिनले मन्त्रालयका प्रणालीबाट डाउनलोड गरिएका सबै प्रतिलिपिहरू तुरुन्तै नष्ट गर्नुपर्ने निर्देशन दिएका छन् । उनले आगामी फेब्रुअरी १४ मा थप सुनुवाइ गर्न पेशी तोकेका छन् ।

अनावश्यक सरकारी खर्चमा कटौती र संघीय निकायहरूको पुन: संरचनाका लागि भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षता विभाग स्थापना गरेका थिए । यसले अर्थ मन्त्रालयसँगै विभिन्न सरकारी निकायहरूको निरीक्षण गर्नुका साथै निकायहरूको डेटा सिस्टम नियन्त्रणमा लिएर कर्मचारी निष्कासनसमेत गर्न थालेपछि आलोचना सुरू भएको छ । आलोचकहरूले मस्कको बढ्दो शक्तिप्रति चिन्ता व्यक्त गरिरहँदा समर्थकहरूले फजुल सरकारी खर्च नियन्त्रणमा उनले सक्रियता देखाएको भन्दै तारिफ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...