मुख्य समाचार
जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका : प्रधानमन्त्री
जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका : प्रधानमन्त्री

— प्रधानमन्त्री केपी शर्मा ओलीले जाजरकोट भूकम्पबाट प्रभावितका नाममा रकम हिनामिना भएको आशंका गरेका छन् । कुल ३९ हजार घरधुरी भएको ठाउँमा ४८ हजारलाई पहिलो किस्तास्वरुप रकम वितरण गरिएको भन्दै उनले आइतबार संसद‍्मा प्रश्न उठाएका हुन् ।



सांसदसँगको प्रश्नोत्तरमा सहभागी हुँदै प्रधानमन्त्री ओलीले सांसद प्रकाश ज्वालाको प्रश्नको जवाफ दिंदै उक्त कुरा उठाएका हुन् ।

‘३७ हजार घर भएको ठाउँमा ४८ हजार घरलाई पहिलो किस्ता वितरण गरेको छ,' प्रधानमन्त्री ओलीको प्रश्न थियो, 'कहाँबाट आए त्यत्रा घर ? त्यो ठाउँमा ३७ हजार घर भत्किएको तथ्यांक छ, अनि ४८ हजारलाई कसरी रकम वितरण गरियो ? के भएर यस्तो भयो ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: रास्वपाकी पूर्व सहमहामन्त्री सुमना श्रेष्ठले राजनीतिमा नेतृत्व कसले लिने भन्ने कुरामा गएर अड्कने गरेको बताएकी छन्। उनले परिवर्तनको अपेक्षा राख्ने हर एक व्यक्तिलाई समेट्न सक्ने सामूहिक नेतृत्वको आवश्यकता भएको बताएकी छन्। रास्वपा परित्याग गर्दै नयाँ दल गठनको तयारीमा रहेकी श्रेष्ठले पुराना दलहरु रिफर्म होलान् र राजनैतिक निकास पाइएला भन्ने आशा राख्नु मुर्खता ...
— पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) संस्थापक नेता बाबुराम भट्टराईले ‘वैकल्पिक राजनीतिक शक्ति निर्माण’ का लागि छलफल गरेका छन् । माओवादीसँग एकतामा नगई ‘प्रतिगतिशील अभियान’ सुरु गर्ने नेता जनार्दन शर्मा, सुदन किराँती, राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी आर्याल, नेसपा (नयाँ शक्ति) की दुर्गा सोब, विवेकशील साझा पार्टीकी समीक्षा बास्कोटा, उज्याले नेपालका गणेश घिसिङ ...
— सीमावर्ती भारतीय राज्य बिहारमा सुरु भएको विधानसभा निर्वाचनलाई लक्षित गरी झापाको भद्रपुर नाका ७२ घण्टा बन्द गरिने भएको छ । विहारमा विधानसभाको निर्वाचन ६ नोभेम्बर अर्थात आजबाट सुरु भइसकेको छ । ११ नोभेम्बर अर्थात २५ कात्तिकमा त्यहाँ दोस्रो चरणको निर्वाचन भइरहेकाे छ । उक्त निर्वाचनलाई लक्षित गर्दै बिहार राज्यसँग सिधा सीमा जोडिएको भद्रपुर नाका ७२ ...
: नेकपा एकीकृत समाजवादीबाट छुट्टिएकी नेतृ रामकुमारी झाँक्री एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेकी छन्। झाँक्री र निवर्तमान प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठ बिहीबार भक्तपुरस्थित ओली निवास पुगेका हुन्। एमाले नेता महेश बस्नेतका अनुसार उनीहरू एमालेमा फर्किने तयारी गरेका छन्। नेता बस्नेतका अनुसार एमालेले कात्तिक २४ गते घर फर्किने कार्यक्रम आयोजना गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना ...
— सहिद स्मारक लिग ‘ए’ डिभिजन आयोजनाको माग गर्दै नेपाली फुटबल खेलाडीले बिहीबार अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटो कम्प्लेक्स अगाडि प्रदर्शन गरेका छन् । प्रदर्शनका लागि ११ बजेदेखि खेलाडी भएका थिए, तर उनीहरूलाई मूल गेटमै रोकिएको थियो । नेपाल फुटबल खेलाडी संघले कम्प्लेक्सभित्र प्राङ्गणमा गएर आफ्नो कुरा राख्न मागे पनि एन्फाले त्यसलाई रोकेको थियो ...