मुख्य समाचार
एकथरी शक्तिहरू संविधान कमजोर बनाउन लागिपरेका छन् : प्रचण्ड
एकथरी शक्तिहरू संविधान कमजोर बनाउन लागिपरेका छन् : प्रचण्ड

: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सदन र सडकबाट भ्रष्टाचारविरुद्धको अभियान निरन्तर अघि बढ्ने बताएका छन्। शनिबार झापाको दमकमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै प्रचण्डले आफूले तेस्रोपटक प्रधानमन्त्रीको जिम्मेवारी लिएपछि भ्रष्टाचारविरुद्ध युद्ध लड्ने नयाँ संकल्प लिएको र सरकारबाट बाहिरिएपछि सुशासनको एजेण्डालाई लिएर देशब्यापी अभियान थालेको समेत बताए।


उनले अहिले एकथरी शक्तिहरू संविधान कमजोर बनाउनतिर लागिरहेको पनि बताए। आफूले जनयुद्धमार्फत संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने अभियानको नेतृत्व गर्ने अवसर पाएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब भ्रष्टाचारविरुद्धको अभियानलाई तीब्र बनाउँदै समाजवादी क्रान्तिका लागि निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अहिलेको प्रधानमन्त्री केपी शर्मा ओलीलाई संघीयता, समावेश, समानुपातिक प्रणाली मन नपरेको भन्दै ओलीले संविधान च्यात्न खोजेको आरोप लगाए।

अब सरकारबाट बाहिरिएपछि देशब्यापी जनताको बीचमा गएर सुशासनको अभियानको नेतृत्व गर्ने अवसर पाएको र यसले जनतामा माओवादीप्रति नयाँ आकर्षण सुरु भएको उनले स्पष्ट गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— निर्माणको अन्तिम चरणमा रहेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको काममा फेरि स्थानीयले अवरोध गरेका छन् । निर्माणको गति बढिरहेकै बेला चन्द्रागिरि नगरपालिका–२ स्थित टुटिपाखाका स्थानीयले पूरा भइसकेका मागलाई व्यवस्थित गर्नुपर्ने भन्दै काममा अवरोध गरेका हुन् । स्थानीयले सुरुङ निर्माणमा अवरोध गरेको यो पहिलो घटना भने होइन । यसमा काम गर्न नदिन मात्रै स्थानीयले निर्माण सुरु भएयता छैटौं पटक आइतबार अवरोध ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कांग्रेस-एमालेसहितको सरकारमा सहभागी हुने कुनै नीति नरहेको स्पष्ट पारेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारमा जाने कुनै नीति नलिएको र यसबारे कुनै छलफलसमेत नभएको बताए। प्रचण्डले मुलुकमा कुनै संकट आएको खण्डमा समाधानको विचार दिन भने आफूहरू तयार रहे पनि सरकारमा सामेल हुन भने नसकिने स्पष्ट पारे। कांग्रेस, ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
— संसद्ले लोक सेवा आयोगको परीक्षा ६ पटकसम्म मात्रै दिन पाउने गरी कानुन बनाउन लागेको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफलमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा एक जनाले कति पटकसम्म लोक सेवा परीक्षा दिन पाउने भनी सीमा तोक्न लागिएको हो । समितिअन्तर्गतको उपसमितिले ६ पटकसम्म ...
: रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा करिब ७ किलो गाँजासहित भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारतको महाराष्ट्र प्रदेश मुम्बईको गुलनाज बेग रहेको प्रहरी स्रोतले जनाएको छ। ‘सोमबार दिउँसो थाइल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी उक्त महिलाको लगेज चेकजाँच गर्ने क्रममा करिब ७ किलो गाँजा बरामद भएको हो’, प्रहरी स्रोतले भन्यो, ‘महिलालाई पक्राउ गरेर थप ...