मुख्य समाचार
एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने
एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने

। एप्पलको लोकप्रिय एप्पल टिभी एप अब एन्ड्रोइड प्रयोगकर्ताले पनि प्रयोग गर्न पाउने भएका छन् । एप्पलले एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत आफ्नो टिभी एप लन्च गरेको हो । एप्पल टिभी एप्पलको स्ट्रिमिंग प्लाटफर्म हो ।

साधारणतया एप्पलले एन्ड्रोइडका लागि एप लन्च गर्दैन । कम्पनीले केवल आइओएस तथा म्याक ओएसका लागि मात्रै आफ्ना प्रडक्ट केन्द्रित गर्दछ । तर यसपटक भने एप्पल टिभी एप एन्ड्रोइडका लागि समेत जारी भएसँगै यसले सबैलाई अचम्ममा पारेको छ ।


एप्पलका अनुसार अब एप्पल टिभी एप विश्वभरका एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । यो एपको मद्दतले प्रयोगकर्ताले एप्पल टिभी प्लसमा रहेका सबै सामाग्री एन्ड्रोइड प्लाटफर्ममा पनि हेर्न सक्दछन् । तर यसका लागि एप्पल टिभीको सब्सक्रिप्सन लिनु पर्दछ ।

एप्पलका यी पाँच एपमात्रै एन्ड्रोइडमा छन्


एन्ड्रोइडका लागि एप्पलले उपलब्ध गराएका सर्भिसहरुको कुरा गर्दा केवल ५ वटा मात्रै एप्पलका यस्ता एप छन् जसले आइओएससँग एन्ड्रोइडमा पनि उपलब्ध छन् । यी एपमा Apple Music, Move to iOS, Apple TV, Beats tyf Apple Music Classical रहेका छन् । एप्पल टिभी प्लसलाई लिएर कम्पनी निकै उत्साहित पनि रहेको छ र यसलाई एन्ड्रोइडमा समेत लञ्च गरेर एप्पलले बृहत बजारमा प्रभुत्व जमाउन चाहन्छ ।

स्मरण रहोस् एप्पलले विभिन्न हलिउड कलाकारहरुँग सहकार्य गरेको छ । कम्पनीले मौलिक सिर्जनामा पनि निकै धेरै काम गरिरहेको छ । एप्पल टिभी एप यो निशुल्क सेवा भने होइन, केवल एपमात्रै निशुल्क रुपमा डाउनलोड गर्न सकिन्छ । कन्टेन्ट हेर्नका लागि मासिक शुल्क तिर्नुपर्दछ ।

एप्पल टिभी प्लस एन्ड्रोइड प्लाटफर्ममा लन्च भएसँगै यसले अन्य ओटिटी प्लाटफर्महरुलाई टक्कर दिने अपेक्षा गरिएको छ । एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। टिकटकले नेपाली प्रयोगकर्तालाई वर्षायाममा आउने विपत्बारे यथार्थ र प्रमाणित जानकारी अपडेट गराउन नयाँ सर्च गाइड सुरु गरेको छ । प्राकृतिक विपत्को बेला प्लेटफर्ममा सही जानकारीको पहुँच बढाउने तथा गलत सूचना फैलिन नदिन पहिल थालिएको टिकटकले विज्ञप्तिमार्फत जनाएको छ । अब टिकटकमा बाढीसम्बन्धी कन्टेन्ट खोज्ने प्रयोगकर्ताले विश्वसनीय स्रोतबाट जानकारी प्रमाणित गर्न प्रेरित गर्ने एउटा ब्यानर देख्नेछन् । ...
। नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबारमा प्रयोग हुने दुई लाखभन्दा बढी वेबसाइट तथा एप बन्द गरेको जनाएको छ । सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमा अनलाइन सट्टेबाजी र ठगी (स्क्यामिङ) नियन्त्रणलाई प्राथमिकतामा राखेको थियो । कार्यसूचीको ४२औँ बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसँग सम्बन्धित ...
। गुगलले आफ्ना एन्ड्रोइड प्रयोगकर्ताहरूका लागि स्टोरेज पोलिसीमा ठूलो परिवर्तन गर्दैछ। अहिलेसम्म गुगल अकाउन्टसँग नि:शुल्क मिल्ने १५ जीबी स्टोरेज उपलब्ध थियो। यस स्टोरेजमा जिमेल, गुगल ड्राइभ र गुगल फोटोजको डेटा मात्र गनिन्थ्यो। तर ७ जुलाइदेखि नयाँ नियमहरू लागू भएका छन्। यी नयाँ नियमहरू अन्तर्गत अब तपाईंको एन्ड्रोइड फोनको सबै ब्याकअप डेटा पनि यसैमा गनिनेछ। यस ब्याकअप ...
एआई कम्पनी ओपनएआईले वास्तविक समयमा एकैसाथ सुन्न र बोल्न सक्ने क्षमता भएको आवाजमा आधारित नयाँ मोडल ‘जीपीटी-लाइभ’ सार्वजनिक गरेको छ। आईपीओको तयारीमा रहेको यस एआई स्टार्टअपले बुधबार विश्वभरका प्रयोगकर्ताहरूका लागि जीपीटी-लाइभका दुई संस्करणहरू जीपीटी-लाइभ-१ र जीपीटी-लाइभ-१ मिनी उपलब्ध गराउने घोषणा गरेको हो। यसअघि गत मे महिनामा पनि ओपनएआईले आफ्नो डेभलपर प्लेटफर्मका लागि तीनवटा अडियो मोडलहरू ल्याएको थियो ...
। मेटा कम्पनीले आफ्नो भिडियो एडिटिङ एप ‘एडिट्स’ मा थप नयाँ फिचरहरू थप्दै यसलाई अझ परिमार्जित बनाएको छ। यस नयाँ अपडेट अन्तर्गत एआईद्वारा अटोमेटेड रूपमा तयार हुने बाइलिङ्गुअल क्याप्सन, परिष्कृत क्रिएटिभ टेम्पलेट र नयाँ सिजनल साउन्ड इफेक्टहरू समावेश गरिएका छन्। यस हप्ताको सबैभन्दा मुख्य अपडेट एआईबाट चल्ने ‘अटो-जेनेरेटेड बाइलिङ्गुअल क्याप्सन’ हो । जसले क्रिएटरहरूलाई नयाँ अन्तर्राष्ट्रिय ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम