मुख्य समाचार
अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने
अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने

। अस्ट्रेलियाका बाँयाहाते स्पीन बलर म्याथ्यु कुहनेमानको बलिङ एक्सन शंकास्पद भएको भन्दै आईसीसीले छानविन गर्ने भएको छ ।

श्रीलंकामा भएको दुई टेस्ट खेलमा जित निकाल्न अस्ट्रेलियाका लागि २८ वर्षीय कुहनेमानले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ४ इनिङमा सर्वाधिक १६ विकेट लिएका थिए ।




उनी बुधबारदेखि सुरू हुने श्रीलंकाविरूद्धको एकदिवसीय शृंखला तथा अस्ट्रेलियाको च्याम्पियन्स ट्रफी खेल्ने टोलीमा पनि परेका छन् । बलिङ एक्सन अवैध ठहरिए उनी च्याम्पियन्स ट्रफीमा बलिङ गर्न पाउने छैनन् ।

बलिङ एक्सन शंकस्पद ठहरिएसँगै छानविन नसकिँदासम्मलाई उनले अब अन्तर्राष्ट्रिय खेलहरूमा बलिङ् गर्न पाउने छैनन् । घरेलु क्रिकेटमा भने उनीमाथि प्रतिबन्ध हुने छैन ।




उनको बलिङ एक्सन वैध छ कि छैन भनेर निर्धारण गर्न तीन हप्ता भित्र अनिवार्य परीक्षण गर्नुपर्नेछ। एक बायोमेकानिस्टले स्पिनरको एक्सनको विश्लेषण गर्नेछन् र निष्कर्षहरू आईसीसीलाई दिनेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित