मुख्य समाचार
अमेरिकाबाट थप ४ नेपाली निष्काशित
अमेरिकाबाट थप ४ नेपाली निष्काशित

: अमेरिकामा डोनाल्ड ट्रप्पले राष्ट्रपतिको कार्यभार सम्हाले लगत्तै अवैधरुपमा बसेका आप्रवासीहरूलाई निष्काशन गर्ने निर्णय गरे। अवैध आप्रवासीलाई निष्काशन गर्ने निर्णय गरेसँगै नेपालीलगायत गैरकानुनी ढंगले अमेरिकाका विभिन्न स्थानमा बसेका आप्रवासीहरू त्यहाँको सुरक्षाकर्मीको निगरानीमा परेका छन्। अवैध आप्रवासी मात्रै निगरानीमा परेनन् उनीहरुलाई रोजगार दिने कम्पनीहरू समेत अमेरिकी सुरक्षाकर्मीको निगरानीमा छन्।


अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्। मानवीय कारण देखाएर कसैले अवैध आप्रवासीलाई काम दिइहाले पनि धेरै कम्पनीहरूले काम दिन अस्वीकार गर्न थालेका छन्। पछिल्लो पटक अवैध रुपमा अमेरिका प्रवेश गर्ने नेपालीहरूलाई समेत भटाभट निष्काशन गर्न थालेको छ। प्रवेशाज्ञा (भिसा)को म्याद सकिएपछि (ओभर स्टे) समेत लुकीछिपी बसेका नेपालीहरुको दैनिक जनजीवन पनि कष्टकर बनेको छ। काम गरौं दिनहुँ जसो सुरक्षाकर्मीको निगरानी, काम नगरौं दैनिक गुजारा चलाउन धौ-धौ पर्न थालेको छ अहिले अवैध बसेका आप्रवासीहरूलाई अमेरिकामा। नेपालीहरू समेत त्यसकै मारमा परेका छन्।

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्।


कतिपयले यसै पक्राउ पर्ने, उसै पक्राउ पर्ने भन्दै लुकीछिपी काम गरिरहेका छन्। तर अहिले कागजपत्र नभएकाहरुलाई रोजगारदाता कम्पनीले नै काम नदिने भनेपछि उनीहरू समेत अप्ठ्यारोमा परेका छन्। उनीहरूमा मानसिक तनाव समेत बढेको त्यहाँका एक नेपालीले अन्नपूर्णलाई जानकारी गराए।

अमेरिकी नागरिक भइसकेका वा ग्रीन कार्ड पाइसकेका नेपालीहरू समेत कागजपत्र नभएकाहरुलाई सहयोग गर्न डराउन थालेका छन्। उनीहरुलाई सहयोग गर्दा उल्टै आफैँमाथि कारबाही हुने हो की भनेर उनीहरू समेत आतंकित छन्। हालै सार्वजनिक भएको तथ्यांक अनुसार, अमेरिकी सरकारले १ हजारभन्दा बढी अवैध बसेका नेपालीहरूलाई निष्काशन गर्ने तयारी गरेको छ। कतिपय त्यस्ता नेपालीहरु पक्राउ परिसकेका छन्। अहिले पक्राउ परेकाहरूलाई अमेरिकाले नियमित उडानबाट नेपाल पठाइरहेको छ भने अन्य केहीलाई चार्टर विमानबाट नेपाल पठाउने तयारी गरेको न्यूयोर्कमा रहेका नेपाली अगुवाले अन्नपूर्णलाई बताए। उनले आफ्नो नाम समेत बताउन चाहेनन्।

कानुनीरुपमा बसेका केही नेपालीहरूले कागजपत्र नभएका नेपालीहरूमाथि विभिन्न खालका शोषण समेत गरेका छन्। अमेरिकाको नागरिक भइसकेका वा ग्रीनकार्ड लिइसकेका केही नेपालीहरूले पक्राउ पर्नबाट जोगाइदिने भन्दै कागजपत्र नभएका नेपालीहरुबाट पैसा लिएर अमानवीय र निकृष्ट व्यवहार समेत देखाउन थालेका छन्।

