मुख्य समाचार
ओलम्पिक कमिटी विवाद समाधानको जिम्मा ओसीएलाई
ओलम्पिक कमिटी विवाद समाधानको जिम्मा ओसीएलाई

: नेपाल ओलम्पिक कमिटी (एनओसी)को साधारणसभा, विधान संशोधन र निर्वाचनका विषयमा उठेको विवाद र त्यसको निराकरणका लागि ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले पहल थाल्ने भएको छ।


शुक्रबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का निर्देशक जेम्स म्याकलियोडले एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ र कमिटीमा आवद्ध संघहरुलाई पत्र लेख्दै पछिल्लो समय देखिएको विवाद समाधानको पहल ओसीएले गर्ने जानकारी गराएको हो।

चीनको हार्बिनमा आयोजना भएको एसियन विन्टर गेम्सका अवसरमा ओसीएले नेपाल ओलम्पिक कमिटीमा पछिल्लो समय देखिएको विवादका विषयमा बैठक आयोजना गरेको थियो। आईओसी र ओसीएका प्रतिनिधिको प्रत्यक्ष सहभागितामा भएको बैठकले नेपाल ओलम्पिक कमिटीमा देखिएको विवादका विषयमा छलफल गर्दै त्यसको जिम्मेवारी ओसीएलाई दिएको हो।



‘एनओसीको विवादका विषयमा ओसीएले सरोकारवाला सबै पक्षसँग सम्पर्क गर्नेछ र त्यसको जानकारी आईओसीलाई गराउने छ’, आईओसीको पत्रमा उल्लेख गरिएको छ।

आईओसी र ओसीएले गत माघ २३ मा पत्राचार गर्दै सधारणसभा र निर्वाचनको विवाद अदालतमा पुगेको र त्यसको अन्तिम निर्णयको नहुञ्जेलसम्म ‘पर्ख र हेर’को अवस्थामा रहेको जनाएको थियो। एनओसीको साधारणसभा र निर्वाचनका विषयमा पछिल्लो समय विभन्न प्रश्नहरु उठेको जनाउँदै त्यसबारे आफूहरू सचेत रहेको उल्लेख गरेको थियो।

एनओसीको विधान संशोधन गैरकानुनी रहेको भन्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको थियो। उच्च अदालतले पूर्व निर्धारित समयमा साधारणसभा नगर्न आदेश दिएको थियो। एनओसीले भने उच्च अदालतको आदेश समयमै नपाएको भन्दै साधारणसभा गरी विधान संशोधन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित