मुख्य समाचार
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने
रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने

— रुस-युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनले रुसी अधिकारीहरूसँग साउदी अरबमा वार्ता गर्ने जनाएको छ । अमेरिकी अधिकारीहरूका अनुसार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले आगामी दिनमा साउदी अरबमा रुसी अधिकारीहरूसँग भेट्ने योजना बनाएका हुन् ।



वार्तामा रुबियोसँगै राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र मध्यपूर्वका लागि अमेरिकी विशेष दूत स्टिभ विटकफ पनि सहभागी हुने सीबीएस न्युजले जनाएको छ । युक्रेनका लागि अमेरिकी विशेष दूत किथ केलोगले वार्तामा वासिङ्टन, मस्को र किभ सहभागी हुने बताएका छन् । उनले आफु पनि वार्तामा उपस्थित नहुने बताएका छन् ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले भने साउदी अरबमा हुने भनिएको वार्ताका लागि किभलाई निमन्त्रणा नगरिएको बताएका छन् । युक्रेनले कुनै प्रतिनिधिमण्डल पठाउने योजना नबनाएको उनको भनाइ छ । युरोपेली नेताहरूले युरोपसँग परामर्श नगरी अमेरिका रुससँगको शान्ति वार्तामा अगाडि बढिरहेको भन्दै आपत्ति जनाएका छन् ।

युक्रेनका युरोपेली सहयोगीहरूले युद्धमा आपत्‍कालीन शिखर सम्मेलनका लागि अर्को साता फ्रान्सको पेरिसमा भेला हुँदैछन् । वार्तामा युरोपलाई निम्तो नदिएको केलोगको भनाइ छ । यसअघिका वार्तामा धेरै पक्षहरू संलग्न भएकाले टुंगोमा पुग्न नसकेको उनको दाबी छ ।

अमेरिकी विदेशमन्त्री रुबियोले शनिबार रुसी विदेशमन्त्री सर्गेई लाभरोभसँग कुरा गरेका थिए । विदेश मन्त्रालयका प्रवक्ता ट्यामी ब्रुसका अनुसार लाभरोभसँगको कुराकानीमा रुबियोले 'युक्रेनमा द्वन्द्व अन्त्य गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिबद्धता' दोहोर्‍याएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चिनियाँ राष्ट्रपति सी चिनपिङ र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबिच ‘महत्त्वपूर्ण सहमति’ भएको छ। दुवै देश क्षेत्रीय एवं विश्वव्यापी शान्ति रक्षाका लागि मिलेर अघि बढ्न सहमत भएका छन्। चिनियाँ राष्ट्रपति सी उत्तर कोरियाको दुई दिने राजकीय भ्रमण सम्पन्न गरेर फर्केका छन्। त्यसपछि उनले एक धन्यवाद सन्देश पठाएका थिए। उत्तर कोरियाली सरकारी सञ्चारमाध्यम केसीएनएले ...
। इरानले स्ट्रेट अफ होर्मुज नजिक अमेरिकाको अपाचे हेलिकोप्टर खसालेको छ । त्यसको बदलामा अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हेलिकोप्टर खसालिएको घटनाका लागि इरानलाई जिम्मेवार ठहर गर्दै प्रतिकार गर्ने चेतावनी दिएका थिए । अमेरिकी आक्रमणपछि इरानले पनि कडा जवाफ दिने चेतावनी दिएको छ । यससँगै क्षेत्रमा फेरि युद्ध भड्किने ...
। इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानको तस्निम समाचार एजेन्सीका अनुसार यो हमला दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको हो। सामाजिक सञ्जालमा ड्रोन खसालिएको भनिएको एउटा भिडियो पनि बाहिर आएको छ। यद्यपि, अमेरिकी सेनाको तर्फबाट एमक्यू-९ ड्रोन खसालिएको विषयमा हालसम्म कुनै आधिकारिक पुष्टि भएको छैन। अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य कारबाही पूरा भएको बताएसँगै यो ...
। ‘स्टोनहेन्ज’ बेलायतको एक प्रख्यात प्रागैतिहासिक स्मारक हो। यस स्मारकको केन्द्रमा ६ टन तौलको विशाल ढुङ्गा छ। यसलाई ‘अल्टर स्टोन’ भनिन्छ। पुरातन मानवहरूले यस ढुङ्गालाई सयौँ किलोमिटर टाढा स्कटल्यान्डबाट ओसारपसार गरेका थिए। एउटा नयाँ वैज्ञानिक अनुसन्धानले यो कुरा पुष्टि गरेको छ। यो अध्ययन अस्ट्रेलियाको कर्टिन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूको नेतृत्वमा भएको हो। यस अध्ययनले हजारौँ वर्ष अघिको मानव ...
। क्यानडाको एयरलाइन एयर क्यानडाका पूर्व पाइलट जियोफ्री वालमाथि नक्कली लाइसेन्सको भरमा १७ वर्षसम्म व्यावसायिक उडान भरेको आरोप लागेको छ। डेपुटी चिफ निक मिलिनोविचका अनुसार, आरोपीले हजारौँ यात्रुहरूको सुरक्षालाई खतरामा पारेका छन्। प्रहरीका अनुसार वालमाथि ५ हजार डलरभन्दा बढीको ठगी, सार्वजनिक उपद्रव, नक्कली कागजात प्रयोग गरेको र नक्कली प्रमाण चिह्न राखेको लगायत थुप्रै आरोपहरू लगाइएको छ। ५९ ...