मुख्य समाचार
शकिरा अस्पताल भर्ना, पेरुमा हुने उनको कन्सर्ट स्थगित
शकिरा अस्पताल भर्ना, पेरुमा हुने उनको कन्सर्ट स्थगित

। आफ्नो बहुचर्चित विश्व सांगीतिक टूर ‘लास मुजेरेस या नो लोरन’मा निस्किएकी पपस्टार शकिरालाई पेटको समस्याले अस्पताल भर्ना गरिएको छ । जसको कारण पेरुमा हुने उनको कन्सर्ट स्थगित गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

४८ वर्षीया गायिकाले अस्पतालको आकस्मिक कक्षमा आफू उपचाररत रहेको जानकारी दिएकी छन् । सामाजिक संजाल एक्समा पोस्ट गरिएको सूचनामा शकिराले कन्सर्ट रोक्नुपरेकोमा दुःख व्यक्त गरेकी छन् ।




उनी लेख्छिन्, ‘म तपाईं सबैलाई जानकारी गराउँदै माफी माग्न चाहन्छु कि गएराती पेटको समस्याले म अस्पतालमा जानुपर्‍यो । अहिले पनि उपचाररत छु ।’ चिकित्सकले उनलाई स्टेजमा नगइकन आराम गर्न सल्लाह दिएका छन् ।

पेरुका फ्यानमाझ प्रस्तुति दिनको लागि आफू प्रतीक्षारत रहेको बेला कन्सर्ट रद्द गर्नुपर्दा दुःखित रहेको उनले जनाएकी छिन् । आयोजकले पूर्वनिर्धारित मितिमै कन्सर्ट गर्न प्रतिबद्ध रहेको सन्देश दिइरहेको उनले बताएकी छन् ।




‘म तपाईं सबैलाई माया गर्छु र बुझाइलाई कदर गर्छु’ उनले लेखेकी छिन् । स्वास्थ्य समस्याको बाबजुद ‘हिप्स डन्ट लाई’ गायिका चाँडै स्टेजमा फर्किनेमा आशावादी छिन् । सोमबार डिस्चार्ज भएर टूरलाई निरन्तरता दिने उनको आशा छ । योजनाअनुसार निको भइन भने कोलम्बिया जानुअघि पेरुमा प्रस्तुति दिनुपर्नेछ ।

शाकिराले फेब्रुअरी ११ मा ब्राजिलको रियो दि जेनेरियोबाट भ्रमण सुरु गरेकी थिइन् । उत्कृष्ट ल्याटिन पप एल्बमको लागि यसवर्ष ग्रामी अवार्ड जितेको केही दिनमै उनी टूरमा निस्किएकी हुन् । उनको दक्षिण अमेरिकी यात्रा ८ मार्चसम्म चल्नेछ । त्यसपछि उनी मेक्सिकोको लागि तयार हुनेछिन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले सोमबार सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग शिष्टाचार भेटवार्ता गरेको छ । भेटमा नेपाल–चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्द्धनका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । सो भेटका क्रममा सञ्चारमन्त्री डा तिमिल्सिनाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्धलाई थप ...
। ‘मिस युनिभस नेपाल २०२६’ को आवेदन खुला भएको छ । आयोजक संस्था ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलनमार्फत इच्छुकलाई आवेदन दिन भनेको हो । प्रतियोगिताको औपचारिक अडिसन सुरु भएको जनाइएको छ । यस वर्षको प्रतियोगिताको नारा ‘तपाईं जस्तो हुनुहुन्छ, उत्कृष्ट हुनुहुन्छ’ राखिएको छ । आयोजकका अनुसार नेपाललाई विश्वमञ्चमा प्रतिनिधित्व गर्न सक्ने प्रतिभाशाली, बौद्धिक, आत्मविश्वासी तथा नेतृत्वदायी युवतीको ...
। ‘द रोलिङ स्टोन्स’ को सात वर्षदेखि कायम मासिक कन्सर्ट आम्दानीको कीर्तिमान तोड्दै दक्षिण कोरियाली के-पप समूह बीटीएसले इतिहास रचेको छ । बिलबोर्ड बक्सस्कोर इतिहासमा ब्यान्डले कुनै पनि समूहद्वारा एक महिनामा सबैभन्दा धेरै कन्सर्ट आम्दानी गर्ने उपलब्धि हासिल गरेको छ। सार्वजनिक तथ्यांकअनुसार, बीटीएसले मे २ देखि २८ सम्म भएका केवल १२ वटा कार्यक्रममा ६ लाख ४१ ...
। बलिउड अभिनेता आमिर खानले प्रेमिका गौरी स्प्राटसँग आइतबार दिउँसो मुम्बईमा आयोजित समारोहमा विवाह गरेका छन् । विवाह समारोहबाट ताजा तस्वीर सार्वजनिक भएको छ जहाँ, आमिर–गौरीसहित परिवारका अन्य सदस्यलाई देख्न सकिन्छ । आमिरका छोरा जुनैद र आजाद पनि विवाहमा सहभागी देखिन्छन् । झरीको बाबजुद मुम्बईमा निकट आफन्तको सहभागितामा आमिर र गौरीले विवाह गरेका हुन् । आमिरको ...
विश्व चर्चित गायिका टेलर स्विफ्ट र उनका अमेरिकी फुटबल खेलाडी तथा मंगेतर ट्राभिस केल्सेको विवाह उत्सव न्यूयोर्कस्थित म्याडिसन स्क्वायर गार्डेनबाट सुरु भएको चर्चा छ । बिहीबार साँझ अभिनेत्री लेना डनहाम, स्विफ्टका लामो समयदेखि सहकार्य गर्दै आएका निर्माता ज्याक एन्टोनोफलगायत दम्पतीका चर्चित साथी औपचारिक पोशाकमा कार्यक्रममा पुगेका देखिएका थिए । हवाई दृश्यमा कालो एसयूभीहरूको लामो लर्को सेतो क्यानोपी ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम