मुख्य समाचार
अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कने
अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कने

: अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर चाँडै नै अन्तरिक्ष स्टेशनबाट पृथ्वीमा फर्कनेछन्। नासाले उनीहरूलाई मार्चको मध्यमा फिर्ता ल्याइने जनाएको छ। दुबै अन्तरिक्ष यात्री विगत ८ महिनादेखि अन्तरिक्ष स्टेशनमा फसेका छन्।


यसअघि उनीहरुलाई फिर्ता ल्याउने समयसीमा मार्चको अन्त्य वा अप्रिलको लागि तोकिएको थियो। उनीहरूलाई स्पेसएक्स क्याप्सुलमा फिर्ता ल्याइने जनाइएको छ।

सुनिता विलियम्स गत वर्ष जुन ५ मा बुच विल्मोरसँगै आइएसएस पुगेकी थिइन्। उनी एक हप्ता पछि फर्कनु पर्ने थियो। उनीहरू दुवै जना बोइङको नयाँ स्टारलाइनर क्याप्सुलको परीक्षण गर्न गएका थिए। तर त्यसमा खराबी आएपछि उनीहरू आइएसएसमै फसे।



यसअघि नासाले एलोन मस्कको कम्पनी स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान मार्फत फेब्रुअरी २०२५ मा सुनिता र बुच विल्मोरलाई फिर्ता ल्याउने जानकारी दिएको थियो। तर उक्त समयमा उनीहरूलाई ल्याइएन।

ट्रम्पले मस्कलाई दिए फिर्ता ल्याउने जिम्मेवारी

अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेसएक्सका सीईओ एलोन मस्कलाई अन्तरिक्षमा फसेका सुनिता विलियम्स र उनका सहकर्मी बुच विल्मोरलाई फिर्ता ल्याउने जिम्मेवारी दिएका छन्। दुवै वैज्ञानिक गत वर्षको जुनदेखि अन्तरिक्षमा अलपत्र छन्।

ट्रम्पले गत महिना सामाजिक सञ्जालमा लेखेका थिए, 'मैले मस्कलाई ती दुई 'बहादुर अन्तरिक्ष यात्री' लाई फिर्ता ल्याउन आग्रह गरेको छु। उनीहरुलाई बाइडेन प्रशासनले अन्तरिक्षमा छोडेको हो। उनीहरू धेरै महिनादेखि अन्तरिक्ष स्टेशनमा उद्धारको पर्खाइमा छन्। मस्कले चाँडै नै यसमा काम सुरु गर्नेछन्।'

मस्कले उनीहरुलाई फिर्ता ल्याउने जनाएका छन्। बाइडेन प्रशासनले उनीहरूलाई यति लामो समयसम्म त्यहीँ छोड्नु भयानक भएको मस्कको भनाइ छ।

सुनिता र बुश विल्मोर बोइङ र नासाको संयुक्त 'क्रू फ्लाइट टेस्ट मिसन' मा गएका थिए। सुनिता अन्तरिक्षयानको पाइलट थिइन्। उनीसँगै गएका बुश विल्मोर यस मिसनका कमाण्डर थिए। उनीहरू दुवै जना अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (ISS) मा ८ दिन बसेपछि पृथ्वीमा फर्कने कार्यक्रम थियो।

प्रक्षेपणको समयमा बोइङ डिफेन्स, स्पेस एण्ड सेक्युरिटीका अध्यक्ष तथा सीईओ टेड कोल्बर्टले यसलाई अन्तरिक्ष अनुसन्धानको नयाँ युगको लागि एक उत्कृष्ट सुरुवात भएको बताएका थिए। यस मिसनको मुख्य उद्देश्य अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्ष स्टेशनमा लैजाने र फर्कने अन्तरिक्ष यानको क्षमता प्रमाणित गर्नु रहेको उनले जनाएका थिए।

अन्तरिक्ष स्टेशनमा ८ दिन बिताउँदा अन्तरिक्ष यात्रीहरूले अनुसन्धान र धेरै प्रयोगहरू पनि गर्नुपरेको थियो। सुनिता र विल्मोर एटलस-भी रकेट मार्फत अन्तरिक्ष यात्रामा पठाइने पहिलो अन्तरिक्ष यात्री हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले अमेरिका र इरानबीच भएको युद्धविरामको घोषणा मान्ने भएको छ । तर, उसले लेबनानमा भने युद्धविराम लागू नहुने प्रष्ट्याएको छ । इजरायलले आफ्नो आधिकारिक बयानमा भनेको छ, ‘हामी राष्ट्रपति डोनाल्ड ट्रम्पको फैसलामा समर्थन गर्दछौं, जसमा इरानमाथि दुई साताका लागि हमला नगरिने उल्लेख छ । बिना शर्त इरानले तत्काल होर्मुज स्ट्रेट खोलोस् र अमेरिका, इजरायल र ...
। पाकिस्तानको मध्यस्थतामा बुधबार बिहान सबेरै घोषणा गरिएको अमेरिका-इरान युद्धविरामलाई कतारको मन्त्रिपरिषद्ले स्वागत गरेको छ। मन्त्रिपरिषद्ले एक विज्ञप्ति जारी गर्दै ‘क्षेत्रीय स्थिरतालाई कमजोर बनाउने सबै प्रकारका शत्रुतापूर्ण कार्य र गतिविधिहरूलाई तत्काल रोक्नुपर्ने आवश्यकता, राज्यको सार्वभौमसत्ताप्रतिको सम्मान, र समुद्री मार्गको सुरक्षा, जलयात्राको स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय व्यापारको सुनिश्चितता’ मा जोड दिएको छ। युद्धविराम घोषणा भएको केही घण्टापछि बुधबार पनि ...
: इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले अमेरिका र इजरायलसँगको युद्ध रोक्नका लागि १० बुँदे सर्तसहितको कार्ययोजना अघि सारेको छ। आगामी अप्रिल १० मा पाकिस्तानको इस्लामावादमा हुने वार्ताका लागि इरानले १० बुँदे कार्ययोजना सार्वजनिक गरेको हो। इरानले अघि सारेका प्रस्तावहरूले मध्यपूर्वी क्षेत्रको राजनीति र विश्व अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने देखिएको छ। इरानले अघि सारेका मुख्य सर्तहरूमा ...
: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानका रेलमार्ग र पुलहरूमा आक्रमण गरेको बताएका छन्। सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत् उनले दर्जनौं विमान र हेलिकोप्टर नष्ट गरेको उल्लेख गरेका छन्। रिभोल्युशनरी गार्ड्सले प्रयोग गर्ने रेलमार्ग र पुलहरूमा पनि आक्रमण गरेको उनको भनाइ छ। यसैबीच इजरायलको आइडीएफले आठ वटा पुलमा आक्रमण गरेको जनाएको छ। उक्त पुल इरानी सेनाले ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई एकै रातमा ध्वस्त पार्न सकिने धम्की दिएका छन्। उनले अमेरिकासँगको सम्झौतामा ढिलाइ नगर्न चेतावनी समेत दिएका हुन्। ट्रम्पले यदि इरानले दिएको समयसीमा भन्दा पहिले अमेरिकासँग सम्झौता गर्न असफल भयो भने आक्रमण मंगलबार राति पनि हुनसक्ने चेतावनी दिएका छन्। ट्रम्पको सम्झौता अनुसार इरानले विश्वको २०% तेल आपूर्ति ढुवानी गर्ने होर्मुजको ...