अहिले अमेरिकामा रहेका रोजगारदाता कम्पनीहरुले अवैधरुपमा बसेका आप्रवासीहरूलाई काम दिन अप्ठयारो मान्न थालेका छन्।
लामो समयदेखि न्यूयोर्क बस्दै एक नेपालीका अनुसार, आफूले भने जस्तो पैसा नदिए अवैध रुपमा काम गरिरहेको नेपाली र उनीहरूको कम्पनीको सूचना स्थानीय प्रहरीलाई नेपालीले नै दिने गरेका छन्। न्यूयोर्क बस्दै आएका ती नेपालीले अन्नपूर्णसँग भने, ‘समस्या परेका नेपालीहरूलाई सहयोग गर्नु पर्ने ठाउँमा कतिपय अमेरिकी राहदानी वा ग्रीनकार्ड पाइसकेका नेपालीहरूले नै गैरकानुनी रुपमा बसेका नेपालीहरूमाथि नै शोषण गरिरहेका छन्।’

गत साताको अमेरिकाले थप ४ जना जना नेपालीलाई निष्काशन गरेको छ। गत साताको अन्त्यतिर अमेरिकाले अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा ४ जनालाई निष्काशन गरेको हो। निष्काशित हुनेहरूमा खत्री, खड्का, थापा र भट्टराई थर भएका पुरुष छन्। उनीहरू कहिले अमेरिका गएका हुन भन्नेबारेमा केही खुल्न सकेका छैन। अवैध रुपमा बसेको आरोपमा उनीलाई अमेरिकी सुरक्षा अधिकारीले पक्राउ गरेको हो।

अमेरिकाले उनीहरुलाई एयर इन्डियाको नियमित उडानबाट पठाएको छ। निष्काशित भएका खत्री र खड्का थर भएका व्यक्तिसँग राहदानीसमेत थिएन। भट्टराई र थापा थर भएका व्यक्ति भने आफ्नो राहदानीमा नै फर्किएका छन्। अमेरिकाले राहदानी नभएका दुई जनालाई ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्काएको थियो। अवैध बसेका उनीहरूलाई नियमित जाँचका क्रममा कागजपत्र नभएपछि अमेरिकाको सुरक्षाकर्मीले पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— म्यानमारको म्यावाडी क्षेत्रस्थित श्वे कोक्को र के के पार्कमा अवैध रूपमा सञ्चालनमा रहेका अनलाइन स्क्यामिङ केन्द्र (टेलिकम ठगी तथा अनलाइन जुवा) मा बन्धक बनाई काममा लगाइएका ४७ जना नेपाली श्रमिकको उद्धार गरिएको छ । थाइल्यान्ड र म्यानमार सरकारसँग समन्वय गरी बैंकस्थित नेपाली दूतावासले उनीहरूलाई बुधबार नेपाल फर्काएको हो । उनीहरूलाई नेपाल एयरलाइन्सको उडान नं. आरए ...
— मलेसियाले कागजातविहीन श्रमिकलाई पक्राउ गर्ने अभियानलाई तीव्रता दिएको छ । मलेसियाको सेलायाङ बारु क्षेत्रबाट ८ सय ४३ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा ८ सय ८ पुरुष र ३५ महिला छन् । उनीहरूको उमेर २१ देखि ५३ वर्षसम्मको भएको मलेसियन सञ्चारमाध्यमले जनाएका छन् । सेलाङ्गोरका मुख्यमन्त्री तथा राज्य सुरक्षा समिति अध्यक्ष आमिरुद्दिन शारीले विदेशी श्रमिकको अनियन्त्रित प्रवेश तथा ...
: दक्षिण कोरियामा अध्ययनरत नेपाली विद्यार्थीको मृत्यु भएको अवस्थामा शव नेपाल लैजाने प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो भएको भन्दै मृतकका परिवार र कोरियास्थित नेपाली समुदायले गम्भीर चिन्ता व्यक्त गरेका छन्। नेपाल सरकारको स्पष्ट नीतिगत व्यवस्था नभएका कारण शोकमा डुबेका परिवारले शव नेपाल लैजान निकै सास्ती खेप्नु परिरहेको छ। विद्यार्थीको मृत्यु भएमा परिवारका सदस्य एवं कोरियास्थित नेपाली ...
: भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली ...
। बेलायतमा बलात्कार तथा यौन दुराचारको अभियोगमा एक नेपालीलाई २५ वर्ष जेल सजाय भएको छ । बेलायतको पिटरबरो बस्दै आएका ४९ वर्षीय प्रमोद ढकाललाई क्याम्ब्रिज क्राउन कोर्टले २५ वर्षको जेल सजाय मात्र हैन, त्यसपछिका ८ वर्षसम्म समेत लाइसेन्स अर्थात् कडा निगरानीमा राख्ने फैसला सुनाएको हो । ढकाललाई विगत १७ वर्षको अवधिमा भएका यौन दुराचारसम्बन्धी विभिन्न २५ वटा ...