मुख्य समाचार
बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ
बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ

— बेलायतले युक्रेनको विषयमा युक्रेनको संलग्नताविना कुनै पनि वार्ता नहुने जनाएको छ । उत्तर एट्लान्टिक सन्धी संगठन (नेटो) का रक्षामन्त्रीहरूको बैठकमा भाग लिन बेल्जियम पुगेका बेलायती रक्षामन्त्री जोन हेलीले युक्रेनका विषयमा हुने कुनै पनि वार्तामा युक्रेनी पक्षको संलग्नता अनिवार्य भएको बताएका हुन् ।



'युक्रेनविना युक्रेनको विषयमा कुनै वार्ता हुन सक्दैन,' उनले भने । अमेरिका र रुसका राष्ट्रपतिबीच युक्रेन युद्ध अन्त्य गर्न विषयमा टेलिफोन कुराकानी भएको सार्वजनिक भएसँगै हेलीको प्रतिक्रया सार्वजनिक भएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षीसँगको वार्ता निकै फलदायी भएको र युक्रेन युद्ध अन्त्य गर्न तत्काल वार्ता सुरू गर्ने सहमित जुटेको बताएका थिए ।

ट्रम्पको भनाइको जवाफ दिँदै हेलीले भनेका छन्, 'नेटोको काम कुनै पनि वार्ताका लागि युक्रेनलाई सबैभन्दा बलियो स्थितिमा राख्नु हो ।' नेटोमार्फत युक्रेनलाई समर्थन गर्ने नयाँ घोषणा हुने उनको भनाइ छ ।

'हामी दिगो शान्ति चाहन्छौं । द्वन्द्व र आक्रामकतामा फर्किन चाहँदैनौं,' उनले भनेका छन्, 'यो पनि नबिर्सौं कि रूस युक्रेनभन्दा बाहिर पनि खतरा छ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिम अफ्रिकी मुलुक मालीका रक्षामन्त्री सादियो केमाराको एक आत्मघाती ट्रक विष्फोटमा मृत्यु भएको छ । राजधानी बमाको नजिकै रहेको निवासमा भएको आत्मघाती ट्रक विष्फोटमा उनको मृत्यु भएको हो । रक्षामन्त्री केमाराका परिवारले उनको मृत्यु आत्मघाती ट्रक विष्फोटमा भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार घटनाको केही घण्टापछि मालीको सरकारी टेलिभिजनले विष्फोटमा गम्भीर घाइते ...
। अमेरिकी केन्द्रीय बैङ्क फेडरल ‘रिजर्भ’ ले आगामी बैठकमा ब्याजदर यथावत राख्ने सम्भावना उच्च देखिएको छ, जसलाई विश्लेषकहरूले हालको आर्थिक र भूराजनीतिक अवस्थासँग जोडेर हेरेका छन् । अहिले ब्याजदर ३.५० प्रतिशत देखि ३.७५ प्रतिशत को दायरामा छ र यसलाई परिवर्तन नगरी कायम राख्ने अपेक्षा गरिएको छ । यसको मुख्य कारण मध्यपूर्वमा जारी युद्ध हो, जसले विश्वव्यापी ...
: क्युरियोसिटी रोभरले मंगल ग्रहमा पहिलो पटक गरिएको प्रयोगमा जीवनका ‘निर्माण ब्लक’ पत्ता लगाएको छ । क्युरियोसिटी रोभरले मंगल ग्रहमा अहिलेसम्म फेला परेको सबैभन्दा विविध प्रकारका जैविक अणुहरू फेला पारेको छ । जसमा सात वटा यस्ता यौगिकहरू पनि छन् जुन यसअघि रातो ग्रहमा कहिल्यै भेटिएका थिएनन् । यी कार्बनयुक्त यौगिकहरू त्यही ‘निर्माण ब्लक’ हुन् जसले पृथ्वीमा ...
: इरानी विदेशमन्त्री अब्बास अराघची र पाकिस्तानका फिल्ड मार्सल असिम मुनीरबीच भेटवार्ता भएको छ। अराघची शुक्रबार र शनिबारको मध्यरातमा इस्लामाबाद आइपुगेका हुन्। उनको यस भ्रमणका क्रममा अमेरिकासँगको बैठकको कुनै औपचारिक योजना भने प्रस्ताव गरिएको छैन्। अराघचीले शुक्रबार 'एक्सु (ट्विटर) मा एक पोस्ट गर्दै पाकिस्तानको भ्रमणपछि आफू ओमान र रुसको यात्रामा जाने जानकारी दिएका थिए। इरानी सरकारी ब्रोडकास्टरले ...
इरानी सेनाले अमेरिकाले होर्मुजको जलडमरूको नाकाबन्दी जारी राखेमा जवाफी कारबाही गरिने चेतावनी दिएको छ। सेनाको कमाण्ड सेन्टरद्वारा जारी गरिएको विज्ञप्तिमा अमेरिकी सेनाले यस क्षेत्रमा नाकाबन्दी, समुन्द्री लुटपाट र डकैती जारी राखेमा इरानी सेनाबाट जवाफी कारबाहीको सामना गर्नुपर्ने उल्लेख छ। अप्रिल १३ मा इरानी बन्दरगाहहरूमा समुद्री यातायातमा नाकाबन्दी लगाएदेखि अमेरिकाले धेरै जहाजहरूलाई नियन्त्रणमा लिएको छ। यो मुद्दा ...