मुख्य समाचार
कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइए
कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइए

। कैलालीमा पाँच दिनमै लक्ष्यको ६५ प्रतिशत किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले २२ माघदेखि आइतबारसम्म जिल्लाभरका ३२ हजार ८८२ जना बालिका र किशोरीलाई एचपीभी खोप लगाइएको जानकारी दिए ।




उनकाअनुसार विभिन्न खोप केन्द्रमार्फत ६ कक्षादेखि १० कक्षासम्म अध्ययनरत १०-१४ वर्ष उमेर समूहका बालिका र किशोरीलाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार पहिलो दिन चार हजार ८३९, दोस्रो दिन नौ हजार २७५, तेस्रो दिन सात हजार ९७०, चौंथो दिन पाँच हजार १०९ र पाचौं दिन पाँच हजार ६८९ जनालाई खोप लगाइएको छ ।

भजनी नगरपालिकामा पालिकास्तरीय खेलकुद प्रतियोगिताका कारण ढिलोगरी सोमबारदेखि मात्र खोप लगाइने स्वास्थ्य कार्यालयका प्रमुख कुँवरले बताए । स्वास्थ्य कार्यालयले एचपीभी खोप अभियान अन्तरगत जिल्लाभरका ५० हजार ६ सय १६ बालिका तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको छ । त्यसमा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने ४७ हजार ३२६ जना छात्रा र तीन हजार २८७ जना विद्यालय बाहिर रहेकाहरू छन् ।




बालिका तथा किशोरीलाई एच.पि.भी खोप लगाउन कैलालीका १३ वटै स्थानीय तहमा ७०५ खोपकेन्द्र तोकिएका छन् । तीमध्ये ५४६ विद्यालय र १५९ अन्य ठाउँमा राखिएको छ । जिल्लाभर ७०५ जना स्वास्थ्यकर्मी र एक हजार चार १० जना स्वयमसेवक खोप अभियानका लागि खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।

पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा विरुद्धको एच.पि.भी. खोप ९८ देखि १०० प्रतिशत नै सफल भएकाले क्यान्सरको जोखिम नियन्त्रण गर्ने स्वास्थ्यकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा
: बजेट अभावका कारण नवलपरासीका २३ हजार बालबालिका आयुर्वेद औषधि खानबाट वञ्चित भएका छन्। कुल बालबालिकामध्ये १ हजार बढी बालबालिकालाई मात्र औषधि खुवाइएको छ। नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई स्वर्णबिन्दु प्राशन (आयुर्वेद औषधि) खुवाउने कार्यक्रम सञ्चालन गरेको छ। पहिलो चरणमा मंसिर २२ गते सञ्चालन गरिएको कार्यक्रममा ५०५ जना बालक र ५५० ...
पूर्वगृहमन्त्री लेखकले खाएको ‘मो:मो’माथि अख्तियारले अनुसन्धान गर्ला ?
सरकार-जेनजी सम्झौतापछि सुदनले भने- अब राष्ट्रपतिले हस्ताक्षर गरेपछि चुनावमा जाउँला
। प्रधानमन्त्री सुशीला कार्कीले जेनजीसँग भएको सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने बताएकी छन् । बुधबार जेनजीसँगको सम्झौतापछि प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले सम्झौताको यो ऐतिहासिक रेकर्डले भोलि हुने परिवर्तनलाई समेत निर्देशित गर्ने बताइन् । अन्य समयमा भएका संघर्ष जस्तै जेनजी संघर्षको पहिचानलाई पनि यो डकुमेन्टले बलियो बनाउने उनको भनाइ थियो । उनले भनिन्, ‘२३ र २४ भदौमा ...