मुख्य समाचार
‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा
‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा

: जापानले हेल्थ केयरमा २० हजार नेपालीलाई लैजाने भएको छ। नेपाल र जापानका कम्पनीहरूले संयुक्त रूपमा सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी ‘नेपाल–जापान सेवा आदान–प्रदान कार्यक्रम’ अन्तर्गत २० हजार केयरगिभरलाई लैजाने घोषणा गरेको हो।


कार्यक्रमलाई प्रभावकारी बनाउन जापानका जेन्काउ रिसर्च इन्स्टिच्युटका, कोजाई कोसन कर्पोरेसन प्रोग्रेसिभ स्टाफ एजेन्सी र नेपालका काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्स, सन एन्ड कम्पनी प्रालि र सान्दिपनी ग्रुप अफ एजुकेसनका प्रतिनिधिहरूले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

स्वास्थ्य सेवाका क्षेत्रमा जापानमा कामदार आवश्यक रहेकाले नेपालीलाई दक्ष बनाउँदै जापानको रोजगारीमा अवसर सिर्जना गर्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको सन्दिपनी ग्रुप अफ कम्पनीका कार्यकारी निर्देशक नरेश ओझाले जानकारी दिए। जापानको स्वास्थ्य सेवा क्षेत्रमा नेपालबाट पठाउने काम सन्दिपनीले गर्नेछ।



१८ वर्षदेखि ४५ वर्षसम्मका व्यक्ति जापानको यस्तो रोजगारीमा जान योग्य हुनेछन्। जापानको केयर गिभिङ क्षेत्रमा जान चाहने नेपालीका लागि नर्सिङ विषयको अध्ययन अनिवार्य गरिएको छैन। जापानी भाषाको आधारभूत ज्ञान एन–फोर लेभलको भाषा परीक्षा उत्तीर्ण गरी तोकिएको सीप परीक्षणमा पास गरेका नेपालीहरू जापानको केयर गिभिङ क्षेत्रमा जान पाउनेछन्।

भाषा परीक्षा र सीप परीक्षणमा उत्तीर्ण भएकाहरूलाई अन्तर्वार्तामार्फत जापानी कम्पनीले छनोट गर्ने पीएसएसका कार्यकारी निर्देशक चिजो मासुदाले बताए। यसरी छानिएकाहरूलाई नेपालमा नै केयरगिभरका लागि आवश्यक सूचनाप्रविधि र एआईलगायतका तालिम प्रदान गरिनेछ। यसरी छानिएका नेपाली केयरगिभरलाई जापानी कम्पनी पीएसएस खाइगोले जापानका विभिन्न स्थानमा रोजगारी दिनेछ। जापानमा केयरगिभरको काम गर्नेहरूले मासिक दुई लाख जापानी येनसम्म आम्दानी गर्न सक्ने जानकारी दिइएको छ।

कार्यक्रमले नेपालीहरूलाई जापानको रोजगारीमात्र नभएर नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा तालिम पनि प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको सान्दिपनीका कार्यकारी निर्देशक ओझाले जानकारी दिए। यसरी जापान जानेहरूले तीनदेखि पाँच वर्षसम्म रोजगारीको अवसर पाउनेछन्। त्यसपछि नेपाल फर्कन उनीहरूलाई प्रोत्साहन गरिनेछ।

‘जापानमा केयरगिभरको काम गरी नेपाल फर्किएका युवालाई नेपालमा नै केयरगिभिङ सेन्टर स्थापना गर्न प्रोत्साहन गरिनेछ,’ जापानमा विभिन्न कम्पनीहरूलाई कामदार उपलब्ध गराउँदै आएको ओझाले भने। यस कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवामा उपयोग हुने जापानमा विकसित उपकरणको उपयोगिता बढाउने पनि लक्ष्य राखिएको छ। सन्दिपनी ग्रुप अफ कम्पनीजले कार्यक्रमले नेपाली युवाहरूको पेशागत विकास, अन्तर्राष्ट्रिय अनुभव र नेपाल–जापान सम्बन्ध विस्तारका लागि कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको राजधानी टोकियोमा महँगीको मार यथावत् रहेको सरकारी तथ्याङ्कले देखाएको छ। विशेषगरी खाद्यान्नको मूल्य निरन्तर आकासिएको छ, जसले आम उपभोक्ताको भान्सामा प्रत्यक्ष असर पारेको छ। शुक्रबार आन्तरिक मामिला मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार, टोकियोको मूल उपभोक्ता मूल्य सूचकाङ्क अगस्ट महिनामा गत वर्षको सोही महिनाको तुलनामा २.५ प्रतिशतले बढेको छ। सन् २०२० लाई आधार वर्ष मानेर ...
: जापानको पश्चिमी यामागुची प्रान्तस्थित युद्धकालीन चोसेई खानीको स्थलमा फेला परेका हड्डीहरू मानव अवशेष भएको पुष्टि भएको छ। स्थानीय प्रहरीले बुधबार जानकारी दिँदै फेला परेका तीनवटा हड्डी र एउटा खोपडी मानव अवशेष नै भएको बताएको हो। जापानी नागरिक समूह ‘किजामु काई’का अनुसार ती अवशेष सन् १९४२ मा खानीमा भएको एउटा दुर्घटनामा मृत्यु भएका करिब १८० जना ...
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...