मुख्य समाचार
(एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने
(एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने

: अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा फागुन ५ गतेदेखि काठमाडौंमा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।


एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन ५ गतेदेखि १४ गतेसम्म काठमाडौंको दशरथ रंगशालामा अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुने जनाएको हो।

प्रतियोगितामा नेपालका साथै कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहने एन्फा प्रवक्ता सुरेश शाहले बताए। नेपालमा पहिलो पटक चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता आयोजना हुन लागेको उनले बताए।



प्रतियोगिताको तयारीका लागि हाल ३० सदस्यीय नेपाली राष्ट्रिय टोली मुख्य प्रशिक्षक राजेन्द्र तामाङको नेतृत्वमा बन्द प्रशिक्षणमा रहेको छ।प्रतियोगिताका खेलहरू राउन्ड रोबिन आधारमा खेलि शीर्ष दुई टोलीबीच फाइनल खेल हुने प्रवक्ता शाहले बताए।

प्रतियोगिताको टिकट दर साधारणतर्फ ५ सय र भीआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ। प्रतियोगिताको अनुमानित बजेट २ करोड ५० लाख ५६ हजार रहेको एन्फाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— एलेना रेबकिनाले शनिबार आरयन सबलेन्कालाई हराएर अस्ट्रेलियन ओपनको उपाधि जितेकी छन् । उनले रड रेभर एरेनामा भएको फाइनलमा ६–४, ४–६ र ६–४ को जित निकालिन् र यसक्रममा आफ्नो खेल जीवनको दोस्रो ग्रान्ड स्लाम उपाधि जितिन् । सन् २०२२ को विम्बल्डन उपाधियता काजाकिस्तानकी २६ वर्षीया खेलाडीले यो सफलता चुकेकी हुन् । विश्व नम्बर १ खेलाडी सबलेन्का भने ...
एनसेल छैटौं टाइगर कप : गण्डकी तेस्रोपल्ट च्याम्पियन
— सन्चो नभएका कार्लोस अल्कारेजले पाँच सेटको कडा प्रतिर्स्पात्मक खेलमा एलेक्जान्डर जेभरेभलाई पराजित गर्दै पहिलो पटक अस्ट्रेलियन ओपन टेनिसको फाइनल यात्रा तय गरेका छन् । अब उपाधि भिडन्तको उनको सामना नोभाक जोकोभिचसँग हुनेछ । जो च्याम्पियन भए पनि कीर्तिमान बन्नेछ । विश्व नम्बर एक खेलाडी अल्कारेजले शुक्रबार तेस्रो वरीयताका जर्मन प्रतिद्वन्द्वीलाई ६–४, ७–६ (७/५), ६–७ (३/७), ६–७ (४/७), ...
— लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार न्युकासल युनाइटेडलाई सजिलै ४–१ ले हराएको छ । एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि ह्युगो एकिटिकेले दुई गोल गरे । यस जितपछि लिभरपुल ३९ अंकमा पाँचौंमा रह्यो । न्युकासल भने ३३ अंकमा दसौं स्थानमा छ । त्यस अगाडि आर्सनलले लिड्स युनाइटेडलाई ४–० ले हराएर शीर्षमा आफ्नो अग्रतालाई सात अंक बनाएको थियो । यस्तै ...
— बार्सिलोनाले स्पेनी ला लिगामा शनिबार शीर्ष स्थानमा चार अंकको अग्रता लिएको छ र यसका लागि उसले एल्चेलाई सजिलै ३–१ ले पराजित गरेको हो । यो जितपछि बार्सिलोनाको ५५ अंक भएको छ । रियल भने ५१ अंकमा दोस्रो स्थानमा छ । बार्सिलोनाको जितमा लामिन यामल, फेरान टोरेस र मार्कस रसफोर्डले एक एक गोल गरे । शीर्ष ...