मुख्य समाचार
गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी
गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी

: गाजाबाट इजरायली बन्धकहरूको रिहाइ रोक्ने घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासलाई चेतावनी दिएका छन्।


ट्रम्पले हमासले शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा नगरे युद्धविरामको सम्झौता रद्ध गर्ने जनाएका छन्।

ट्रम्पले गाजा युद्धविरामको लागि आफ्नो तर्फबाट समयसीमा तोक्दै भने, 'यदि शनिबार १२ बजेसम्ममा सबै बन्धकहरूलाई रिहा गरिएन भने सम्झौता रद्द गरिनेछ। सबै बाटोहरू बन्द हुनेछन्। विनाश सिर्जना हुनेछ।'



ट्रम्पले दिएको डेटलाईन शनिबार दिउँसो १२ बजेको हो कि मध्यरात १२ बजेको भन्ने विषयमा भने स्पष्ट भएको छैन।

ट्रम्पले सबै बन्धकहरूलाई एकैचोटि रिहा गरिनुपर्ने जनाएका छन्।

समयसीमामा बन्धक रिहाइ नगरे के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नको जवाफ दिंदै राष्ट्रपति ट्रम्पले भने, 'तपाईंले थाहा पाउनुहुनेछ र तिनीहरूले पनि थाहा पाउनेछन्। हमासले मेरो मतलब के हो भनेर बुझ्नेछ।'

हमासको बन्दी रिहाइ रोक्ने निर्णय

यसअघि हमासले इजरायली बन्धकहरूको रिहाइ रोक्ने जनाएको थियो। हमासले इजरायलमाथि युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप लगाएको छ।

हमासले आफ्नो विज्ञप्तिमा भनेको छ, 'विगत तीन हप्तामा शत्रुले बारम्बार युद्धविराम सम्झौताको उल्लंघन गरिरहेको र सम्झौताका सर्तहरू पालना नगरेको देखिएको छ। यी उल्लङ्घनहरूमा उत्तरी गाजामा विस्थापित प्यालेस्टिनीहरूको फिर्तीमा ढिलाइ पनि समावेश छ।'

यसबाहेक हमासले गाजा पट्टीका धेरै क्षेत्रमा गोलीबारी गरेको आरोप पनि लगाएको छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डालासमा भारतीय मूलका मोटेल म्यानेजर चन्द्र नागमल्लैयाको हत्यापछि अमेरिकामा गैरकानुनी रुपमा रहिरहेका आप्रवासीमाथि निशाना साँधेका छन् । उनले आफ्नो सामाजिक सञ्जाल ट्रथ सोशलमा लेखेका छन्, ‘टेक्सासको डालासमा चन्द्र नागमल्लैयाको हत्याको जानकारी पाएँ । उनी एक सम्मानित व्यक्ति थिए । उनकै पत्नी र छोराको अगाडि बर्बरतापूर्ण तरिकाले टाउको काटेर मारिएको छ ...
: अमेरिकी विदेशमन्त्री मार्को रुबियोले जेरुसेलममा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग भेट गर्ने भएका छन्। भेटमा कतारमा इजरायली आक्रमण पछिको अवस्थाबारे छलफल हुने अपेक्षा गरिएको छ। गत हप्ताको आक्रमणमा हमासका नेताहरूलाई निशाना बनाइएको थियो। त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा धेरै विरोध भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यसको आलोचना गरेका थिए। रुबियोले पहिले भनेका थिए,ʻस्पष्ट रूपमा हामी यसबाट खुसी ...
। इजराइलले पछिल्ला ७२ घण्टामा ६ देशहरूमा हमला गरेको छ। यसमा गाजा (प्यालेस्टाइन) सहित सिरिया, लेबनान, कतार, यमन र ट्युनिसिया रहेका छन्। यी आक्रमणहरूमा २०० भन्दा बढीको मृत्यु भएको छ र १००० भन्दा बढी घाइते भएका छन्। यी आक्रमण सोमबारदेखि बुधबारबीच भएका हुन्। इजराइलले यी देशहरूमा रहेका आतंककारी केन्द्रहरूलाई लक्ष्य बनाइरहेको जिकिर गरेको छ। इजरायलको यो कदमको ...
। अमेरिकाको वैदेशिक मामिलासम्बन्धी कमिटीका सिनेटरहरूले नेपालमा विकसित भएको घटनाबारे चासो राख्दै प्रजातान्त्रिक प्रक्रियाबाट शान्ति कायम गर्न आग्रह गरेका छन् । सिनेटरहरू जिन शहिन र क्रिस भ्यान होलेनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालले विगत दुई दशकमा प्रजातान्त्रिक अभ्यासको महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, नागरिकको कडा योगदानले प्राप्त उपलब्धिहरूको रक्षा गर्नु वाञ्छनीय रहेको छ ।’ साथै नागरिकहरूविरुद्ध ...