मुख्य समाचार
इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा फियोरेन्टिनााई २–१ ले पराजित
इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा फियोरेन्टिनााई २–१ ले पराजित

— इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा फियोरेन्टिनााई २–१ ले पराजित गरेको छ र यससँगै गत साताको हारको बदला पनि लिएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ ।


सानसिरोमा भएको खेलमा इन्टर मानिर पोनग्रासिचको आत्मघाती गोलले अगाडि रहेको थियो । दोस्रो हाफको अन्त्यतिर रोलान्डो मान्ड्राागोराले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा मार्को आरनोभिचले निर्णायक गोल गरे ।


यसअघि नेपोलीले युडिनेजीसँग बराबरी खेलेपछि इन्टरले त्यसको फाइदा लिएको हो । नेपोलीको २४ खेलबाट ५५ अंक भएको छ भने इन्टरको त्यत्तिकै खेलबाट ५४ अंक छ । डिफेन्डिङ च्याम्पियन इन्टर अब अर्को साता टुरिनको भ्रमणमा निस्कने छ ।

नेपोलीले चौथो स्थानको लाजियोको आथित्य गर्नेछ । लाजियो ४५ अंकमा छ भने एटलान्टा ५० अंकमा तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित