मुख्य समाचार
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी
अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी

: अमेरिकी राष्ट्रपति ट्रम्पले गाजाका प्यालेस्टिनीहरूलाई आफ्नो देशमा आश्रय दिन अस्वीकार गर्ने देशहरूलाई चेतावनी दिएका छन्। उनले भने, 'यदि ती देशहरूले प्यालेस्टिनीहरूलाई स्थान दिएनन् भने म उनीहरूको सहयोग बन्द गर्नेछु।'


जोर्डनका नेता राजा अब्दुल्लाह द्वितीय वाशिंगटन डीसी पुगेका छन्। उनले मंगलबार ह्वाइट हाउसमा राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्नेछन्।

यसैबीच एक पत्रकारले ओभल अफिसमा राष्ट्रपति ट्रम्पलाई 'राजा अब्दुल्लाहलाई थप प्यालेस्टिनीहरू राख्न कसरी मनाउनुहुनेछ?' भनेर प्रश्न सोधेका थिए।



यसबारे ट्रम्पले भने, 'उनी (राजा अब्दुल्लाह) सहमत हुनेछन् भन्ने मलाई लाग्छ। अन्य देशहरू पनि यसमा सहमत हुनेछन् भन्ने मेरो आशा छ। उनीहरू सबै उदार स्वभावका छन्।'

राष्ट्रपति ट्रम्पले फेब्रुअरी ४ मा गाजा पट्टीमा अमेरिकी नियन्त्रणको प्रस्ताव गरेका थिए। यसअघि ट्रम्पले प्यालेस्टिनीहरू इजिप्ट र जोर्डनमा स्थायी रूपमा बसोबास गर्नुपर्ने पनि बताएका थिए। यद्यपि जोर्डन लगायत त्यस क्षेत्रका अन्य देशहरूले ट्रम्पको सुझावमा आपत्ति जनाएका थिए।

यस सन्दर्भमा अर्का पत्रकारले राष्ट्रपति ट्रम्पलाई जोर्डन र इजिप्टले प्यालेस्टिनीहरूलाई गाजामा राख्न सहमत नभएमा के उनीहरूलाई दिइने सहयोग रोकिनेछ? भन्ने प्रश्न गरेका थिए।

यसको जवाफमा ट्रम्पले यदी ती देशले प्यालेस्टिनीलाई आश्रय नदिए आफूले सहयोग रोक्ने बताएका हुन्। बीबीसी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...