मुख्य समाचार
प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता
प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता

— गाजाको युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजा गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्रको नेत्जारिम करिडोरबाट फिर्ता भएका भएका छन् । जनवरी १९ मा प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता हुन थालेको हो ।


सम्झौतायता २१ इजरायली र ५ सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । इजरालयी फौज फिर्ता भएसँगै आइतबार सयौं प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्कन थालेका छन् । बीबीसीका अनुसार विभिन्न सामानले भरिएका तथा स्थानीय चढेका दर्जनौं गाडीहरू आइतबार उत्तरी गाजातर्फ लागेका हुन् ।


दुई पक्षबीच भएको युद्धविरामको पहिलो चरण ६ साताको रहने सम्झौतामा उल्लेख छ । यस अवधिमा ३३ बन्धक र १९ सय कैदीहरू रिहा हुने अपेक्षा गरिएको छ । ३३ मध्ये ८ जनाको मृत्यु भएको इजरायलले जनाएको छ । तर युद्धविराम सम्झौताअनुसार इजरायलले गाजामा मानवीय सहायता पठाउने कार्यमा सहयोग नपुर्‍याएको हमासको आरोप छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरू भएको १६ दिनपछि वार्ता हुने उल्लेख भएपनि वार्ता सुरू हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो ।


गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजारभन्दा बढी छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।

१५ महिना लामो युद्धपछि गाजामा दुई साताअघि युद्धविराम भएको थियो । युद्धका क्रममा लाखौं विस्थापित भएका छन् भने ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । युद्धअघि गाजाका २२ लाख मानिसहरूको बसोबास रहेको थियो । तीमध्ये ७ लाख ७५ हजार उत्तरी गाजामा जना रफाह र खान युनिस, देइर अल-बालाह, र गाजा सहरमा बसोबास गर्दै आएका थिए । तर युद्धका क्रममा ती स्थानका ७ लाखभन्दा बढी विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...