मुख्य समाचार
ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की
ट्रम्पले वार्ता सुनिश्चित गरे रूससँग जमिन साटफेर गर्न तयार छु : जेलेन्स्की

। युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध रोक्न रूससँग भूमि साटफेर गर्न तयार रहेको बताएका छन् । मंगलबार बेलायती पत्रिका द गार्जियनलाई दिएको एक अन्तर्वार्तामा उनले यदि ट्रम्पले रूस र युक्रेनलाई एउटै मञ्चमा ल्याउन सफल भए यस्तो सम्भव रहेको बताएका हुन् ।

युक्रेनले अगस्ट २०२४ मा रूसको कुर्स्क क्षेत्रमा हमला गरेर करिब १३०० वर्ग किलोमिटर क्षेत्र नियन्त्रणमा लिएको थियो। पछि रूसले प्रतिकार गर्दै आफ्नो आधाभन्दा बढी फिर्ता लिएको छ। जेलेन्स्कीका अनुसार युक्रेनले अझै ठूलो रूसी भूभाग नियन्त्रणमा राखेको छ जसलाई उनी रूससँग सम्झौताका लागि प्रयोग गर्नेछन्।




‘हामी उनीहरूको भूमि साटेर हाम्रो भूमि फिर्ता ल्याउनेछौं,’ उनले भने । तर, उनले युक्रेनले बदलामा कुन भूभाग माग्नेछ भन्ने बारे केही खुलाएनन् । ‘मेरो लागि युक्रेनको हरेक इन्च भूमि महत्वपूर्ण छ। अहिले कुनै निश्चित स्थानबारे सोचिएको छैन,’ उनले भने ।

रूसले सन् २०१४ मा क्रिमिया र सन् २०२२ मा डोनेट्स्क, खेरसोन, लुगान्स्क र जापोरीज्जिया युक्रेनका पाँच क्षेत्रहरू कब्जा गरिसकेको छ ।




ट्रम्पको आगमनले बदलिएको मनोविज्ञान

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ ग्रहणपछि रूस-युक्रेन युद्ध अन्त्य हुने सम्भावना बारे बहस तीव्र भएको छ। चुनावी अभियानमा ट्रम्पले ‘शपथ लिएपछि २४ घण्टाभित्र युद्ध रोक्ने’ दाबी गरेका थिए।

गएको महिनामा ट्रम्पका विशेष शान्ति दूत कीथ केलोगले ट्रम्प प्रशासनको पहिलो १०० दिनभित्र युद्ध अन्त्य गर्ने लक्ष्य लिएको बताएका थिए ।

जेलेन्स्कीले फेब्रुअरी १४ मा म्युनिख सुरक्षा सम्मेलनमा अमेरिकी उपराष्ट्रपति जेडी भेन्ससँग भेट्ने योजना रहेको बताए ।

भेन्स युक्रेनलाई अमेरिकी सैन्य सहायता दिने नीतिको आलोचना हुन् । सत्ता सम्हालेपछि उनी युक्रेनमाथि युद्ध अन्त्य गर्न दबाब दिइरहेका छन्।

जेलेन्स्कीले अमेरिकी सहयोगबिना उनीहरू युद्ध लड्न नसक्ने स्वीकारे । ‘कतिपय भन्छन् कि अमेरिका नभए पनि युरोपले युक्रेनलाई सुरक्षा दिन सक्छ, तर यो सत्य होइन। अमेरिकाबिना युक्रेनको सुरक्षा असम्भव छ,’ उनले भने ।

जेलेन्स्कीले मागे सुरक्षा ग्यारेन्टी

ट्रम्पले सोमबार भने कि उनले चाँडै नै विशेष दूत कीथ केलोगलाई युक्रेन पठाउनेछन्। केलोगलाई युद्ध रोक्नको लागि प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ। तर, जेलेंस्की कुनै सम्झौतामा पुग्नुअघि अमेरिकाबाट कडा सुरक्षा ग्यारेन्टी चाहन्छन्।

जेलेन्स्कीले अमेरिका सुरक्षा दिन तयार नभए रूस पुन शक्तिशाली भएर नयाँ आक्रमणको तयारीमा लाग्ने भय प्रकट गरे । त्यसैले उनी युक्रेन-रूस सीमामा शान्ति सेना चाहन्छन्, अन्यथा युक्रेनको नाटो सदस्य ।

जेलेन्स्कीले अमेरिकालाई युक्रेनको पुनर्निर्माणमा संलग्न गराउन अमेरिकी कम्पनीहरूलाई आकर्षक अफर दिने प्रस्ताव गरेका छन्। उनले भने, ‘जो कोही युक्रेनलाई बचाउन चाहन्छ, म तिनीहरूसँग विस्तृत छलफल गर्न तयार छु।’

ट्रम्पको आँखा युक्रेनको दुर्लभ खनिजमा

ट्रम्पले सोमबार पुनः युक्रेनका खनिज स्रोतहरू लिन चाहेको संकेत गरे। उनले भने, ‘यदि युक्रेनले अमेरिकी सहायता चाहन्छ भने उसले ५०० अर्ब डलर बराबरको दुर्लभ खनिज अमेरिकालाई दिनुपर्छ।’

उनले जेलेन्स्कीलाई चेतावनीको भाषा प्रयोग गर्दै भने, ‘यदि उनले मेरो प्रस्ताव स्वीकार गरेनन् भने अमेरिका युक्रेनलाई सहायता दिन बन्द गर्नेछ।’

ट्रम्पले भने, ‘अमेरिकी सहायता बिना युक्रेन कमजोर हुनेछ। त्यसपछि कुनै पनि दिन रूसले उसलाई आफ्नो अधिनमा लिन सक्छ।’

उनले यसअघि पनि अमेरिकाले तीन वर्षदेखि युक्रेनलाई आर्थिक सहायता दिइरहेको भन्दै अब युक्रेनले दुर्लभ खनिज दिएर ऋण तिर्नुपर्ने बताइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...