मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इलन मस्क नेतृत्वको सरकारी दक्षता विभाग (डज) लाई थप शक्तिशाली बनाएका छन् । मंगलबार ट्रम्पले डजलाई थप अधिकार दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् ।


ट्रम्पका निकट सहयोगी तथा डज प्रमुख मस्क मंगलबार अप्रत्यासित रूपमा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा उपस्थित भएका थिए । ह्वाइटहाउसको ओभल अफिसमा उपस्थित भएका मस्क राष्ट्रपति ट्रम्पको छेउमै उभिए ।


त्यसक्रममा पत्रकारहरूले सोधेको प्रश्नको उत्तर दिँदै आफूले अमेरिकी सरकारको नेतृत्व नगरेको दाबी गरेका छन् । अमेरिकाको संघीय सरकारको खर्च कटौतीको जिम्मेवारीसहित डज सम्हालेका मस्कले विभिन्न विवादास्पद निर्णयहरू लिइरहेका छन् ।

नयाँ कार्यकारी आदेशले सरकारी निकायका प्रमुखहरूलाई डजका निर्णयक पालना गर्न निर्देशन दिएको छ । तर डजको गठन र कार्यशैलीका विषयमा विपक्षी दल डेमोक्रेटिकका नेताहरूले भने आलोचना गरेका छन् । उनीहरूले डजको पारदर्शिताका विषयमा पनि प्रश्न उठाएका छन् ।

तर ओभल अफिसमा ट्रम्पको छेउमा उभिएका मस्कले अमेरिकी जनताको चाहनाअनुसार नै काम गरिरहेको बताएका छन् । 'जनताले ठूलो सरकारी सुधारका पक्षमा मतदान गरे र जनताले त्यो पाउनेछन्,' उनले भने, 'लोकतन्त्र भनेको यही हो ।'

अर्बपति टेक्नोलोजी उद्यमी मस्क आफै निर्वाचित भएका भने होइनन् । राष्ट्रपतिको निगाहमा नियुक्त भएका उनले संघीय कर्मचारीहरूलाई 'अनिर्वाचित, चौथो, सरकारको असंवैधानिक शाखा' का रूपमा वर्णन गरे । तर तर पनी उनीहरूमा कुनै निर्वाचित प्रतिनिधिसँग भन्दा बढी शक्ति रहेको मस्कको भनाइ छ ।

टेस्ला, एक्स र स्पेसएक्सका मालिक मस्कले कालो 'मेक अमेरिका ग्रेट अगेन टोपी' लगाएका थिए । पत्रकारहरूले उनको कार्यशैलीको आलोचनासहितका प्रश्न सोधेपछि भने ठट्टा गरेका थिए । पत्रकार सम्मेलनका क्रममा भने उनले आफ्नो छोरा 'एक्स' लाई केहीबेर काधमा पनि राख्न भ्याए ।



'संघीय खर्च घटाउनु हाम्रा लागि अत्यावश्यक छ,' उनले भनेका छन् । अमेरिकी सरकारले गाजामा लाखौं डलरको कन्डम पठाएको भर्खरैको झुटो दाबीको बारेमा पनि मस्कलाई सोधिएको थियो । 'मैले भनेका केही कुराहरू गलत हुनेछन् र सच्याउनुपर्छ,' मस्कले जवाफ दिए ।

डजको कार्यशैली मात्र होइन, बजेट र कानुनी हैसियतका विषयमा पनि प्रश्न उठेको छ । बजेट कहाँ र कसरी प्रयोग गर्ने भन्ने संसद्को संवैधानिक अधिकारलाई पनि यसले चुनौती दिएको छ । संसदीय स्वीकृतिबिना संघीय निकाय बन्द गर्ने कानुनी अधिकारका विषयमा भने मस्कले केही पनि उल्लेख गरेका छैनन् ।

ट्रम्पले दोस्रो कार्यकाल सुरु गरेसँगै मस्कलाई डज प्रमुख बनाएका हुन् । सरकारी खर्च कटौती गर्ने मुख्य जिम्मेवारीसहित ट्रम्पले ह्वाइटहाउसमा प्रवेश गरेकै दिन कार्यकारी आदेशमार्फत डज स्थापना गरेका हुन् । स्थापनाको तीन सातामा नै डजले सयौं संघीय अधिकारीलाई बिदामा राखेको छ । अर्थ मन्त्रालयअन्तर्गतका संवेदनशील संघीय भुक्तानी प्रणालीहरूमा पहुँच पुर्‍याउनुका साथै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गराइसकेको छ ।

अर्थ मन्त्रालयअन्तरगका सामाजिक सुरक्षा, मेडिकेयर ग्राहक भुक्तानी, लाखौं अमेरिकीको बैंक खातालगायत संवेदनशील जानकारीमा पहुँच पुर्‍याएपछि दायर मुद्दामा न्युयोर्कस्थित अदालतले त्यसविरूद्ध अन्तरिम आदेश दिइसकेको छ । त्यसका साथै अदालतले अर्थ मन्त्रालयका प्रणालीबाट डाउनलोड गरिएका सबै तथ्यांक नष्ट गर्नसमेत निर्देशन दिएको छ ।

त्यस्तै, डजले संघीय एजेन्सीहरूको शुल्कमा सीमा तोक्नुका साथै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) बन्द गराएको छ । विदेशमन्त्री मार्को रुबियोले यूएसएआईडीको जनशक्तिमा भारी कटौती गर्ने र विदेश मन्त्रालयअन्तर्गत रहने बताइसकेका छन् । ट्रम्प र मस्कको सहमतिपछि यूएसएआईडीका २७ सय कर्मचारीलाई बिदामा राखिएको थियो ।

त्यस्तै डजले संघीय सरकारका २० लाख कर्मचारीलाई ८ महिनाको तलब लिएर बिदा हुन समयसीमा तोकेको थियो । तर यी दुवै निर्णयविरुद्ध अदालतले अन्तरिम आदेश जारी गरिसकेको छ ।

यूएसएआईडी र अर्थ मन्त्रालयसँगै शिक्षा मन्त्रालय, नेशनल ओसियानिक एण्ड एट्मोस्फियरिक एड्‍मीनिस्ट्रेशन, फेडरल एभियसन एड्‍मीनिस्ट्रेशन, कन्जुमर फिनान्सियल प्रोटेक्सन ब्यूरो मस्कको निसानामा परेका छन् । राष्ट्रपति ट्रम्पले भने मस्कले ‘निकै राम्रो काम गरिरहेको’ बताएका छन् । मस्कले केही नलिइकन निकै धेरै समय दिइरहेको ट्रम्पले भनाइ छ ।

(एजेन्सीहरूको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...