मुख्य समाचार
रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो
रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो

। युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत प्लेअफको पहिलो लेगमा रियल मड्रिडले रोमाञ्चक पुनरागमन जित निकालेको छ‌ । रियलले सिटीलाई उसैको मैदानमा ३-२ ले हरायो ।

रियलको जितमा किलियन एमबाप्पे, ब्राहिम डियाज र जुड बेलिङहामले गोल गरे । सिटीका लागि दुवै गोल एर्लिङ हालान्डले गरे । खेलमा दुईपटक अग्रता लिएर पनि सिटीले जोगाउन सकेन ।




१९औं मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सिटी १-० ले अगाडि रह्यो ।

६०औं मिनेमा एमबापेले गोल गर्दै खेल बराबरीमा ल्याए । ८०औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गरेपछि सिटी पुन: अगाडि आयो ।




तर त्यसपछि रियलले फेरि आफ्नो कमब्याक कलालाई प्रमाणित गर्यो । ८६औं मिनेटमा डियाजले गोल गर्दै खेल बराबरीमा ल्याए भने इन्जुरी समयमा बेलिङहामले गोल गरेपछि रियल ३-२ ले विजयी भयो ।

दुई टोलीबीचको दोस्रो लेग रियलको मैदानमा अर्को साता हुनेछ । उक्त खेलमा सिटीले २ गोल वा त्योभन्दा बढी अन्तरको जित निकाल्नु पर्नेछ ।

गएराति नै भएको अर्को खेलमा पिएसजीले ब्रेस्टलाई तथा बोरुसिया डर्टमन्डले स्पोर्टिङलाई समान ३-० ले हराउँदा युभेन्टसले पिएसभीलाई २-१ ले हरायो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी आईसीसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमा उक्लिएका छन् । आईसीसीले मंगलबारसम्मको अपडेट राखी बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र पाँचौंबाट चौथो स्थानमा उक्लिएका हुन् । उनको रेटिङ अंक पनि हालसम्मकै उत्कृष्ट २५६ पुगेको छ । नेपाली पुरुष टोलीले हालै सिंगापुरमा सम्पन्न एसियन गेम्स छनोटमा अपराजित रहेर च्याम्पियन बनेको ...
। नेपाली महिला क्रिकेट टोली आईसीसी महिला टी-२०आई वरियतामा एक स्थान खस्किएको छ । नेपाली महिला टोली एक स्थान तल झरेर २३औं स्थानमा पुगेको हो । नेपाली महिला क्रिकेट टोली पछिल्लो समय राम्रो लयमा देखिएको छैन । गत साता एसियन गेम्समा छनोट हुन असफल भएको महिला टोली एसिया कपमा पनि छनोट हुन सकेन । एसियन गेम्स छनोटमा ...
। फिफा विश्वकप फुटबलको २३औं संस्करण भोलिदेखि सुरु हुँदैछ । सन् १९३० देखि सुरु भएको विश्वकपको १५औं संस्करण आयोजना गरेको अमेरिकाले दोस्रोपटक विश्वकप आयोजना गर्दैछ । सन् १९९४ मा अमेरिकाले पहिलोपटक फिफा विश्वकप आयोजना गर्दा प्रतियोगितामा २४ टोली थिए, ५२ खेल हुन्थे र फाइनलको सबैभन्दा महँगो टिकट ४७५ डलरमा पाइन्थ्यो । उक्त संस्करणको उपाधि ब्राजिलले जितेको ...
। विश्व फुटबलको सर्वोच्च निकाय फिफा (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको हस्तक्षेप पूर्णरूपमा बन्द नभए नेपाललाई अन्तर्राष्ट्रिय फुटबलबाट तत्काल निलम्बन गर्ने अन्तिम चेतावनी दिएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ५ दिनअघि (५ जुन २०२६ मा) प्राप्त गरी हालै सार्वजनिक गरेको संयुक्त पत्र अनुसार, राष्ट्रिय खेलकुद ...
। फिफा विश्वकप २०२६ अघि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले आइल्यान्डलाई ३-० ले पराजित गरेको छ । अमेरिकाको अलाबामास्थित जोर्डन हारे स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाका कप्तान लिओनल मेसीले पनि गोल गरे । उनले दोस्रो हाफमा मैदान प्रवेश गर्दै गोल गरेका थिए । तयसअघि भ्यालेन्टिन बार्कोले आठौं मिनेटमै गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा अर्जेन्टिनाले ...