मुख्य समाचार
गाजामा फेरि युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी
गाजामा फेरि युद्ध सुरु गर्ने इजरायली प्रधानमन्त्री नेतन्याहुको चेतावनी

इजरायली बन्धकहरूको रिहाइ रोक्ने हमासले घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले हमासलाई युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका थिए। अहिले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले पनि हमासलाई धम्की युद्ध सुरु गर्ने धम्की दिएका छन्।


नेतन्याहुले भने, 'यदि हमासले शनिबार दिउँसोसम्म हाम्रा बन्धकहरूलाई रिहा गरेन भने हामी गाजामा युद्धविराम समाप्त गर्नेछौं र फेरि लडाईं सुरु गर्नेछौं।'

नेतन्याहुले इजरायली सेनालाई गाजा र वरपर भेला हुन आदेश दिएका छन्। बन्धकहरूको रिहाइ रोक्ने हमासको घोषणापछि उनले यो कदम चालेका बीबीसी समाचारमा उल्लेख छ।



नेतन्याहुले शनिबारसम्ममा बाँकी रहेका सबै ७६ बन्धकहरूको रिहाइ मागिरहेका हुन् कि शनिबार छाड्ने भनिएको तीन जनाको रिहाइको बारेमा मात्र कुरा गरिरहेका छन् भन्ने कुरा स्पष्ट पारेनन्। तर उनका एक मन्त्रीले भने सबैजनाको रिहाइको कुरा गरेको जनाएका छन्।

हमासले सोमबार इजरायलले युद्धविराम सम्झौता उल्लङ्घन गरेकोले बन्धकहरूको रिहाइ रोकिएको जनाएको थियो। यो आरोप भने इजरायलले अस्वीकार गरेको छ।

यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि हमासले बन्धक बनाइएका सबै नागरिकहरूलाई रिहा नगरे इजरायलले उसँगको युद्धविराम सम्झौता रद्द गर्ने चेतावनी दिएका थिए।

हमास र इजरायलबीचको युद्धविराम सम्झौता जनवरी १९ मा लागू भएको थियो। हमासले त्यसयता १६ इजरायली र पाँच थाई बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा इजरायलले ५६६ प्यालेस्टिनी कैदीहरूलाई रिहा गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...