मुख्य समाचार
आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा
आर्मीलाई हराउँदै चर्च ब्वाइज आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा

। साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालमा भएको तेस्रो क्वाटरफाइनलमा चर्च ब्वाइजले विभगीय टोली आर्मीलाई १-० ले हराउँदै अनतिम चारमा पुगेको हो । चर्च ब्वाइजलाई जित दिलाउन राज भुषालले ८९औं मिनेटमा निर्णायक गोल गरे ।


नवीन लामाले प्रहार गरेको कर्नर किकबाट आएको बललाई राजले हल्का हेडरमार्फत पोस्टको दिशा दिएका थिए । आर्मीका आविष्कार खड्का बलको नजिकै भएपनि उक्त गोल रोक्न सकेनन् ।

योसँगै चर्च ब्वाइजले गत संस्करणको सेमिफाइनलमा आर्मीसँग व्यहोरेको हारको बदला समेत लिएको छ । अब चर्च ब्वाइजले फाइनल प्रवेशका लागि पहिलो सेमिफाइनलमा माघ ३० गते अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।


चर्च ब्वाइजले पहिलो खेलमा एनआरटीलाई सडनडेथमा पराजित गरेको थियो । बाई पाएर सिधै क्वाटरफाइनल खेलेको साविक विजेता आर्मी भने पहिलो खेलबाटै घर फर्कने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— इंग्लिस प्रिमियर लिगमा शनिबार बर्नमाउथले लिभरपुललाई ३–२ ले पराजित गरेको छ । खेल बराबरीतर्फ अग्रसर भइरहेको बेला आमिन एडिलले दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा निर्णायक गोल गरे । हारले लिभरपुल ३६ अंकमा चौथोमा रह्यो र उसको शीर्ष चारको सम्भावनामा धक्का पुगेको छ । त्यस अगाडि म्यानचेस्टर सिटीले उल्भ्सलाई २–० ले पराजित गरेको थियो । ...
— केयलिन एमबापेले गरेको दुई गोलको मदतले रियल म्याड्रिडले शनिबार भिल्लारियललाई २–० ले हराएको छ र अंक तालिकाको शीर्षमा उक्लेको छ । अल्भारो अरबेलोआको टिमलाई शीर्षमा दुई अंकको अग्रता प्राप्त छ । रियलको ५१ अंक भएको छ । बार्सिलोना ४९ अंकमा दोस्रो स्थानमा छ र उसले अब आइतबार हुने खेलमा अंक तालिकाको पुछारतिर रहेको रियल ओभिएडोको ...
: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सील (आइसीसी)ले भारत र श्रीलंकामा संयुक्तरुपमा आयोजना हुने टी-२० विश्वकपमा बंगलादेशको स्थानमा स्कटल्यान्डलाई समावेश गरेको छ। बंगलादेशले भारतमा खेल्न अस्वीकार गरेपछि आइसीसीले वरीयतामा माथि रहेको स्कटल्यान्डलाई अवसर प्रदान गरेको हो। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले भारतमा सुरक्षा चुनौतीका कारण आफ्ना खेलहरू श्रीलंकामा खेल्न पाउनुपर्ने माग राख्दै आएको थियो। तर, आइसिसीले भारतमा कुनै पनि किसिमको ...
आइसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोटको समूह बी अन्तर्गत रहेको नेपालले जिम्बावेलाई हराउँदै पहिलो जित दर्ता
— एनसेल छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब भलिबल च्याम्पियनसिपमा गण्डकी प्रदेशले माल्दिभ्स भलिबल एसोसिएसनलाई सोझो सेटमा पराजित गर्दै प्रतियोगितामा पहिलो जित हात पारेको छ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालामा जारी प्रतियोगिताको पुरुषतर्फ शनिबार सम्पन्न खेलमा गण्डकीले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको हो । खेलमा गण्डकीले पहिलो सेट २५–१३, ...