मुख्य समाचार
इलन मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभाग ‘डज’ लाई संघीय भुक्तानी प्रणालीको पहुँचमा प्रतिबन्ध
इलन मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभाग ‘डज’ लाई संघीय भुक्तानी प्रणालीको पहुँचमा प्रतिबन्ध

— अमेरिकाको न्युयोर्कस्थित संघीय अदालतले अर्बपति इलन मस्कले नेतृत्व गरेको सरकारी दक्षता विभाग ‘डज’ लाई संघीय भुक्तानी प्रणालीको पहुँचमा प्रतिबन्ध लगाएको छ । सामाजिक सुरक्षा र लाखौं अमेरिकी नागरिकको बैंक खाताजस्ता वैयक्तिक विवरण समावेश हुने मन्त्रालयको प्रणालीमा मस्कलाई पहुँच नदिन संघीय जिल्ला न्यायाधीश पल ए एन्गलमेयरले अन्तरिम आदेश दिएका हुन् ।


‘डज’ लाई संघीय भुक्तानी प्रणालीमा पहुँच प्रतिबन्धको माग गर्दै झन्डै दुई दर्जन अमेरिकी राज्य सरकारहरूले अदालतमा मुद्दा दायर गरेका थिए । मस्क र उनका सहयोगीलाई अमेरिकाको अर्थ मन्त्रालयका डिजिटल प्रणालीमा पहुँच प्राप्त गर्ने कुनै अधिकार नभएको भन्दै हालसम्म १९ राज्यले अदालतमा मुद्दा दर्ता गरेका हुन् ।


अदालतमा दायर मुद्दामा ट्रम्प प्रशासनले मस्कको टोलीलाई संघीय कानुनको उल्लंघन गर्दै अर्थ मन्त्रालयको केन्द्रीय भुक्तानी प्रणालीमा पहुँच दिएको आरोप लगाइएको छ । पूर्वराष्ट्रपति बाराक ओबामाले नियुक्त गरेका न्यायाधीश एन्गलमेयरले जसलाई संवेदनशील सूचनामा पहुँच निषेध गरिएको छ, तिनले मन्त्रालयका प्रणालीबाट डाउनलोड गरिएका सबै प्रतिलिपि तुरुन्तै नष्ट गर्नुपर्ने निर्देशन दिएका छन् । मुद्दाबारे अर्को सुनुवाइ १४ फेब्रुअरीमा हुँदै छ ।

समाचार संस्था रोयटर्सका अनुसार डेमोक्रेटिक नेतृत्वका अमेरिकी राज्यहरूले खर्बौं डलरको भुक्तानी गर्ने अर्थ मन्त्रालयअन्तर्गतका निकायमा मस्कको पहुँच कानुनसम्मत नभएको दाबीसहित मुद्दा दायर गरेका हुन् । न्युयोर्क महान्यायाधिवक्ताको कार्यालयको अगुवाइमा म्यानह्याटन संघीय अदालतमा मुद्दा दर्ता गरिएको हो ।

न्यायाधिवक्ता लेटिसिया जेम्सले यसमा अग्रसरता लिएकी छन् । एरिजोना, क्यालिफोर्निया, कोलोराडो, कनेक्टिकट, डेलावेर, हवाई, इलिनोइज, मेन, मेरिल्यान्ड, म्यासाचुसेट्स, मिनेसोट्टा, नेभाडा, न्युजर्सी, नर्थ क्यारोलाइना, ओरिगन, रोड आइल्यान्ड, भर्मन्ट र विस्कन्सिनमा पनि मुद्दा दायर गरिएका छन् ।

दायर मुद्दामा मस्क र उनको समूहले स्वास्थ्य बिमा, शिशु विद्यालय, जलवायुसम्बन्धी पहल, कर फिर्ता र अन्य कार्यक्रमहरूमा संघीय लगानी प्रभावित गर्न सक्ने उल्लेख छ । अमेरिकी निकायका प्रणालीमा रहेका लाखौं नागरिकको विवरण रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनीतिक एजेन्डामा लगाउन सक्ने पनि निवेदनमा भनिएको छ ।

अमेरिकी सरकारी प्रणालीमा दक्षता विभागलाई पहुँच दिँदा त्यसले अधिक साइबर सुरक्षा जोखिम निम्त्याउन सक्ने र राज्य सरकार एवं नागरिकको ठूलो लगानी गुम्न सक्ने निवेदनमा उल्लेख छ । डजलाई पहुँच दिँदा लाखौं अमेरिकी नागरिकको अतिवैयक्तिक सूचना सार्वजनिक हुन सक्ने खतरासमेत रहने जिकिर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...