मुख्य समाचार
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ
दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ

: दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका थप चारजना नेपालीलाई निष्काशन (डीपोर्ट) गरिएको छ। कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो।


अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा बिक, मगर, इसार र घिसिङ थरका एक/एक जना नेपाली रहेका छन्। उनीहरू यसैसाता कोरियन एयरलाइन्समार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै नेपाल आएका हुन्।

पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैधरुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निशानामा पर्दै आएका छन्।



लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीले अन्नपूर्णसँग भने, ‘कागजपत्र नभएका विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ। कतिपय भिसाको म्याद सकिएपछि पनि काम गरिरहेका हुन्छन्,उनीहरुलाई डीपोर्ट गरिरहेको छ।’

इपीएसबाहेक पनि आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जान दलालको प्रलोभनमा परेर धेरै नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दुई महिनाको अवधिमा दक्षिण कोरियाले १५ जनाभन्दा बढी नेपालीलाई निष्काशन गरेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: कम्बोडियाले एकैपटक ५१ जना नेपालीलाई निष्कासन गरेको छ। अनलाइन गेमिङ सेन्टर र क्यासिनोमा अवैध रूपमा काम गर्दै आएका उनीहरूलाई कम्बोडियाले निष्कासन गरेको हो। उनीहरू थाइ एयरवेजको जहाजबाट बुधबार बैंकक हुँदै काठमाडौं आइपुगेका हुन्। विभिन्न व्यक्तिको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन गरिएका ‘अनलाइन स्क्यामिङ’ केन्द्र र क्यासिनोहरूमा अनलाइन ठगीमा परेका ...
। उदयपुर गाईघाटका ३३ वर्षीय अमृत झा इरानी सेनाको नियन्त्रणमा छन् । इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो । इजरायल–अमेरिका र इरानबीच युद्ध सुरु हुनु अगाडि इन्धन ल्याउन झा इरान पुगेका थिए । दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै ...
। कुवेतको हवाई क्षेत्र बन्द भएपछि ट्रान्जिटमा रोकिएका ३३ जना नेपालीलाई साउदी अरेबियामार्फत गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासको पहलमा उनीहरूलाई स्थलमार्ग हुँदै साउदी पठाइएको हो । हवाई उडान अवरुद्ध हुँदा कुवेत हुँदै विभिन्न देश जाने क्रममा अलपत्र परेका नेपालीहरूलाई साउदीस्थित नेपाली दूतावाससँग समन्वय गरी गन्तव्यतर्फ पठाइएको दूतावासले जनाएको छ । साउदीतर्फको हवाई सेवा सञ्चालनमा रहेकाले ...
— अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीको मान्तुवाको एक अपार्टमेन्टमा गत फेब्रुअरी २४ सोमबार बिहान ५:१५ बजे नेपाली परिवारमा भएको विभत्स हत्याकाण्डको फुटेज सार्वजनिक गरिएको छ । फेयरफ्याक्स काउन्टी पुलिस डिपार्टमेन्टले घटनाको २४ दिनपछि घटनालगत्तै घटनास्थलमा खटिएका प्रहरीको शरीरमा जडित बडी क्यामेरामा कैद गरिएको फुटेज स्थानीय समयअनुसार मार्च १९ मा अमेरिकी संचारमाध्यममार्फत सार्वजनिक गरेको हो । नेपालमा ...
— पश्चिम एसियामा जारी युद्धका कारण खाडी क्षेत्रमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढ्दै गएको छ। हालसम्म कन्सुलर सेवा विभागको अनलाइन प्रणालीमार्फत ८२ हजार १ सय नेपालीले आफ्नो विवरण दर्ता गराएका छन् भने तीमध्ये करिब ६ हजारले आफू असुरक्षित महसुस गर्दै स्वदेश फर्किन इच्छा व्यक्त गरेका छन्। परराष्ट्र मन्त्रालयका अनुसार युद्ध सुरु भएयता जोखिम बढे पनि पछिल्ला दिनहरूमा ...