मुख्य समाचार
बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध
बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध

। बंगलादेशकी महिला क्रिकेटर शोहेली अख्तरलाई आईसीसीले पाँच वर्षको प्रतिबन्ध लगाएको छ । उनलाई म्याच फिक्सिङ गराउन पैसा अफर गरेको आरोपमा दोषी ठहर हुँदै प्रतिबन्ध लगाइएको हो ।

३६ वर्षीय अफस्पीनर सोहेलीले अब पाँच वर्षसम्म कुनैपनि क्रिकेट खेलहरू खेल्न पाउने छैनन् । यस्तो आरोपमा प्रतिबन्ध व्यहोर्ने उनी पहिलो महिला क्रिकेटर हुन् ।




उनी म्याच फिक्सिङ गराउन खोजेको, पैसा अफर गरेको र आईसीसीको भ्रष्टाचार विरोधी संहिता (एसीयू) को दृष्टिकोणको पूर्ण विवरण खुलासा गर्न असफल भएको तथा अनुसन्धानमा बाधा पुर्‍याएकाले दोषी ठहर भएकी हुन् ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा भएको महिला टी २० विश्वकपको समयमा उनले बंगलादेशकै खेलाडीलाई हिट विकेट आउट हुन २० लाख बंगलादेशी टाका अफर गरेकी थिइन् । उनको त्यसबेलाको फेसबुक च्याटहरू पनि आईसीसीले अनुसन्धानको दायरामा प्रयोग गरेको थियो ।




एसीयूलाई स्पष्टीकरण दिने क्रममा उनले आफूले त्यस्ता म्यासेजहरू पठाएको स्वीकार्दै खेलाडीको नियत चेक गर्नलाई त्यसो गरेको बताएकी थिइन् ।

सोहेलीले बंगलादेशका लागि २ ओडिआई तथा १० टी-२०आई खेलेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यही फेब्रुअरी दोस्रो सातादेखि थाइल्यान्डमा सुरु हुने एसीसी राइजिङ स्टार्स महिला एसिया कपमा नेपालको कप्तानी पूजा महतोले गर्ने भएकी छन् । नियमित कप्तान इन्दु बर्मा चोटका कारण कम्तीमा ८ साताका लागि मैदानबाहिर रहने भएपछि यसअघिकी उपकप्तान पूजालाई कप्तानको जिम्मेवारी दिइएको हो । प्रतियोगिताका लागि पूजाको कप्तानीमा नेपालको १५ सदस्यीय टोली पनि घोषणा भएको छ । पूजाले ...
— युरोपा लिगका लिग चरणका खेल बिहीबार सकिएका छन् । लियोन तथा एस्टन भिल्ला शीर्ष दुईमा रहे । यस्तै मिडट्जल्यान्ड, रियल बेटिस, पोर्टो, ब्राग, फ्रेबर्ग र रोमा शीर्ष आठमा रहेर अन्तिम १६ मा प्रवेश गरेका छन् । यस्तै नवौंदेखि २४ औं स्थानसम्म रहने टिमले अब अन्तिम १६ मा प्रवेशका लागि प्ले अफ खेल्नेछन् । अन्तिम दिनका प्रमुख ...
: नेदरल्यान्ड्स महिला क्रिकेट टोली पहिलो पटक महिला टी-२० विश्वकपमा छनोट भएको छ। नेपालमा जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको सुपर सिक्स अन्तर्गत पहिलो खेलमा अमेरिकालाई हराउँदै विश्वकपका लागि छनोट भएको हो। त्रिवी क्रिकेट मैदानमा अमेरिकालाई डीएलएस (डकवर्थ लुइस स्ट्रेन)को माध्यमबाट २१ रनले हराउँदै नेदरल्यानड्सले पहिलो पटक विश्वकपमा स्थान बनाएको हो। टस जितेर ब्याटिङ ...
: आइसीसी टी-२० अन्तर्राष्ट्रिय अलराउन्डर वरीयतामा दीपेन्द्र सिंह ऐरीको स्थान सुधार भएको छ। आइसीसील बुधबार सार्वजनिक गरेको वरीयतामा ऐरी आठौं स्थानबाट छैटौं स्थानमा उक्लिएका हुन्। त्यस्तै कुशल भुर्तेलले पनि अलराउन्डर वरीयतामा २ स्थान सुधार गरेका छन्। उनी २६ औं स्थानबाट २४ औं स्थानमा उक्लिएका हुन्। कप्तान रोहित पौडेलको भने अलराउन्डर वरीयता खस्किएको छ। रोहित ४३ ...
आईसीसी टी-२०आई अलराउन्डर वरियता : दीपेन्द्र छैटौं स्थानमा उक्लिए
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम