मुख्य समाचार
महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन्
महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन्

: नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सांसद प्रभु साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका छन्।


आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले राजनीतिक स्टन्ड र पपुलिष्ट हुनका लागि सांसद साहले प्रधानमन्त्रीको मानमर्दन हुने गरि प्रश्न गरेकाले जवाफ नदिइएको बताएका हुन्। बर्तौलाले प्रश्न सोध्दा सांसद साहले शोभनीय ढंगले प्रस्तुत नभएको र संसदको नियमावलीको विपरीत प्रश्न सोधको दाबी गरे। यस विषयमा संसदको आगामी कार्यव्यवस्था परामर्श समिति बैठकमा गम्भीरतापूर्वक छलफल गर्ने उनको भनाई छ।

उनले प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरलाई थप प्रभावकारी बनाइने जिकिर गरे।


के भएको थियो ?

अन्तिम प्रश्नकर्ता रहेका सांसद् प्रभु साहले संसद्‌मा प्रश्न राखेपछि जवाफ दिन सभामुखले प्रधानमन्त्रीलाई भनेका थिए।

जवाफमा प्रधानमन्त्री ओलीले शाहका मनमा रहेका विरोध, घृणा, आक्रोश आदिले अपमानजनक रहेको र संसद्जस्तो गरिमामय ठाउँमा प्रयोग गर्न नमिल्ने भाषा रहेकाले उत्तर दिइरहनु आवश्यक नभएको बताएका थिए। उनले प्रश्नप्रति आक्रोश व्यक्त गर्दै ‘के म मेनपावरको मान्छे हुँ ? मेरो कारणले युवाहरु विदेश गएका होइनन् ? अहिले म सरकारमा आएपछि यो ८ महिनाबाट सुरु भएको हो। तपाईंले भनेका ७० लाख ८ महिनामा गएका हुन् ? भन्दै प्रतिप्रश्न गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रतिनिधि सभा निर्वाचनको लागि रौतहटमा १८ वटा मतदान केन्द्र र १ मतदान स्थल थप गरिएको छ। जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार दिएको २०७९ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनको तुलनामा यस वर्ष १८ वटा मतदान केन्द्र र एउटा मतदानस्थल थप गरिएको हो। २०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा रौतहटमा ५ सय २३ वटा मतदान केन्द्र रहेकोमा यस वर्ष १८ वटा ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पाँच दिनसम्म आफ्नो निर्वाचन क्षेत्र सर्लाही ४ मा बसेर शुक्रबार काठमाडौं फर्किएका छन् ।आगामी फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही ४ बाट उम्मेदवारी दिएका थापा आफ्नो निर्वाचन क्षेत्रमा एक दर्जन बढी कार्यक्रममा सरिक भएर शुक्रबार काठमाडौं फर्किएका हुन् । माघ १२ गते सर्लाही आइपुगेका थापाले पाँच दिनसम्म क्षेत्र ...
: मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नेपालतर्फ आउँदै गरेको प्र१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल राति १० बजे सडकमा राखिएको ब्यारिकेटमा ठोकिएर दुर्घटना भएको थियो। मोटरसाइकलको पछाडि सवार मेचीनगर–६ निवासी ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले ...
वनमन्त्री चिडियाखानाबाट सरे
: गौशाला नगरपालिकाले मातहतका क्रसर उद्योगहरुले मरहा खोलामा अवैध उत्खनन तथा प्रशोधन गरेको भेट्टिएपछि बन्द गर्न पत्राचार गरेको छ। नगरपालिकाको अधिकार क्षेत्रभित्र पर्ने मरहा खोलामा गत माघ ११ र १२ गते अवैध उत्खनन गरेको नाप जाँच भएपछि त्यस स्थानमा रहेको ८ क्रसर उद्योगको ढुवानी, प्रशोधन र उत्खननमा रोक लगाएको हो। महोत्तरीका प्रमुख जिल्ला अधिकारी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम