मुख्य समाचार
पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्
पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन्

। पाठेघर मुखको क्यान्सर विरुद्धको एचपीभी खोप हालसम्म ११ लाख बढी किशोरीले लगाएका छन् । अभियान सुरु भएको ९औँ दिनसम्म ११ लाख ६१ हजार ८७४ किशोरीले खोप लगाएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशका किशोरीले खोप लगाएका छन्। बागमती प्रदेशमा २ लाख २४ हजार ७०२ जनाले खोप लगाएका छन् ।

सबैभन्दा कम खोप कर्णाली प्रदेशमा लगाइएको छ । कर्णाली प्रदेशमा ८७ हजार ९०४ जना किशोरीले मात्र खोप लगाएका छन् । यस्तै, मधेस प्रदेशमा १ लाख ८१ हजार ४८९, गण्डकीमा ९८ हजार १७३, लुम्बिनीमा २ लाख १० हजार ८६ र सुदूरपश्चिम प्रदेशमा १ लाख ४० हजार ४३७ जनाले खोप लगाएको छन्।

जनसंख्याका आधारमा बागमती प्रदेश धेरै र कर्णाली प्रदेशमा खोप लगाउने किशोरीको संख्या कम देखिएपनि सरकारको लक्षित वर्ग र उपलब्धिको आधारमा भने कोशी प्रदेशमा धेरै र मधेश प्रदेशमा कम देखिएको छ ।

महाशाखा अन्तर्गतको खोप शाखा प्रमुख डा. अभियान गौतमले खोपलको उपलब्धिका आधारमा कोशी प्रदेशमा धेरै देखिएको बताए । माघ २२ देखि फागुन ६ गतेसम्म चल्ने अभियानमा विद्यालयका कक्षा ६ देखि १० सम्मका र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका करिब १७ लाख किशोरीलाई खोप दिइनेछ।

डा. गौतमका अनुसार नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्ध हालसम्मकै सबैभन्दा ठूलो अभियान हो । गौतमका अनुसार लक्षित वर्गको ९० प्रतिशतभन्दा बढी खोप लिइने लक्ष्य राखिएको छ ।

नेपालमा पाठेघरको क्यान्सर महिलामा देखिने क्यान्सरमध्ये पहिलो र समग्र क्यान्सरका प्रकारमध्ये फोक्सोपछि दोस्रो स्थानमा छ । नेपालमा औसत हरेक दिन ६ जना महिलालाई पाठेघरको मुखको क्यान्सर हुन्छ भने चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार नेपालमा प्रति एक लाख महिलामध्ये १४ जनाभन्दा बढीलाई पाठेघरको मुखको क्यान्सर हुन्छ।

चिकित्सकका अनुसार ९ देखि १४ वर्ष भ्याक्सिन लगाउने उपयुक्त उमेर हो । किनकि यो उमेरमा बालिका यौनजन्य क्रियाकलापमा सक्रिय भएका हुँदैनन् । सानो उमेरमा लगाएको भ्याक्सिन बढी प्रभावकारी हुन्छ ।

एचपीभी भाइरससँग सम्पर्कमा आउनुअघि नै खोप पाउन सके त्यसले राम्रो परिणाम दिन्छ । किनभने खोपले संक्रमण हुनबाट बचाउँछ । तर, शरीरमा पहिला नै भाइरस बसिसकेको भए संक्रमणमुक्त भने बनाउन सक्दैन।

वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार ९ देखि १४ वर्षको उमेर खोपका लागि सबैभन्दा उपयुक्त हो । ‘सामान्यतया १४ वर्षभन्दा मुनिका बालिकामा यौन सम्पर्क भएको हुँदैन।

त्यसकारण बालिकाको शरीरमा एचपीभी भाइरसको प्रवेश भएको हुँदैन’ डा. सुवेदी भन्छन्, ‘यो उमेरमा बालिकाहरू यौनिक गतिविधिमा सक्रिय नहुने भएकाले भाइरस प्रवेश गर्नुअघि नै खोप दिँदा यसको प्रभावकारिता बढी हुन्छ।’

एचपीभी भाइरस सरुवा भएकाले सजिलै फैलिन्छ। एचपीभी भाइरस संक्रमण पुरुषबाट सर्ने गर्छ। त्यसकारण यौन सम्पर्कका क्रममा भाइरस सर्ने जोखिम उच्च हुन्छ। यो भाइरस निकै सङ्क्रामक हुन्छ र सजिलै सर्ने सम्भावना हुन्छ। यो मुख्यतः छालाको सम्पर्कबाट सर्छ।

२५ वर्ष उमेर पुग्दै गर्दा ८० प्रतिशत मानिसमा संक्रमण हुन्छ, सर्छ। धेरैजसो मानिसमा भाइरस प्रवेश गरेको १८ महिनादेखि दुई वर्षसम्म सङ्क्रमित भइरहन्छन् ।

महिनावारी भएको बेला एचपीभी खोप लगाउन मिल्छ । किशरीहरूमा महिनावारी नियमित प्राकृतिक प्रक्रिया हो । त्यसैले एचपीभी खोप लगाउँदैमा किशोरीको महिनावारीको समय प्रभावित हुँदैन।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
राजावादीको प्रतिरोधमा जुलुस निकाल्ने तयारी
। पूर्वसभामुख अग्निप्रसाद सापकोटा सत्तामा पुनः जाने चाहना भए पूर्वराजा ज्ञानेन्द्र राजनीतिमा आउन सक्ने बताउँछन् । यसका लागि राजनीतिक दल खोलेर चुनावमा लड्न सक्ने उनको सुझाव छ । ‘सत्ता चाहिए एउटा पार्टी खोले भो । पार्टी खोल्न एउटा नागरिकको हैसियतले उनलाई स्वतन्त्रता छ’ पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वसभामुख सापकोटाको राय छ । सापकोटाका अनुसार संविधानसम्मत आफ्ना गतिविधि गर्ने अधिकार ...
। देशको सबैभन्दा पुरानो अस्पताल वीर अस्पतालमा दुई सिफ्टमा अप्रेसन सेवा सुरु भएको छ । वीरमा कुनै अप्रेसन गर्नुपर्‍यो भने दुई–तीन महिनासम्म पालो आउँदैन भन्ने गुनासो सेवाग्राहीको रहने गरेको छ। बिरामीको बढ्दो चाप र गुनासोलाई ध्यानमा राखेर अस्पतालले दुई सिफ्टमा अप्रेसेन सेवा दिन सुरु गरेको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले जानकारी दिए। उनका अनुसार अहिले ...
। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कन्सल्टेन्ट नेफ्रोलोजिस्ट डा.सन्तोष क्षेत्रीलाई सेवाबाट हटाउने तयारी गरेको छ । मन्त्रालयले आज सूचना जारी गरी क्षेत्रीलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । नवौँ तहका क्षेत्री गत साउन १८ गतेदेखि बिदा स्वीकृत नगराई कार्यालय अनुपस्थित रहेको मन्त्रालयले जनाएको छ । यही फागुन १० गते सूचना प्रकाशित गरी उनलाई पहिलो पटक स्पष्टीकरण सोधिएको थियो। ...
काठमाडौं । केही महिनादेखि काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पद रिक्त छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार यसअघि खटाइएका सहसचिव सरोज गुरागाईंलाई नै निरन्तर पत्र पठायो । ठिक भोलिपल्ट काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कार्यालयमा हाजिर नगराउने अडान राख्यो । संघीय मामिला मन्त्रालयले पठाएको पत्र महानगरमा आउने बित्तिकै ‘अर्को प्रमुख प्रशासकीय अधिकृतको ...