मुख्य समाचार
कामदार भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ
कामदार भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ

— कामदार भिसामा जापान पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन् । धेरै जनासँग वैदेशिक रोजगारीका लागि कामदार भिसामा जापान लैजाने भनी रकम असुलेको आरोपमा बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर पक्राउ परेकी हुन् ।



इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार प्रतिव्यक्ति १४/१५ लाख रूपैयाँका दरले ठगी गरेको आरोपमा मगरलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) आयुशप्रसाद जोशीले जापान पठाइदिने भन्दै मगरले १ करोड २३ लाख रूपैयाँ संकलन गरेको देखिएको बताए ।

डिएसपी जोशीका अनुसार उक्त रकम संकलन गरेर उनी २/३ महिनादेखि फरार थिइन् । उनीविरुद्ध पीडितहरूले वैदेशिक रोजगार विभागमा उजुरी दिएका थिए । लगत्तै मगरविरुद्ध पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले आइतबार पक्राउ गरेको हो । मगरविरुद्ध थप अनुसन्धान प्रक्रिया अघि बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको दक्षिणी कुमामोटो प्रदेशमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा सपिङ मलमा भएको विस्फोट र विभिन्न संरचना भत्किँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । अन्य दर्जनौं घाइते भएका छन् । कुमामोटो प्रान्तीय सरकारले बुधबार बिहान दिएको जानकारीअनुसार भूकम्पपछि एइअन मलमा भएको विस्फोटपछि रातभर सञ्चालन गरिएको उद्धार अभियानमा आठ जनालाई जीवित उद्धार गरिएको छ । ...
। दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए पछि, जापान मौसम विज्ञान विभागले सुनामीको चेतावनी जारी गरेको छ । जापानको क्युशु टापुमा आएको कम्पन जापानको आफ्नै “शिन्डो स्केल” मा मापन गरिएको विभागले जनाएको छ । सुनामी एक मिटरसम्म मापन गर्न सकिने तथा साँझ ५ः०० बजेसम्म आइ पुग्न सक्ने जनाइएको छ । जापानी मिडीया एन एच ...
। विदेश भ्रमणमा लैजाने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम असुली ठगी गरेको आरोपमा पोखरास्थित ‘ओसिस टुरिज्म इन्टरनेशनल’का दुई जना सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले पोखरा–५ पर्स्याङमा सञ्चालित उक्त कम्पनीमा छापा मारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा सप्तरीको कञ्चनपुर नगरपालिका–१२ का २६ वर्षीय विवेक रेग्मी र भारतको कर्नाटक राज्य, सान्तीनगर बस्ने मोहम्मद यासेर ...
। जापानको राजधानी टोकियोस्थित प्रसिद्ध पर्यटकीय थलो ओदाइबामा जुलाई १८, १९ र २० गते तीनदिने ‘नेपाल फेस्टिभल २०२६’ आयोजना हुने भएको छ । नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघको संयुक्त आयोजनामा १५ औं संस्करणको महोत्सव आयोजना हुन लागेको हो । एनआरएनए जापानका प्रवक्ता सचिन आचार्यका अनुसार यसपटकको फेस्टिभललाई नेपाली समुदायभन्दा पर विस्तार गर्ने लक्ष्य छ ...
। जापानले भिसा शुल्क बढाउने निर्णय गरेको छ। ४८ वर्षपछि भिसा शुल्क संशोधन गर्ने निर्णय बुधबार जापान सरकारको मन्त्रिपरिषद बैठकले गरेको हो । सन् १९७८ यता भिसा शुल्कमा कुनै परिवर्तन गरिएको थिएन । कति बढ्यो भिसा शुल्क ? जापान टाइम्सका अनुसार, भिसा शुल्क बढाएर सिङ्गल-इन्ट्री भिसाका लागि हालको ३,००० येनबाट बढाएर १५,००० येन पुर्‍याइने निर्णय मन्त्रिपरिषद्ले गरेको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम