मुख्य समाचार
प्यालेस्टिनी समूह हमासले थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ
प्यालेस्टिनी समूह हमासले थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ

— प्यालेस्टिनी समूह हमासले शनिबर थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ । हमासले १५ महिनादेखि बन्धक बनाएका अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेनलाई रिहा गरेको हो । हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम लागू भएयता छैटौंपटक बन्धक रिहा गरिएको हो ।


शनिबार रिहा भएका तीनै जनालाई हमासले गाजाको दक्षिणमा पर्ने खान युनिस सहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिसमक्ष हस्तान्तरण गरिएको हो । उक्त स्थानमा तयार पारिएको मञ्च वरपर शनिबार बिहानैदेखि हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए ।


गाजामा भइरहेको बन्धकको रिहाइ प्रक्रिया इजरायलीहरूले तेल अभिभस्थित होस्टेज स्क्वायरमा उपस्थित भएर हेरेका थिए । बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएसँगै उनीहरू खुसीले चिच्याएका थिए । बीबीसीका अनुसार शनिवार रिहा भएका तीनै जनासँग दोहोरो नागरिकता छ ।

मुक्त भएर इजरेल फर्किसकेका उनीहरू सबै अन्य देशको नागरिकता समेत भएका इजरेली हुन् । २९ वर्षीय अलेक्जेन्डर ट्रुफनोभसँग रुस, याएर होर्नसँग अर्जेन्टिनाको र सागी डेकल-खेनसँग अमेरिकी नागरिकता छ । उनीहरू तीनै जनालाई ७ अक्टुबर २०२३ मा हमासले गरेको आक्रमणका बेला बन्धक बनाएर गाजा पुर्‍याइएको थियो ।

हमासले तीनजना बन्धक रिहा भएपछि इजरायलले पनि ३ सय ६९ जना प्लालेस्टिनी बन्दीहरू रिहा गर्दैछ । युद्धविराम सम्झौताअनुसार हमासले यसअघि १९ जना इजरायली र ५ जना थाई बन्धकहरू मुक्त गरेको थियो । रेडक्रसका अनुसार यसअघि इजरायलले ७ सय ६६ जना प्यालेस्टिनी बन्धक रिहा गरेको थियो ।

इजरायली अधिकारीहरूका अनसार रिहा भएकामध्ये केही इजरायविरुद्धका घातक आक्रममा दोषी ठहर भएकाहरू छन् । तर धेरैजसो युद्धका बेला पक्राउ परेका र अभियोजनबिना नै जेलमा राखिएकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...