मुख्य समाचार
चिनियाँ टोलीसँगको खेलका क्रममा आशिषको खुट्टा भाँचियो
चिनियाँ टोलीसँगको खेलका क्रममा आशिषको खुट्टा भाँचियो

। चीनको युनान फुटबल टोलीसँग शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलका दौरान नेपाली खेलाडी आशिष राई चोटग्रस्त बनेका छन् ।

खेलको ३७औं मिनेट चलिरहँदा विपक्षी खेलाडी मोरी डेलेले ट्याकल गर्दा दुवैजना लडेका थिए । सो क्रममा आशिषको भने बाँया खुट्टा विभिन्न ठाउँमा (मल्टिपल फ्र्याक्चर) भाँचिएको एन्फाले जनाएको छ । उनको अहिले अस्पतालमा उपचार सुरू भइसकेको छ ।




चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपाली युवा टोली युनान प्रान्तीय टोलीसँग २-० गोलअन्तरले पराजित भएको छ ।

गत वर्ष देखि चिनिया नयाँ वर्षको अवसरमा नेपाल युथ टोली र युनान प्रान्तिय टोलीबीच मैत्रीपूर्ण खेल सुरु भएको हो । गत वर्ष नेपाली युवा टोली ५-१ ले विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— न्युकासल युनाइटेड सात दशक लामो उपाधिको खडेरीलाई तोड्दै आइतबार लिग कप जितेको छ । वेम्बलीमा भएको फाइनलमा उसले लिभरपुलमाथि २–१ को जित निकालेको हो । न्युकासलले यसअघि सन् १९६९ मा अन्तिम पटक उपाधि जितेको थियो । डन बर्न र एलेक्जान्डर इसाकले न्युकासलका लागि गोल गरे । दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेट फेडरिको चिसाले लिभरपुलका ...
: युवा फर्वाड सुवास बम ठकुरीलाई समेट्दै नेपालले मलेसिया र सिंगापुरसँग खेल्ने टिमको अन्तिम टोली घोषणा गरेको छ। प्रशिक्षक म्याट रोसले पहिलो पटक आफ्नो प्रशिक्षण अन्तर्गत २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेका हुन्। प्रारम्भिक चरणमा २८ खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर खेलाडी छनोट गरिएको हो। गोलकिपर एन्जल श्रेष्ठ, डिफेन्डर सुमन श्रेष्ठ र फर्वाडमा सुवास बम ठकुरी ...
— नेपाल ओलम्पिक कमिटी (एनओसी) लाई ‘तथाकथित’ को संज्ञा दिँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आइतबार यो संस्था अवैध रहेको र उसका काम सबै गैरकानुनी हुने बताएका छन् । मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै एनओसीबिना पनि अन्तर्राष्ट्रिय सहभागिता हुन सक्ने दाबी गरे र भने, ‘समस्या समाधान गर्न छलफलका लागि मलाई कसैले सम्पर्क गरेको छैन ।’ एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले सरकारको ...
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बीको खेलमा त्रिभुवन आर्मी क्लबले एपीएफ क्लबलाई ३ विकेटले पराजित गरेको छ। भैरहवास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले दिएको १४२ रनको विजयी लक्ष्य पछ्याएको आर्मीले ७ विकेट गुमाउँदै ४२.५ ओभरमा १४५ रन बनाउँदै जित हासिल गरेको हो। त्रिभुवन आर्मीका लागि आठौं विकेटका लागि सोमपाल कामी र ...
: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई ६१ रनले पराजित गरेको छ।प्रतियोगितामा पुलिसको यो पाँचौं जित हो। हालसम्म अपराजित रहेको पुलिसका लागि बायाँ हाते स्पिनर ललित राजवंशीको स्पिन अट्याक नायक बन्यो। उनले ७ ओभरमा १६ रन खर्चिएरमा ६ विकेट लिए। सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा टस जितेर ब्याटिङ गरेको नेपाल पुलिसले ...