मुख्य समाचार
‘इन्डियाज गेट लेटेन्ट’ बन्द, युट्युवले सबै एपिसोड हटायो
‘इन्डियाज गेट लेटेन्ट’ बन्द, युट्युवले सबै एपिसोड हटायो

। भारतीय कमेडियन समय रैनाले आफ्नो पडकास्ट शो ‘इन्डियाज गट लेटेन्ट’लाई लिएर चलिरहेको विवादमा स्पष्टीकरण दिएका छन् । उनले शोका सबै भिडियो युट्युबबाट हटाइएको बताएका छन् । आफ्नो उद्देश्य दर्शकलाई हँसाउनुमात्र रहेको उनको प्रष्टीकरण छ ।

यसबारे चलिरहेको प्रहरीसहितका एजेन्सीले गरिरहेको अनुसन्धानमा आफूले सघाउने वचन समेत उनले दिएका छन् । उनी लेख्छन्, ‘अहिले जे भैरहेको छ, यो सबैलाई सम्हाल्न मलाई कठिन भएको छ । मैले आफ्नो युट्युव च्यानलबाट ‘इन्डियाज गट लेटेन्ट’ का सबै भिडियोलाई हटाएको छु । मेरो उद्देश्य मानिसलाई हँसाउने मात्र थियो । निष्पक्ष रूपमा छानबिनका लागि म सबै निकायसँग सहकार्य गर्न तयार छु ।’




यो घटनामा रणवीर अल्लाहबादियाले पनि माफी मागेका छन् । रैनाले चलाउने उक्त पडकास्टमा अभिभावक लक्षित अश्लिल र भद्दा टिप्पणी भएपछि इन्टरनेटमा यो एपिसोड भाइरल भएको थियो । होस्ट मात्र नभएर त्यहाँ पुगेका ३० पाहुनाविरुद्ध पनि महाराष्ट्र, पश्चिम बंगालसहितका भारतीय राज्यमा मुद्दा दायर भएको छ ।

प्रहरी, महिला आयोग, मानवअधिकार आयोगले पनि मुद्दा दायर गर्दै उपस्थितीको लागि पत्र काटेका छन् । संसदमा समेत चर्चा भएको छ भने गृहमन्त्री अमित शाहलाई पत्र लेखिएको छ । महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले समेत यसको विरोध गरेका छन् । अहिले युट्युवले उक्त शोका सबै भिडियो हटाएको छ । विवाद चर्किएपछि रैनाले गुजरात लगायतका राज्यमा गर्ने भनिएका शो रद्द भएका छन् ।




‘इन्डियाज गट लेटेन्ट’ स्ट्यान्डअप कमेडियन समय रैनाको शो हो । विवादित भनिएको एपिसोड ८ फेब्रुअरीमा युट्युबमा रिलिज भएको थियो । यो शोमा बोल्ड कमेडी सामग्री छ । यस शोका विश्वभर ७३ लाखभन्दा बढी सब्सक्राइबर छन् । यस शोमा आमाबाबु र महिलाको बारेमा यस्ता कुरा भनिएको थियो, जुन सार्वजनिक मिडियामा उल्लेख गर्नु उपयुक्त हुँदैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ । फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...