मुख्य समाचार
अमेरिकी डिभी लोटरी खारेजीका लागि संघीय संसद्‍मा विधेयक दर्ता
अमेरिकी डिभी लोटरी खारेजीका लागि संघीय संसद्‍मा विधेयक दर्ता

— अमेरिकाका रिपब्लिकन सांसदहरूले डिभी (डाइर्सिटी भिसा) लोटरी खारेजीका लागि संसद्‍मा विधेयक पेश गरेका छन् । जर्जियाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका सांसद माइक कोलिन्सले डिभी लोटरी खारेज गर्ने विधेयक अमेरिकाको तल्लो सदनमा पेश गरेका हुन् । उनले बुधबार कंग्रेसमा 'द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका-२०२५' दर्ता गराएका हुन् ।


कोलिन्सले ल्याएको विधेयकलाई रिपब्लिकनका तीन सांसदले समर्थन गरिसकेका छन् । टेनिसीका सांसद एन्डी अगलेस, टेक्ससका ब्रान्डन गिल र फ्लोरिडाका माइक हरिडोपोलोसले समर्थन गरेका हुन् । आफुले बिल ल्याउनुको मुख्य उद्देश्य डीभी लोटरी अन्त्य गर्ने र लोटरी विजेताहरुले आफ्ना परिवारका सदस्यहरुलाई प्राथमिकताका साथ दिइने ग्रीन कार्ड (पर्मानेन्ट रेसिडेन्ट)का लागि तत्काल प्रक्रिया अघि बढाउन रोक्ने रहेको सांसद कोलिन्सले दाबी गरेका छन् ।


उनले अनुहारविहीन कम्प्युटर कोडले ग्रिनकार्ड पाउने व्यक्ति छान्ने डिभी कार्यक्रमले अमेरिकामा चेन माइग्रेसनको अनन्त प्रणाली खोलिएको भन्दै आफुले अन्त्य गर्न विधेयक ल्याएको कोलिन्सले सामाजिक संजालमार्फत दाबी गरेका छन् । ‘यो विधेयक ल्याएकोमा मलाई गर्व लागेको छ,’ कोलिन्सले भनेका छन्, ‘प्राथमिकता पुनः निर्धारण गर्न र अमेरिकालाई पहिलो स्थानमा राख्नका लागि विधेयक पारित गर्नका लागि सहयोग गर्न आह्वान गर्दछु ।’

अध्यागनम ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डिभी लोटरीमार्फत वार्षिक करिब ५५ हजार अमेरिका आउने गरेका छन् । तीमध्ये नेपालीको संख्या पनि उच्च छ । सन् १९९० बाटै नेपालमा पनि सुरू गरिएको डिभीमार्फत हालसम्म ५७ हजार बढी नेपालीले ग्रिनकार्ड पाइसकेका छन् । जुन संख्या अमेरिकामा रहेका नेपालीमध्ये २५ प्रतिशत हो । वार्षिक १० लाखभन्दा बढी नेपालीले डीभीका लागि आवेदन दिने गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी कार्यक्रमको विरोध गर्दै आएका छन् । उनको यसअघिको कार्यकाल देखिनै उनले डीभीको विरोध गर्दै आएका हुन् । राष्ट्रपति ट्रम्पले ३१ अक्टोबर २०१७ मा न्युयोर्कको म्यानहटनमा भएको घातक ट्रक आक्रमणपछि पहिलो टिप्पणीमा संसदलाई डिभी कार्यक्रम तत्काल अन्त्य गर्न माग गरेका थिए । हमलामा सामेल हुने २९ बर्षीय सेफुल्लो साइपोभ डीभीमार्फत उज्वेकिस्तानबाट अमेरिका आएका थिए । हमलामा ८ जनाको ज्यान गएको थियो ।

ट्रम्पले त्यो घटनालगतै डिभी अन्त्य गर्न सामाजिक संजालमा समेत अपिल गरेका थिए । विल दर्ता भएपछि हालसम्म ट्रम्पले डीभीबारे कुनै प्रतिक्रिया दिएका छैनन् । यसअघि २०१७ मा डिभी कार्यक्रम अन्त्यका लागि रेज एक्ट नामक एक विधेयक ल्याइएको थियो जसलाई ट्रम्पले पनि समर्थन गरेका थिए । तर, त्यो विधेयक पारित भने हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...