मुख्य समाचार
चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता
चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता

। चलचित्र विकास बोर्ड र धुलिखेल नगरपालिकाबीच १३०० रोपनी जग्गा हस्तान्तरणसम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । धुलिखेल नगरपालिकाको ३९औँ स्थापना दिवसको अवसरमा सोमबार यस्तो सम्झौता भएको हो ।

नगरप्रमुख अशोक ब्याञ्जु श्रेष्ठ र बोर्ड अध्यक्ष दिनेश डीसीबीच सम्झौता भएको हो । सो अवसरमा पूर्वसंचारमन्त्री गोकुल बासकोटा लगायतको उपस्थिती थियो ।


अध्यक्ष डीसीले सो अवसरमा बोल्दै धुलिखेलमा बोर्डको आउटडोर स्टुडियो निर्माण गर्ने योजना सार्वजनिक गरे । उनले भने, ‘यो स्टुडियो नेपाली चलचित्र उद्योगको लागि नयाँ माइलस्टोन सावित हुनेछ । यहाँ प्राकृतिक सुन्दरता र अत्याधुनिक प्रविधि संयोजन गरेर चलचित्र निर्माणलाई सहज बनाउने परिकल्पना रहेको छ ।’

नगरप्रमुख श्रेष्ठले चलचित्र क्षेत्रको विकासका लागि नगरपालिकाले हरतरहले साथ दिने बताउँदै भने, ‘यो परियोजनाले नेपाललाई अन्तर्राष्ट्रिय फिल्म गन्तव्यका रूपमा उभ्याउनेछ । पर्यटन प्रवद्र्धनसँगै स्थानीय रोजगारी सिर्जना गर्ने महत्वपूर्ण अवसर पनि प्रदान गर्नेछ ।’


नेपालमा मात्र नभएर अन्तर्राष्ट्रिय चलचित्र निर्माता तथा निर्देशकलाई समेत आकर्षित गर्ने लक्ष्यसहित परियोजना अगाडि बढाइने बोर्डले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। मस्तिष्कमा गम्भीर चोट भोगेका स्कटल्यान्डका एक व्यक्तिको प्रेरणादायी सगरमाथा यात्रामा आधारित नयाँ डकुमेन्ट्री फिल्म ‘द एभरेस्ट ड्रीम’ तयार भएको छ । डेढ वर्षको मिहेनतपछि तयार भएको फिल्मलाई गणेश पाण्डेले निर्देशन गरेका हुन् । फिल्मले दुर्घटनापछि जीवनसँग संघर्ष गरिरहेका केही व्यक्तिले देखेको असाधारण सपनाको कथा प्रस्तुत गर्छ । डाक्टरले पुनः राम्रोसँग हिँड्न, बोल्न वा सामान्य जीवन ...
। फिल्म ‘सिनर्स’ की छायांकन निर्देशक (डीपी) अटम डुराल्ड अर्कापाउले अस्कर इतिहासमा नयाँ कीर्तिमान कायम गरेकी छन् । उनी उत्कृष्ट छायांकन (सिनेमाटोग्राफी)तर्फ अस्कर जित्ने पहिलो महिला बनेकी हुन् । फिलिपिनो र अफ्रिकन-अमेरिकन क्रियोल मूलकी अर्कापाउ यो अवार्ड जित्ने पहिलो महिला हुन् । यस विधाको इतिहासमा हालसम्म केवल तीन महिलाले मात्र मनोनयन पाएका थिए । सन् २०१८ मा ...
। अभिनेता माइकल बी. जोर्डनले फिल्म ‘सिनर्स’ बाट उत्कृष्ट अभिनेता विधामा सन् २०२६ को अस्कर अवार्ड जितेका छन् । अमेरिकाको लस एन्जलसस्थित डल्बी थिएटरमा आयोजित ९८औँ एकेडेमी अवार्ड समारोहमा उनले यो प्रतिष्ठित सम्मान प्राप्त गरेका हुन् । ‘सिनर्स’मा जोर्डनले गहिरो मनोवैज्ञानिक द्वन्द्व र नैतिक संघर्षबाट गुज्रिरहेका पात्रको भूमिका निर्वाह गरेका छन् । फिल्मको कथावस्तु मानव स्वभाव, अपराधबोध ...
। सलमान खान अभिनित आगामी युद्धप्रधान फिल्म ‘ब्याटल अफ गलवान’ को नाम परिवर्तन भएको छ । सलमानले सोमबार नयाँ पोस्टर सार्वजनिक गर्दै यसको शीर्षक ‘मातृभूमि’ राखिएको जनाएका छन् । पोस्टसँगै उनले क्याप्सनमा ‘युद्धले शान्ति पाओस्’ भन्ने सन्देश लेख्दै ‘मातृभूमि’ ह्यासट्याग प्रयोग गरेका छन् । पोस्टमा सलमानले निर्देशक अपूर्व लाखिया, अभिनेत्री चित्रांगदा सिंह तथा यो फिल्म निर्माणमा ...
— अस्कर २०२६ मा 'वान ब्याटल आफ्टर अनादर' ले उत्कृष्ट फिल्मसहित ६ वटा अवार्ड जितेको छ । त्यस्तै 'सिनर्स'ले ४, 'फ्रान्केन्स्टाइन'ले २ र 'के-पप डिमन हन्टर्स'ले २ वटा अवार्ड हात पारेका छन् । उत्कृष्ट फिल्मको मनोनयनमा 'वान ब्याटल आफ्टर अनादर'सहित १० वटा फिल्म थिए । 'वान ब्याटल आफ्टर अनादर' ले 'बेस्ट फिल्म'सँगै 'बेस्ट कास्टिङ', 'बेस्ट ...