मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली बनाएका छन् । मंगलबार ट्रम्पले डजलाई थप अधिकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।


ट्रम्पका निकट सहयोगी तथा डज प्रमुख मस्क मंगलबार अप्रत्यासित रूपमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा उपस्थित भएका थिए । ह्वाइटहाउसको ओभल अफिसमा उपस्थित भएका मस्क राष्ट्रपति ट्रम्पको छेउमै उभिए ।


त्यसक्रममा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै आफूले अमेरिकी सरकारको नेतृत्व नगरेको दाबी गरेका छन् । अमेरिकाको संघीय सरकारको खर्च कटौतीको जिम्मेवारीसहित डज सम्हालेका मस्कले विभिन्न विवादास्पद निर्णयहरू लिइरहेका छन् ।

नयाँ कार्यकारी आदेशले सरकारी निकायका प्रमुखहरूलाई डजका निर्णयक पालना गर्न निर्देशन दिएको छ । तर डजको गठन र कार्यशैलीका विषयमा विपक्षी दल डेमोक्रेटिकका नेताहरूले भने आलोचना गरेका छन् । उनीहरूले डजको पारदर्शिताका विषयमा पनि प्रश्न उठाएका छन् ।

तर ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका मस्कले अमेरिकी जनताको चाहनाअनुसार नै काम गरिरहेको बताएका छन् । 'जनताले ठूलो सरकारी सुधारका पक्षमा मतदान गरे र जनताले त्यो पाउनेछन्,' उनले भने, 'लोकतन्त्र भनेको यही हो ।'

अर्बपति टेक्नोलोजी उद्यमी मस्क आफै निर्वाचित भएका भने होइनन् । राष्ट्रपतिको निगाहमा नियुक्त भएका उनले संघीय कर्मचारीहरूलाई 'अनिर्वाचित, चौथो, सरकारको असंवैधानिक शाखा' का रूपमा वर्णन गरे । तर तर पनी उनीहरूमा कुनै निर्वाचित प्रतिनिधिसँग भन्दा बढी शक्ति रहेको मस्कको भनाइ छ ।

टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कले कालो 'मेक अमेरिका ग्रेट अगेन टोपी' लगाएका थिए । पत्रकारहरूले उनको कार्यशैलीको आलोचनासहितका प्रश्न सोधेपछि भने ठट्टा गरेका थिए । पत्रकार सम्मेलनका क्रममा भने उनले आफ्नो छोरा 'एक्स' लाई केहीबेर काधमा पनि राख्न भ्याए ।



'संघीय खर्च घटाउनु हाम्रा लागि अत्यावश्यक छ,' उनले भनेका छन् । अमेरिकी सरकारले गाजामा लाखौं डलरको कन्डम पठाएको भर्खरैको झुटो दाबीको बारेमा पनि मस्कलाई सोधिएको थियो । 'मैले भनेका केही कुराहरू गलत हुनेछन् र सच्याउनुपर्छ,' मस्कले जवाफ दिए ।

डजको कार्यशैली मात्र होइन, बजेट र कानुनी हैसियतका विषयमा पनि प्रश्न उठेको छ । बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि यसले चुनौती दिएको छ । संसदीय स्वीकृतिबिना संघीय निकाय बन्द गर्ने कानुनी अधिकारका विषयमा भने मस्कले केही पनि उल्लेख गरेका छैनन् ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै मस्कलाई डज प्रमुख बनाएका हुन् । सरकारी खर्च कटौती गर्ने मुख्य जिम्मेवारीसहित ट्रम्पले ह्वाइटहाउसमा प्रवेश गरेकै दिन कार्यकारी आदेशमार्फत डज स्थापना गरेका हुन् । स्थापनाको तीन सातामा नै डजले सयौं संघीय अधिकारीलाई बिदामा राखेको छ । अर्थ मन्त्रालयअन्तर्गतका संवेदनशील संघीय भुक्तानी प्रणालीहरूमा पहुँच पुर्‍याउनुका साथै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गराइसकेको छ ।

अर्थ मन्त्रालयअन्तरगका सामाजिक सुरक्षा, मेडिकेयर ग्राहक भुक्तानी, लाखौं अमेरिकीको बैंक खातालगायत संवेदनशील जानकारीमा पहुँच पुर्‍याएपछि दायर मुद्दामा न्युयोर्कस्थित अदालतले त्यसविरूद्ध अन्तरिम आदेश दिइसकेको छ । त्यसका साथै अदालतले अर्थ मन्त्रालयका प्रणालीबाट डाउनलोड गरिएका सबै तथ्यांक नष्ट गर्नसमेत निर्देशन दिएको छ ।

त्यस्तै, डजले संघीय एजेन्सीहरूको शुल्कमा सीमा तोक्नुका साथै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गराएको छ । विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडीको जनशक्तिमा भारी कटौती गर्ने र विदेश मन्त्रालयअन्तर्गत रहने बताइसकेका छन् । ट्रम्प र मस्कको सहमतिपछि यूएसएआईडीका २७ सय कर्मचारीलाई बिदामा राखिएको थियो ।

त्यस्तै डजले संघीय सरकारका २० लाख कर्मचारीलाई ८ महिनाको तलब लिएर बिदा हुन समयसीमा तोकेको थियो । तर यी दुवै निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।

यूएसएआईडी र अर्थ मन्त्रालयसँगै शिक्षा मन्त्रालय, नेशनल ओसियानिक एण्ड एट्मोस्फियरिक एड्‍मीनिस्ट्रेशन, फेडरल एभियसन एड्‍मीनिस्ट्रेशन, कन्जुमर फिनान्सियल प्रोटेक्सन ब्यूरो मस्कको निसानामा परेका छन् । राष्ट्रपति ट्रम्पले भने मस्कले ‘निकै राम्रो काम गरिरहेको’ बताएका छन् । मस्कले केही नलिइकन निकै धेरै समय दिइरहेको ट्रम्पले भनाइ छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...