मुख्य समाचार
गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी
गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी

: गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्।


ट्रम्पले हमासले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने जनाएका छन्।

ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, 'यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ।'



ट्रम्पले दिएको डेटलाईन शनिबार दिउँसो १२ बजेको हो कि मध्यरात १२ बजेको भन्ने विषयमा भने स्पष्ट भएको छैन।

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिनुपर्ने जनाएका छन्।

समयसीमामा बन्धक रिहाइ नगरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले भने, 'तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो मतलब के हो भनेर बुझ्नेछ।'

हमासको बन्दी रिहाइ रोक्ने निर्णय

यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने जनाएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।

हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, 'विगत तीन हप्तामा शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखिएको छ। यी उल्लङ्घनहरूमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि समावेश छ।'

यसबाहेक हमासले गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...