मुख्य समाचार
ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की
ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की

। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।

युक्रेनले अगस्ट २०२४ मा रूसको कुर्स्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो। पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ। जेलेन्स्कीका अनुसार युक्रेनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन्।




‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् । ‘मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ। अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन,’ उनले भने ।

रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ ।




ट्रम्पको आगमनले बदलिएको मनोविज्ञान

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि रूस-युक्रेन युद्ध अन्त्य हुने सम्भावना बारे बहस तीव्र भएको छ। चुनावी अभियानमा ट्रम्पले ‘शपथ लिएपछि २४ घण्टाभित्र युद्ध रोक्ने’ दाबी गरेका थिए।

गएको महिनामा ट्रम्पका विशेष शान्ति दूत कीथ केलोगले ट्रम्प प्रशासनको पहिलो १०० दिनभित्र युद्ध अन्त्य गर्ने लक्ष्य लिएको बताएका थिए ।

जेलेन्स्कीले फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने योजना रहेको बताए ।

भेन्स युक्रेनलाई अमेरिकी सैन्य सहायता दिने नीतिको आलोचना हुन् । सत्ता सम्हालेपछि उनी युक्रेनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन्।

जेलेन्स्कीले अमेरिकी सहयोगबिना उनीहरू युद्ध लड्न नसक्ने स्वीकारे । ‘कतिपय भन्छन् कि अमेरिका नभए पनि युरोपले युक्रेनलाई सुरक्षा दिन सक्छ, तर यो सत्य होइन। अमेरिकाबिना युक्रेनको सुरक्षा असम्भव छ,’ उनले भने ।

जेलेन्स्कीले मागे सुरक्षा ग्यारेन्टी

ट्रम्पले सोमबार भने कि उनले चाँडै नै विशेष दूत कीथ केलोगलाई युक्रेन पठाउनेछन्। केलोगलाई युद्ध रोक्नको लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ। तर, जेलेंस्की कुनै सम्झौतामा पुग्नुअघि अमेरिकाबाट कडा सुरक्षा ग्यारेन्टी चाहन्छन्।

जेलेन्स्कीले अमेरिका सुरक्षा दिन तयार नभए रूस पुन शक्तिशाली भएर नयाँ आक्रमणको तयारीमा लाग्ने भय प्रकट गरे । त्यसैले उनी युक्रेन-रूस सीमामा शान्ति सेना चाहन्छन्, अन्यथा युक्रेनको नाटो सदस्य ।

जेलेन्स्कीले अमेरिकालाई युक्रेनको पुनर्निर्माणमा संलग्न गराउन अमेरिकी कम्पनीहरूलाई आकर्षक अफर दिने प्रस्ताव गरेका छन्। उनले भने, ‘जो कोही युक्रेनलाई बचाउन चाहन्छ, म तिनीहरूसँग विस्तृत छलफल गर्न तयार छु।’

ट्रम्पको आँखा युक्रेनको दुर्लभ खनिजमा

ट्रम्पले सोमबार पुनः युक्रेनका खनिज स्रोतहरू लिन चाहेको संकेत गरे। उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहायता चाहन्छ भने उसले ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज अमेरिकालाई दिनुपर्छ।’

उनले जेलेन्स्कीलाई चेतावनीको भाषा प्रयोग गर्दै भने, ‘यदि उनले मेरो प्रस्ताव स्वीकार गरेनन् भने अमेरिका युक्रेनलाई सहायता दिन बन्द गर्नेछ।’

ट्रम्पले भने, ‘अमेरिकी सहायता बिना युक्रेन कमजोर हुनेछ। त्यसपछि कुनै पनि दिन रूसले उसलाई आफ्नो अधिनमा लिन सक्छ।’

उनले यसअघि पनि अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई आर्थिक सहायता दिइरहेको भन्दै अब युक्रेनले दुर्लभ खनिज दिएर ऋण तिर्नुपर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फ्लोरिडास्थित मार–ए–लागो रिसोर्टमा सुरक्षा घेरा तोड्ने युवक गोली हानी मारिएको छ। अमेरिकी सुरक्षाकर्मीले अनुसार आइतबार बिहान करिब १:३० बजेतिर ट्रम्पको निवास प्रवेश गरेका २१ वर्षीय अस्टिन टकर मार्टिन अमेरिकी सुरक्षाकर्मीले गोली हानी हत्या गरेका हुन् । उनी नर्थ क्यारोलिनाका बासिन्दा हुन् । घटना हुँदा राष्ट्रपति ट्रम्प वासिङ्टन डीसीमा थिए भने ...
: इरानमा विभिन्न विश्वविद्यालयका विद्यार्थीहरुले सरकारको विरुद्धमा व्यापक प्रदर्शनी गरेका छन्। यो पछिल्ला महिनामा भएको घातक दमन पछिको पहिलो ठूलो स्तरको प्रदर्शन हो। बिबिसीका अनुसार तेराहनको शरीफ विश्वविद्यालयको परिसरमा शनिबार सयौं विद्यार्थीहरुले प्रदर्शनी गरेका थिए। शान्तीपूर्ण रुपमा प्रदर्शनी सुरु भएपनि पछि विद्यार्थी र सरकार समर्थकहरूबीच झडप पनि भएको थियो । धेरै विद्यार्थीहरू इरानी राष्ट्रिय झन्डा बोकेर ...
: पाकिस्तानले अफगानिस्तान–पाकिस्तान सीमा क्षेत्रमा हवाई हमला गरेको छ । यस कदमलाई हालै इस्लामाबादको शिया मस्जिदमा भएको आत्मघाती बम विस्फोट र अन्य सुरक्षा हमला घटनाहरूको जवाफ स्वरूप उठाइएको बताइएको छ। पाकिस्तानी सेनाका अनुसार यस आक्रमणले सशस्त्र समूहहरूसँग सम्बन्धित सात शिविर र लुकेका ठाउँहरुलाई लक्षित गरेको थियो। ती समूहहरूले हालैका आतंककारी गतिविधिहरूको योजना बनाएको र तालिम तथा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प चीन भ्रमणमा जाने भएका छन्। उनी मार्च ३१ देखि अप्रिल २ सम्म चीनको भ्रमणमा रहने ह्वाइट हाउसले जानकारी दिएको छ। समाचार संस्था रोयटर्सका अनुसार व्यापार युद्धका कारण दुई देशबीचको सम्बन्धमा चिसोपन आएपछि ट्रम्पले चीनको भ्रमण गर्न लागेका हुन्। चीन भ्रमणका क्रममा राष्ट्रपति ट्रम्पले चिनियाँ समकक्षी सी जिन्पिङसँग पनि भेटवार्ता गर्ने छन्। यसअघि ...
— सोमालिल्यान्डको राष्ट्रपति कार्यालयका मन्त्री खादर हुसेन अब्दीले अमेरिकालाई खनिज र सैनिक अखडामा पहुँच दिन तयार रहेको बताएका छन् । ‘हामी अमेरिकालाई हाम्रा खनिजहरूमा पहुँच दिन इच्छुक छौं । त्यस्तै अमेरिकाले हाम्रा सैन्य अखडा प्रयोग गर्नसक्छ,’ एएफपी समाचार एजेन्सीसँगको अन्तर्वार्तामा मन्त्री हुसेनले भने । अन्तर्राष्ट्रिय मान्यता प्राप्त गर्नका लागि यस्तो सहमति गर्न तयार रहेको उनले बताए ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम