मुख्य समाचार
प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता
प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता

— गाजाको युद्धविराम लागू भएको तीन सातापछि इजरायली फौज गाजा गाजालाई दुई भागमा विभाजन गर्ने क्षेत्रको नेत्जारिम करिडोरबाट फिर्ता भएका भएका छन् । जनवरी १९ मा प्यालेस्टिनी समूह हमाससँग भएको युद्धविराम सम्झौताअनुसार इजरायली फौज गाजा क्षेत्रबाट फिर्ता हुन थालेको हो ।


सम्झौतायता २१ इजरायली र ५ सय ६६ प्यालेस्टिनी बन्धकहरू रिहा भइसकेका छन् । इजरालयी फौज फिर्ता भएसँगै आइतबार सयौं प्यालेस्टिनीहरू उत्तरी गाजामा फर्कन थालेका छन् । बीबीसीका अनुसार विभिन्न सामानले भरिएका तथा स्थानीय चढेका दर्जनौं गाडीहरू आइतबार उत्तरी गाजातर्फ लागेका हुन् ।


दुई पक्षबीच भएको युद्धविरामको पहिलो चरण ६ साताको रहने सम्झौतामा उल्लेख छ । यस अवधिमा ३३ बन्धक र १९ सय कैदीहरू रिहा हुने अपेक्षा गरिएको छ । ३३ मध्ये ८ जनाको मृत्यु भएको इजरायलले जनाएको छ । तर युद्धविराम सम्झौताअनुसार इजरायलले गाजामा मानवीय सहायता पठाउने कार्यमा सहयोग नपुर्‍याएको हमासको आरोप छ ।

युद्धविराम सम्झौतामा दोस्रो चरणका लागि पहिलो चरण सुरू भएको १६ दिनपछि वार्ता हुने उल्लेख भएपनि वार्ता सुरू हुन सकेको छैन । युद्धविरामको दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा गरिने तथा गाजाबाट इजरायली फौज पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टुबर ७ मा इजरायलमा गरेको आक्रमणमा १२ सय जनाको ज्यान गएको थियो । २ सय ५१ जनालाई हमासले बन्धक बनाएर लगेको थियो । त्यसलगत्तै हमास र इजरायलबीच युद्ध चर्किएको हो ।


गाजास्थित स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ यताको युद्धमा ४८ हजार १ सय ८९ प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन् । तीमध्ये एक तिहाइभन्दा बढी बालबालिका छन् । प्यालेस्टिनी अधिकारीहरूका अनुसार मारिएका बालबालिकाको संख्या १८ हजारभन्दा बढी छ । इजरायली आक्रमणमा १ लाख १० हजार घाइते भएका छन् । इजरायलतर्फ १४ सयभन्दा बढीको ज्यान गएको छ ।

१५ महिना लामो युद्धपछि गाजामा दुई साताअघि युद्धविराम भएको थियो । युद्धका क्रममा लाखौं विस्थापित भएका छन् भने ६० प्रतिशतभन्दा बढी संरचना ध्वस्त भएका छन् । युद्धअघि गाजाका २२ लाख मानिसहरूको बसोबास रहेको थियो । तीमध्ये ७ लाख ७५ हजार उत्तरी गाजामा जना रफाह र खान युनिस, देइर अल-बालाह, र गाजा सहरमा बसोबास गर्दै आएका थिए । तर युद्धका क्रममा ती स्थानका ७ लाखभन्दा बढी विस्थापित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...