मुख्य समाचार
लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क
लागत कटौती नगरे अमेरिका टाट पल्टिन्छ : एलन मस्क

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)का प्रमुख एवं टेक कम्पनी एक्सका प्रमुख एलन मस्कले लागत कटौती नगरे अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने बताएका छन् ।

डीओजीई प्रमुख मस्कले ओभल हाउसमा ट्रम्पलाई आफ्नो अध्ययनको जानकारी गराउँदै यस्तो बताएका हुन् । मस्कले अध्ययनबारे जानकारी दिँदै भनेका छन्, ‘अब पनि लागत बजेट कटौती नगरे अमेरिका टाट पल्टिन सक्छ।’




मस्कले गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको भन्‍दै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेको बीबीसीले जनाएको छ ।

‘संघीय खर्च घटाउन वासिङ्टनका लागि यो ऐच्छिक होइन आवश्यक कार्य हो,’ उनले राष्ट्रपति ट्रम्पसँगको भेटपछि पत्रकारसँग भने, ‘ अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा ट्रम्पलाई मतदान गरेका थिए । सरकारले यसैलाई पछ्याउनेछ।’




यद्यपि, संघीय न्यायाधीशहरूले ह्वाइट हाउसको लागत कटौती उपायहरूको वैधतामाथि प्रश्न उठाइरहेका बेला ट्रम्प प्रशासनले अमेरिकी अदालतहरूसँग टकरावको बाटोमा आफूलाई प्रस्तुत गरिरहेका बेला उनको यो टिप्पणी आएको हो।

ट्रम्पको योजना अनुसार केही संघीय एजेन्सीहरूलाई प्रभावकारी रूपमा बन्द गरेको छ र कर्मचारीहरूलाई घर पठाएर देशभरि कानुनी लडाईं सुरु गरेको छ।

धेरै मुद्दामा विपक्षीहरूले ट्रम्प प्रशासन अवैध शक्ति कब्जा गर्न चाहेको र प्रजातन्त्रलाई निमोठ्न खोजेको भन्‍दै चर्को रुपमा आलोचना गरिरहेका छन् ।

तर, यता, मस्कको टोली संघीय एजेन्सीहरूले भने धमाधम सहायता कार्यक्रमहरू फ्रिज गरिरहेको छ जसले काम गर्ने एजेन्सी र कार्यक्षमतामा ठूलो धक्का दिएको छ।

डीओजीईको दायरालाई रेखाङ्कन गर्ने एक कार्यकारी आदेशमा संघीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । उक्त योजनाले एजेन्सीहरूलाई प्रस्थान गर्ने प्रत्येक चारको सट्टा केवल एक कर्मचारी नियुक्त गर्न निर्देशन गरेको छ ।

आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले कुन रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ।

स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताएका छन् ।

अमेरिकामा मस्कको कम्पनीले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट मस्कको आलोचना हुन थालेको छ ।

डीओजीई सुधार टोलीले अमेरिकी ट्रेजरीमार्फत संवेदनशील तथ्याङ्क र रेकर्डहरूमा पहुँच प्राप्त गरेको भनी विरोधहरू बुलन्द पारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...