मुख्य समाचार
डेब्यूमै १५० रन बनाउने पहिलो खेलाडी
डेब्यूमै १५० रन बनाउने पहिलो खेलाडी

। दक्षिण अफ्रिकाका ओपनिङ ब्याटर म्याथ्यु ब्रिजके एकदिवसीय क्रिकेटको डेब्यु खेलमै १५० रन प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । सोमबार भइरहेको न्युजिल्याण्डसँगको खेलमा डेब्यू गरेका उनले १५० रन बनाएर यो कीर्तिमान बनाएका हुन् ।

२६ वर्षीय ब्रिजकेले १४८ बलको सामना गर्दा ११ चौका र ५ छक्का प्रहार गरेका थिए । उनी १५० रनमा खेलिरहँदा म्याट हेनरीको बलमा स्ल्याप शट खेल्ने क्रममा माइकल ब्रेसवेलको हातबाट समातिएका थिए ।

उनको डेब्यूमै खेलेको उत्कृष्ट पारीको विपक्षी टिम न्युजिल्याण्डका खेलाडीहरूले पनि प्रशंसा गरेका थिए । टी-२०आईमा १० खेल खेलिसकेका उनले एकदिवसीयमा पहिलो खेल खेलेका हुन् ।

एकदिवसीय क्रिकेट डेब्यूमा सर्वाधिक स्कोर वेस्ट इन्डिजका डेसमोन्ड हेनसको नाममा थियो । उनले सन् १९७८ मा अस्ट्रेलियाविरूद्ध डेब्यूमा १४८ रन बनाएका थिए । ४७ वर्षपछि उनको कीर्तिमान तोडिएको हो ।

पाकिस्तानमा अहिले दक्षिण अफ्रिका, न्युजिल्याण्ड र पाकिस्तान सम्मिलित त्रिदेशीय एकदिवसीय क्रिकेट शृंखला भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...