मुख्य समाचार
स्पेनिस ला लिगा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराए
स्पेनिस ला लिगा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराए

। स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा १०‌ खेलाडीमा‌ सीमित बार्सिलोनाले‌ सेभिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।

बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की, फर्मिन लोपेज, राफिन्हा र एरिक गार्सियाले १-१ गोल गरे । सेभिल्लाका लागि रुबेन भार्गासले १ गोल गरे ।




खेलको सातौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसको एक मिनेटपछि नै भार्गासले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

४६औं मिनेटमा लोपेजले गोल गरेपछि बार्सा पुनः खेलमा अगाडि आयो । ५५औं मिनेटमा राफिन्हाले गोल गर्दै अग्रता फराकिलो बनाए । ६२औं मिनेटमा लोपेजले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो ।


त्यसपछि बार्साले थप एक गोल गर्‍यो । एरिक गार्सियाले ८९औं मिनेटमा गोल गर्दै बार्सिलोनाको ४-१ को जित पक्का गरे ।

जितपछि बार्सिलोनाले शीर्षस्थानको रियल मड्रिड र दोस्रो स्थानको एट्लेटिको मड्रिडसँग अंकदूरी घटाएको छ । बार्सिलोनाको २३ खेलमा ४८ अंक भएको छ । रियलको ५० र एट्लेटिकोको ४९ अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— चार पटकको उपाधि च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई निरास मच्छिन्द्र फुटबल क्लब झापा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । विदेशी खेलाडी चम्किँदा मच्छिन्द्रले आर्मीलाई शनिबार अन्तिम सेमिफाइनलमा ४-० गोल अन्तरले पराजित गर्दै उपाधिनजिक पुगेको हो । मच्छिन्द्रका स्ट्राइकरसमेत रहेका विदेशी खेलाडी जोनाथन जोरिल्लाको ह्याट्रिकले जित निश्चित बनेको थियो ।मच्छिन्द्रले उपाधिका लागि सशस्त्र प्रहरीको एपीएफ फुटबल ...
— साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडमाथि १–० गोलअन्तरको कठिन जित निकाल्दै प्लानिङ ब्वाइज युनाइटेडले २६ औं संस्करणको अन्तर्राष्टिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि जितेको छ । शनिबार धरान रंगशालामा सम्पन्न फाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई जिताउन प्रतापसिंह राईले निर्णायक गोल गरे । चर्च ब्वाइजको कमजोर डिफेन्स लाइनको फाइदा उठाउँदै राईले खेलको ६२ औं मिनेटमा गोल गरेर प्लानिङ ...
— दुईपल्टको च्याम्पियन इंग्ल्यान्डले शनिबार स्कटल्यान्डलाई ५ विकेट पराजित गर्दै ट्वान्टी ट्वान्टी विश्वकप २०२६ को सुपर एटमा प्रवेशको सम्भावनालाई बलियो बनाएको छ । यो जितपछि समूह सी मा वेस्ट इन्डिज र इंग्ल्यान्डको चार/चार अंक भएको छ । उनीहरूको पछाडि स्कटल्यान्ड र इटाली दुई/दुई अंकमा छन् । नेपालले भने अहिलेसम्म कुनै अंक बटुल्न सकेको छैन । ...
— नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक स्टुवार्ट लले ट्वान्टी ट्वान्टी विश्वकप २०२६ मा वेस्ट इन्डिजको सामना गर्दा त्यो निकै कठिन चुनौती हुने बताएका छन् । नेपालले आइतबार वानखेडेमा हुने आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजको सामना गर्दैछ । त्यसअघि शनिबार मिडियासामु प्रस्तुत हुने क्रममा लले त्यस नेपालले सक्दो धेरे राम्रो गर्नु पनि स्वीकारे । उनले वेस्ट ...
— आयरल्यान्डले ट्वान्टी-२० विश्वकप २०२६ अन्तर्गत शनिबार समूह 'बी'को खेलमा ओमानलाई सजिलै ९६ रनले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा ओमान जितका लागि २ सय ३६ रन पछ्याउने क्रममा १८ ओभरमा १ सय ३९ रन बनाएर अलआउट भएको थियो । उसका लागि ओपनर आमिर कलिम ५० र मोहम्मद मिर्जाले ४६ रन बनाए । उनीहरूलाई छाडेर ...