मुख्य समाचार
‘बीटीएस’ गायक भी बने संसारकै सुन्दर पुरुष, ब्राड पिट दोस्रो स्थानमा
‘बीटीएस’ गायक भी बने संसारकै सुन्दर पुरुष, ब्राड पिट दोस्रो स्थानमा

। के-पप ब्याण्डका सदस्य भी अर्थात किम तेह्युङ ‘विश्वका सबैभन्दा सुन्दर पुरुष’ घोषित भएका छन् । टेक्नो-स्पोर्ट्सले यसवर्षका सुन्दर पुरुषको सूची सार्वजनिक गरेको छ ।

उल्लेखनीय कुरा के हो भने, गायक भीले हलिउड स्टार ब्राड पिट, बलिउड स्टार ऋतिक रोशनजस्ता विश्व मनोरञ्जन क्षेत्रका व्यक्तिलाई पनि उछिनेका छन् ।




भीको लोकप्रियता नेपालसहित विश्वब्यापी छ । जेन-जी पुस्तामा उनको क्रेज अभूतपूर्व छ । उनी एकैसाथ गायक, गीतकार र अभिनेता पनि हुन् । सन् २०१३ मा बीटीएसमा जोडिएका भीले ‘स्टिग्मा’ नामक एकल गीत पनि ल्याएका छन् ।

सूचीको दोस्रो स्थानमा हलिउड स्टार ब्राड पिट छन् । दुईपटक अस्कर अवार्ड जितेका अभिनेता पिटलाई पिपल म्यागजिनले ‘जीवित सेक्सी पुरुष’को उपाधि दिइसकेको छ । तेस्रो स्थानमा रोबर्ट प्याटिन्सन छन् जो हलिउड ब्लकबस्टर र स्वतन्त्र फिल्ममा अभिनय गरेबापत परिचित छन् ।




चौंथो स्थानमा क्यानडेली अभिनेता तथा मोडल नोह मिल्स छन् । पाँचौ स्थानमा चर्चित बलिउड अभिनेता ऋतिक रोशन छन् । छैटौंमा हालैमात्र क्यानडाको प्रधानमन्त्रीबाट राजिनामा दिएका नेता जस्टिन ट्रुडो छन् ।

त्यसपछि सूचीमा क्रमशः हलिउड अभिनेता क्रिस इभान्स, हेनरी क्याभिल, टम क्रूज, ब्राड्ली कुपर छन् । टेक्नो स्पोर्ट्सले वर्षेनी यो सूची सार्वजनिक गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम