मुख्य समाचार
नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप
नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप

— नोकियाले चन्द्रमासम्म फोर जी सञ्चार सेवा विस्तार गर्ने आफ्नो महत्वाकांक्षी योजनालाई अन्तिम रूप दिएको छ । यही फेब्रुअरीभित्र नोकियाले चन्द्रमामा फोर जी सेवा सञ्चालनमा ल्याउने गरी आफ्नो ‘लुनार सर्फेस कम्युनिकेसन सिस्टम’लाई ‘एथेना’ नामक चन्द्रमामा बनाइएको बेस स्टेसनमा जोड्ने काम पूरा भएको कम्पनीको विज्ञप्तिमा भनिएको छ । यसले अन्तरिक्ष सञ्चार प्रविधिमा नयाँ युगको सुरुवात गर्ने अपेक्षा गरिएको छ ।


नासाको ‘टिपिङ पोइन्ट’ कार्यक्रमअन्तर्गत सञ्चालित उक्त्त परियोजनाले चन्द्रमाको सतहमा पहिलो सेलुलर नेटवर्क स्थापना गर्न लागेको हो । नोकिया बेल ल्याब्सको अत्याधुनिक फोर जी/एलटीई प्रविधि प्रयोग गरिने यस प्रणालीलाई चन्द्रमाको कठोर वातावरण, अत्यधिक तापक्रम र विकिरण सहन सक्ने गरी डिजाइन गरिएको नोकियाले जनाएको छ ।


पृथ्वी र चन्द्रमाको दूरीका कारण अहिले चन्द्रमाबाट पृथ्वीसम्म सन्देश आदान-प्रदान गर्न झन्डै डेढ मिनेटको समय लाग्ने अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको ठहर छ । अहिले उपलब्ध प्रविधिका रेडियो वेभहरूमा समस्या देखिने र बारम्बार सञ्चार विच्छेद हुने गरेकोमा नोकियाको यो प्रविधिले भरपर्दो सेवा दिने दाबी गरिएको छ ।

चन्द्रमामा फोर जी विस्तारका लागि झन्डै १ करोड ४१ लाख अमेरिकी डलर खर्च हुने र सम्पूर्ण खर्च नासाले व्यहोर्ने जनाएको छ । चन्द्रमाको दक्षिणी ध्रुव सहितको सतहमा महत्वाकांक्षी मिसनहरू सञ्चालन गर्न र चन्द्रमामा बसोबासकै प्रवन्ध गर्ने तयारीमा रहेको नासालाई भरपर्दो सञ्चार सेवाका लागि नोकियाले प्रविधिमा सहयोग गरेको हो ।
कुनै बेला मोबाइल फोन बजारको सबैभन्दा शक्तीशाली ब्रान्डका रूपमा चर्चित नोकिया केही वर्षयता नेटवर्क पूर्वधार, दूरसञ्चार प्रविधि र इन्टरप्राइज सलुसन निमार्णमा लागेको छ । कम्पनीले सन् २०१४ मा मोबाइल फोनसम्बन्धी व्यवसाय माइक्रोसफ्टलाई बिक्री गरेको थियो । हाल फाइभ जी नेटवर्क पूर्वाधार विकासमा नोकिया विश्वमै अग्रणी मानिन्छ । नोकियाले २०७९ सालमा नेपाललाई पनि फाइभ जी विस्तारमा सघाउने बताएको थियो ।

फोर जी परियोजनाका लागि नोकियाले चन्द्रमामा उपकरण पुर्‍याउन र जडान गर्न ‘इन्ट्युइसिभ मसिन्स’ नामक एरोस्पेस कम्पनीसँग सहकार्य गरेको थियो । सन् २०२६ को अप्रिलमा नासाले ‘आर्टेमिस-२’ मिसनमार्फत चारजना अन्तरिक्ष यात्रीलाई १० दिनका लागि चन्द्रमाको परिक्रमामा पठाउन लागेको छ । उनीहरूले ‘ओरियन’ भनिने स्पेसक्राफ्ट र अन्य प्रविधिहरूको परिक्षण गर्नेछन् । यो ‘फ्लाइ बाई’ अर्थात अवतरण नगरी माथिबाटै परिक्रमा गरिने मिसन हो । सन् २०२७ मा भने नासाले झन्डै ५५ वर्षपछि चन्द्रमाको सतहमा मानव पाइला राख्ने गरी ‘आर्टेमिस-३’ मिसन सञ्चालन गर्दै छ । यसका लागि पनि बलियो सञ्चार सेवा निर्माण गर्न लागिएको हो ।



चन्द्रमामा अन्य मिसनहरूका लागि नासाले लुनार गेटवे, अन्तरिक्ष यात्रीहरू लामो समय चन्द्रमामै बस्न मिल्नेगरी आर्टेमिस बेस क्याम्प र व्यावसायिक सामान ओसार-पसार गर्ने सुविधा पनि दिने तयारी गर्दै छ । यी सबैका लागि नोकियाको फोर जी सुविधा महत्वपूर्ण हुने वैज्ञानिकहरूको विश्वास छ ।

चन्द्रमाको फोरजी/एलटीई प्रणाली नोकियाले इन्टुइसिभ मेसिनको ‘नोभा-सी’ नामक ल्यान्डरमा बेस स्टेसन राखेर स्थापना गरेको कम्पनीको वेबसाइटमा उल्लेख छ । यस प्रणालीले ल्यान्डर (जमिनमा बस्ने) र रोभर (जमिनमा गुड्ने)हरूबीच सहज सञ्चार स्थापित गर्नुका साथै पृथ्वीमा रहेका मिसन कन्ट्रोलरहरूलाई प्रत्यक्ष डेटा र तस्बिरहरू उपलब्ध गराउनेछ ।

फेब्रुअरि २६ मा फ्लोरिडाको केनेडी अन्तरिक्ष केन्द्रबाट स्पेस एक्सको फाल्कन-९ रकेटमा राखेर यो प्रविधि चन्द्रमासम्म पठाउने तयारी पूरा भएको नोकिया बेल ल्याब्सले जनाएको छ । पृथ्वीबाट पठाइएको प्रविधिलाई ‘एथेना’ नामक ल्यान्डरले चन्द्रमाको दक्षिणी ध्रुपको सतहमा उतार्न र त्यहाँ जोड्न मद्दत गर्नेछ । चन्द्र सतहमा अवतरण भएपछि एउटा बक्समा रहेको सञ्चार प्रणालीलाई त्यहीँ भएको रोभरको सहायताले ल्यान्डरबाट निकालेर एक्टिभेट गर्ने तयारी नोकिया र नासाको छ ।

अहिलेका लागि नोकियाको फोर जी एलटीई नेटवर्कले १० देखि १०० एमबीपीएस डाउनलोड र ५ देखि ५० एमबीपीएस अपलोड गतिमा सञ्चार सुविधा स्थापित गर्ने कम्पनीले जनाएको छ । शुरुवाती चरणमा चन्द्रमाको दक्षिणी ध्रुवबाट पृथ्वीतर्फ फर्किएको भागमा मात्र सञ्चार सुविधा हुने नोकिया बेल ल्याब्सको बेवसाइटमा जानकारी राखिएको छ ।

नोकिया बेल ल्याब्स सोलुसन्स रिसर्चका अध्यक्ष थिएरी क्लेनले यो परियोजनाको महत्त्वबारे भनेका छन्, 'बसाइ, खानेकुरा र जीवनको सहजता जति अत्यावश्यक छ, त्यत्तिकै सञ्चार सुविधा पनि भविष्यका चन्द्रमा वा मङ्गल अभियानका लागि अत्यावश्यक हुनेछ । पृथ्वीमा अर्बौं स्मार्टफोनहरू जोड्न प्रयोग गरिने प्रविधिलाई नै अन्तरिक्षमा पनि विस्तार गर्न सकिने गरी हामी नयाँ तरिका अपनाउँदैछौं । यसले पृथ्वी र अन्तरिक्षबीचको दूरीलाई घटाउनेछ ।'

नोकियाको यो परियोजना अन्तरिक्षमा आधारित इन्टरनेट व्यवसायमा रहेको प्रतिस्पर्धात्मक दौडको पछिल्लो हिस्सा हो । यो दौडमा स्पेस एक्स, अमेजन र वानवेबजस्ता कम्पनीहरू पनि सक्रिय रूपमा लागेका छन् । यी कम्पनीहरूले पृथ्वीको दुर्गम र सञ्चार सुविधाबाट वञ्चित क्षेत्रहरूमा उच्च गतिको इन्टरनेट पुर्‍याउन ‘लो अर्थ अर्बिट’मा भूउपग्रहहरू स्थापना र सञ्चालन गरिरहेका छन् । नेपालमा समेत आउन जोड गरिरहेको स्टारलिंक परियोजनाले अन्तरिक्षमा चार हजारभन्दा धेरै भूउपग्रहहरू राखेर विश्वव्यापी ब्रोडब्यान्ड नेटवर्क बनाउने लक्ष्य लिएको छ ।

चन्द्रमामा उच्च गतिको फोरजी/एलटीई नेटवर्क स्थापना गर्दा अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीसँग जोड्न सहज हुने एक्सियम स्पेसका कार्यकारी उपाध्यक्ष रसेल रल्स्टनले जीएसएमएको ‘मोबाइल वर्ल्ड लाइभ’ सँग बताएका छन् । यसले महत्वपूर्ण डेटा आदान-प्रदान सहज बनाउनुका साथै लामो दूरीसम्म उच्च-गुणस्तरको भिडियो सञ्चार सम्भव बनाउने उनको ठहर छ ।

चन्द्रमामा लामो समयसम्म बस्ने र यसलाई मंगललगायत अन्य ग्रह र चन्द्रमाहरूमा पुग्ने आधार क्षेत्र बनाउने गरी वैज्ञानिकहरूले काम गरिरहेका छन् । अमेरिका, चीनजस्ता देशहरूका लागि चन्द्रमाको सतहमा फोर जी सुविधा हुनु महत्वपूर्ण उपलब्धि हुन सक्ने रसेलको निष्कर्ष छ ।

-एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युट्युबले यस सप्तान्तमा अमेरिकाको २५०औँ स्वतन्त्रता दिवसको उत्सव मनाउन प्रयोगकर्ताहरूका लागि विभिन्न नयाँ फिचरहरू घोषणा गरेको छ। यसअन्तर्गत अमेरिका २५० का सामग्रीहरूका लागि एउटा केन्द्रीय हब, नयाँ गेम्स र विशेष इफेक्टहरू समावेश गरिएका छन्। पहिलो फिचरअन्तर्गत युट्युबले ‘अमेरिका २५० हब’ तयार पारेको छ। युट्युबमा यस उत्सवसँग सम्बन्धित सामग्रीहरू खोज्ने प्रयोगकर्ताहरूलाई यो हब देखाइनेछ। यसले यस ऐतिहासिक अवसरका ...
। गुगलले आफ्नो ‘जेमिनी स्पार्क’ लाई अझ बढी उपयोगी र शक्तिशाली बनाउनका लागि नयाँ अपडेटहरू सार्वजनिक गरेको छ। यस अन्तर्गत म्याक कम्प्युटरका लागि नयाँ डेस्कटप एक्सपेरियन्स, विभिन्न लोकप्रिय एपहरूसँगको आबद्धता र रियल-टाइम इन्फरमेसन ट्र्याक गर्ने जस्ता उत्कृष्ट सुविधाहरू थपिएका छन्। पहिलो मुख्य अपडेट अन्तर्गत गुगलले म्याक प्रयोगकर्ताका लागि ‘जेमिनी म्याकओएस’ एपमा स्पार्कलाई समावेश गरेको छ। यसले कम्प्युटरभित्र ...
टिकटकले विज्ञापनदाताहरूका लागि एआईमा आधारित नयाँ सेवा ‘एजेन्टिक हब’ सार्वजनिक गरेको छ। यो नयाँ हबले मार्केटर्स वा विज्ञापनदाताहरूलाई टिकटकमा गरिने बजार व्यवस्थापन र प्रचारप्रसारको प्रक्रियामा अझ उन्नत स्तरका एआई फिचरहरू प्रयोग गर्ने सुविधा दिनेछ। टिकटकको यो एजेन्टिक हब सिधै प्लेटफर्मको ‘मोडल कन्टेक्स्ट प्रोटोकल’ (एमसीपी) सर्भरसँग जोडिएको छ। यो सर्भरले टिकटकको विज्ञापन प्लेटफर्म र बाहिरका तेस्रो पक्ष (थर्ड-पार्टी) एआई ...
। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा बढी मिथ्या सूचना प्रवाह भएको थियो । आज यहाँ आयोजित कार्यक्रममा सिएमआरका कार्यकारी निर्देशक तिलक पाठकले निर्वाचनका समयमा गरिएको अनुसन्धानमा सबैभन्दा बढी ...
। आर्थिक सङ्कटका कारण कोशी प्रदेशका ४४ वटा एफएम रेडियो स्टेशन बन्द भएका छन् । पत्रकार महासङ्घ कोशी प्रदेशले आयोजना गरेको मिडिया सम्मेलनमा प्रस्तुत कार्यक्रममा १२९ वटा रेडियोमध्ये ४४ वटा बन्द भएको जनाइएको छ । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य मोहन काजीले १६ वटा सामुदायिक रेडियोसहित ४४ वटा बन्द भएको बताए । उनले कार्यक्रममा आर्थिक अस्थिरता ...