मुख्य समाचार
बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध
बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध

। बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई म्याच फिक्सिङ गराउन पैसा अफर गरेको आरोपमा दोषी ठहर हुँदै प्रतिबन्ध लगाइएको हो ।

३६ वर्षीय अफस्पीनर सोहेलीले अब पाँच वर्षसम्म कुनैपनि क्रिकेट खेलहरू खेल्न पाउने छैनन् । यस्तो आरोपमा प्रतिबन्ध व्यहोर्ने उनी पहिलो महिला क्रिकेटर हुन् ।




उनी म्याच फिक्सिङ गराउन खोजेको, पैसा अफर गरेको र आईसीसीको भ्रष्टाचार विरोधी संहिता (एसीयू) को दृष्टिकोणको पूर्ण विवरण खुलासा गर्न असफल भएको तथा अनुसन्धानमा बाधा पुर्‍याएकाले दोषी ठहर भएकी हुन् ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी २० विश्वकपको समयमा उनले बंगलादेशकै खेलाडीलाई हिट विकेट आउट हुन २० लाख बंगलादेशी टाका अफर गरेकी थिइन् । उनको त्यसबेलाको फेसबुक च्याटहरू पनि आईसीसीले अनुसन्धानको दायरामा प्रयोग गरेको थियो ।




एसीयूलाई स्पष्टीकरण दिने क्रममा उनले आफूले त्यस्ता म्यासेजहरू पठाएको स्वीकार्दै खेलाडीको नियत चेक गर्नलाई त्यसो गरेको बताएकी थिइन् ।

सोहेलीले बंगलादेशका लागि २ ओडिआई तथा १० टी-२०आई खेलेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको खेलतालिका परिमार्जन भएको छ । यसअघि नेपालको खेल १ सेप्टेम्बरका लागि तय भएकोमा अब ३१ अगस्टमा हुनेछ । समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३१ अगस्टमा बहराइनसँग खेल्नेछ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, आयोजक मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा यूएई, ओमान, ...
। लगातारको खराब प्रदर्शनका कारण नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मान्यता संकटमा छ । अबका केही खेलमा सम्हालिन नसक्ने हो भने नेपालले ८ वर्षअघि हासिल गरेको ओडीआई मान्यता गुमाउने छ । यही संकटग्रस्त परिस्थितिमा नेपाली क्रिकेट सम्हाल्ने जिम्मेवारी सन्दीप लामिछानेको काँधमा आइपुगेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई हटाएर सन्दीपलाई ओडीआई कप्तानको जिम्मेवारी प्रदान ...
। पोर्चुगलका फुटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले लामो समयदेखिकी पार्टनर तथा मोडल-इन्फ्लुएन्सर जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। उनीहरूले पोर्चुगलमै स्थानीय विधिअनुसार विवाह गरेका हुन्। रोनाल्डोले आफ्नो इन्स्टाग्राम अकाउन्टमा विवाहको औंठी लगाएको हात देखिने तस्वीर सार्वजनिक गरेका छन्। तस्वीर सार्वजनिक भएको ६ घण्टामै त्यसमा एक करोड ६८ लाखभन्दा बढी लाइक आएको बताइएको छ। पोर्चुगिज सञ्चारमाध्यमका अनुसार रोनाल्डो र जर्जिनाले ...
। इंग्लिस क्लब लिभरपुलले बार्सिलोनाका उरुग्वेली डिफेन्डर रोनाल्ड अराउहोलाई एक सिजनका लागि लोनमा अनुबन्ध गरेको छ । २७ वर्षीय अराउहोलाई लिभरपुलले सिजनभरका लागि ल्याएको हो। सम्झौतामा स्थायी रूपमा अनुबन्ध गर्न सक्ने विकल्पसमेत राखिएको छ । बार्सिलोनाबाट २०० भन्दा बढी खेल खेलिसकेका अराउहोले क्लबका लागि तीन ला लिगा र दुई कोपा डेल रे उपाधि जितेका छन् । उनी ...
: गण्डकी प्रदेश खेलकुद परिषद्(गखेप)ले वितरण गरेको खेलकुद पदकबारे छानबिन गर्न समिति गठन गरिएको छ। गत असार ३० गते वितरण गरिएको खेलकुद पदक विवादमा आएसँगै प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरुङले ३ सदस्यीय छानबिन समिति गठन गरेकी हुन्। खेलकुद मन्त्रालयका सचिव डा. शेषनारायण पौडेलको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरिएको हो। समितिलाई साउन ...