मुख्य समाचार
थ्रीस्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा
थ्रीस्टारलाई हराउँदै उज्वेकिस्तानको ब्ल्याक बुल्स फाइनलमा

— पाँचपल्टको च्याम्पियन थ्रीस्टार क्लबलाई हराउँदै पहिलोपल्ट नेपालमा खेलेको ब्ल्याक बुल्स फुटबल क्लब उज्वेकिस्तानको टोली २४ औं आहा–रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । पोखरा रंगशालामा बिहीबार थ्रीस्टारलाई ४–० को अन्तरले हराउँदै ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबसँगको फाइनल भेट पक्का गरेको हो ।


ब्ल्याक बुल्सको जितमा कुभोन्चबेक ओलिमोभ, साभकातजोन सात्तोरोभ, असिलबेक ओरिफजोनोभ र साइदजामोल दाभलातजोनोभले १–१ गोल गरे । खेलको सुरुआतदेखि नै उज्वेक टोलीले थ्रीस्टारलाई दबाबमा राखेको थियो । खेलको २४ औं मिनेटमा ओलिमोभले गोल गर्दै अग्रता दिलाएका थिए । खेलको ५८ औं मिनेटमा असिलबेकले अर्का खेलाडी इस्लोमजोनको क्रसमा थ्रीस्टारका दुई डिफेन्डरलाई बिट गर्दै गोल गरे । खेलको ६३ औं मिनेटमा सात्तोरोफले गोल गर्दै अग्रता फराकिलो बनाए । बक्स बाहिरबाट बल अगाडि बढाएका उनले थ्रीस्टारका तीन खेलाडीलाई छक्याउँदै पेनाल्टी बक्स भित्रबाट आकर्षक गोल गरे । थ्रीस्टारका गोलरक्षक अभिषेक बरालले बचाउने कुनै मौका पाएनन् । खेलको ८७ औं मिनेटमा साइदजामोलले अर्को गोल थप्दै थ्रीस्टारको सम्भावना समाप्त गरिदिए । खेलमा असिलबेक ओरिफजोनोभ प्लेयर अफ द म्याच भए ।


ब्ल्याक बुल्स आहा–रारामा क्वाटरफाइनलमा भारतको थन्डरबोल्ट नर्थ युनाइटेडलाई ३–० ले हराउँदै सेमिफाइनल प्रवेश गरेको थियो । साविक उपविजेता थ्रीस्टार मछिन्द्रलाई हराएर सेमिफाइनल खेलेको हो । ब्ल्याक बुल्स र पुलिसबीच शनिबार फाइनल खेल हुने छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित