मुख्य समाचार
जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशित
जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशित

: अमेरिकाले मात्रै होइन जापानले समेत अवैधरुपमा बसेका आप्रवासीहरूमाथि कडाइ गर्न थालेको छ। विभिन्न प्रवेशाज्ञामा जापान पुगेर 'ओभर स्टे' भएका आप्रवासीहरूलाई कडाइ गर्न थालेपछि नेपालीहरू समेत त्यसको मारमा पर्न थालेका छन्।


पछिल्लो पटक गत साता जापानको अध्यागमन कानुन उल्लंघन गर्ने थप दुई नेपाली निष्काशितमा परेका छन्। निष्काशित हुनेमा बुढाथोकी र ढकाल थर भएका दुई पुरूष रहेका छन्। उनीहरूलाई कोरियन एयरको जहाजबाट जापानले नेपालले पठाएको हो।

उनीहरू गतसाता काठमाडौं आइपुगेको स्रोतले बताएको छ। कानुन विपरीत जापानमा रहेका उनीहरूलाई निष्काशन गरी नेपाल पठाएको हो। यद्दपि उनीहरूले के-कस्तो कानुन उल्लंघन गरे भन्ने विषय भने खुलाइएको छैन।



यसअघि त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा जापानले चार नेपालीलाई निष्काशित गरेको थियो।

विदेशमा अध्यागमन कानुन उल्लंघन गरी निष्काशनमा पर्ने नेपालीको संख्या बढ्दो छ। पछिल्लो समयमा जापान,अमेरिका,मलेसिया,क्यानडा,फ्रान्स,माल्दिभ्स,दक्षिण कोरयालगायत देशका सरकारले त्यहाँ रहेका विदेशी कामदारहरूमाथि निगरानी बढाउँदै आएको छ। जसको मारमा नेपालीहरू पनि पर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जापानको हिरोशिमा अमेरिकाले आणविक बम खसालेको ८० वर्ष पूरा भएको छ । आणविक बम बिस्फोटको ८० वर्ष पुगेको सन्दर्भ पारेर जापानको पश्चिमी शहर हिरोशिमा हजारौं मानिस भेला भएका छन् । उक्त विस्फोटको प्रभावमा परेर पनि बाँचेकाहरू, जापानका प्रधानमन्त्री शिगेरु इशिबा, हिरोशिमाका मेयर काजुमी मात्सुइसँगै सरकारी अधिकारीहरू, १२० देश तथा क्षेत्रका प्रतिनिधिहरू शान्ति पार्कमा भेला ...
। रुसमा शक्तिशाली भूकम्प गएपछि सुनामीको खतराको बढेको भन्दै जापानमा १९ लाखभन्दा बढी मानिसलाई घर छाड्न आदेश जारी भएको छ । मंगलबार रुसको सुदूरपूर्वी तटीय क्षेत्र कामचट्का प्रायद्वीप नजिक ८.८ म्याग्निच्युडको भूकम्प गएको हो । जापानको मौसम विज्ञान विभागले आफ्नो पूर्वी तटका अधिकांश क्षेत्रमा सुनामीको खतरा जारी भएको अलजजिराले उल्लेख गरेको छ । विभागले समून्द्री क्षेत्रमा ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र जापानबिच एक प्रमुख व्यापार सम्झौतामा सहमत भएको घोषणा गरेका छन्। ट्रम्पले सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्नेछ र १५ प्रतिशत पारस्परिक भन्सार शुल्क तिर्ने जानकारी गराएका छन्। ट्रम्पले आफ्नै सामाजिक सञ्जाल ट्रुथ सोसलमा भनेका छन्,'हामीले जापानसँग एक विशाल सम्झौता सम्पन्न गरेका छौं। सम्भवत: अहिलेसम्मकै सबैभन्दा ...
। जापानको ओसाकामा विश्वमै प्रतिष्ठित मानिने ओसाका कान्साई एक्स्पो (विश्व प्रदर्शनी) सुरु भएको ३ महिनापछि नेपालले मण्डप तयार गरेको छ । निर्माण कम्पनीलाई निर्माण लागत तिर्न नसक्दा एक्स्पो सुरु भएको तीन महिना पछि मात्र नेपाल मण्डप सञ्चालनमा आएको हो । एक्स्पोमा नेपाल मण्डप निर्माणका लागि नेपाल सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत व्यापार तथा निकासी प्रवर्द्धन ...
जापानी वैज्ञानिकहरूले सबैभन्दा तीव्र गतिको इन्टरनेटको विकास गरेर नयाँ विश्व कीर्तिमान कायम गरेका छन् । उनीहरूले १.०२ पेटाबाइट्स (१० लाख २० हजार गिगाबाइट) प्रति सेकेन्ड गतिको इन्टरनेट विकास गर्न सफल भएका छन् । इन्टरनेटको यो गति यतिधेरै उच्च हो कि यसमार्फत नेटफ्लिक्समा रहेका सम्पूर्ण भिडियोहरु एक सेकेन्डमै डाउनलोड गर्न सकिन्छ । त्यस्तै १५० जीबी साइजको ...