मुख्य समाचार
प्यालेस्टिनी समूह हमासले थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ
प्यालेस्टिनी समूह हमासले थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ

— प्यालेस्टिनी समूह हमासले शनिबर थप तीनजना इजरायली बन्धक मुक्त गरेको छ । हमासले १५ महिनादेखि बन्धक बनाएका अलेक्जेन्डर ट्रुफनोभ, याएर होर्न र सागी डेकल-खेनलाई रिहा गरेको हो । हमास र इजरायलबीच १९ जनवरीमा युद्धविराम लागू भएयता छैटौंपटक बन्धक रिहा गरिएको हो ।


शनिबार रिहा भएका तीनै जनालाई हमासले गाजाको दक्षिणमा पर्ने खान युनिस सहरमा अन्तर्राष्ट्रिय रेडक्रसका प्रतिनिधिसमक्ष हस्तान्तरण गरिएको हो । उक्त स्थानमा तयार पारिएको मञ्च वरपर शनिबार बिहानैदेखि हमास र अन्य प्यालेस्टिनी समूहका लडाकुहरू भेला भएका थिए ।


गाजामा भइरहेको बन्धकको रिहाइ प्रक्रिया इजरायलीहरूले तेल अभिभस्थित होस्टेज स्क्वायरमा उपस्थित भएर हेरेका थिए । बन्धकहरू रेडक्रसलाई हस्तान्तरण गरिएसँगै उनीहरू खुसीले चिच्याएका थिए । बीबीसीका अनुसार शनिवार रिहा भएका तीनै जनासँग दोहोरो नागरिकता छ ।

मुक्त भएर इजरेल फर्किसकेका उनीहरू सबै अन्य देशको नागरिकता समेत भएका इजरेली हुन् । २९ वर्षीय अलेक्जेन्डर ट्रुफनोभसँग रुस, याएर होर्नसँग अर्जेन्टिनाको र सागी डेकल-खेनसँग अमेरिकी नागरिकता छ । उनीहरू तीनै जनालाई ७ अक्टुबर २०२३ मा हमासले गरेको आक्रमणका बेला बन्धक बनाएर गाजा पुर्‍याइएको थियो ।

हमासले तीनजना बन्धक रिहा भएपछि इजरायलले पनि ३ सय ६९ जना प्लालेस्टिनी बन्दीहरू रिहा गर्दैछ । युद्धविराम सम्झौताअनुसार हमासले यसअघि १९ जना इजरायली र ५ जना थाई बन्धकहरू मुक्त गरेको थियो । रेडक्रसका अनुसार यसअघि इजरायलले ७ सय ६६ जना प्यालेस्टिनी बन्धक रिहा गरेको थियो ।

इजरायली अधिकारीहरूका अनसार रिहा भएकामध्ये केही इजरायविरुद्धका घातक आक्रममा दोषी ठहर भएकाहरू छन् । तर धेरैजसो युद्धका बेला पक्राउ परेका र अभियोजनबिना नै जेलमा राखिएकाहरू छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...